पानी नपरेका कारण प्रदूषण बढ्यो

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष २२, २०७९
|
|
६० पटक हेरिएको
Shares
पानी नपरेका कारण प्रदूषण बढ्यो

सारांश

  • काठमाडौं।
  • पानी नपरेका कारण केही दिनयतादेखि काठमाडौं उपत्यकासहित देशभर धुलोधुवाँ पनि बढेको र यसका कारण देशभर प्रदूषण बढेको छ।
  • जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी नपरेका कारण तराईमा हुस्सु लाग्न थालेको र वायू प्रदूषण दिनहुँ बढिरहेको छ ।

काठमाडौं। पानी नपरेका कारण केही दिनयतादेखि काठमाडौं उपत्यकासहित देशभर धुलोधुवाँ पनि बढेको र यसका कारण देशभर प्रदूषण बढेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी नपरेका कारण तराईमा हुस्सु लाग्न थालेको र वायू प्रदूषण दिनहुँ बढिरहेको छ । सो शाखाले काठमाडौं, भक्तपुर, दाङको तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर बन्दै गएको जनाएको छ।

हावाको गुणस्तर सूचक मापन ‘एयर क्वालिटी इन्डेक्स’को आज बिहान ७ बजेर ४५ मिनेटको तथ्याङ्कअनुसार भक्तपुर, काठमाडौँ, तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर रहेको छ। काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्युआई) एक सय ५३ रहेको छ। यस्तै भक्तपुरको एक सय ५४, तुलसीपुरको एक सय आठ र धनकुटाको एक सय छ रहेको छ।

एक्यूआई सूचकाङ्क सयदेखि एक सय ५० सम्म पुग्दा बालबालिका तथा वृद्ध र श्वासप्रश्वाससम्बन्धी रोगीलाई अस्वस्थकर तथा एक सय ५० भन्दामाथि एक्युआइ पुग्नु सबैका लागि अस्वस्थकर मानिन्छ। सामान्यतया शून्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ।

उक्त सूचकाङ्कअनुसार एक सय ५० भन्दामाथि दुई सयसम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि तीन सयसम्मलाई अति अस्वस्थकर मानिन्छ। अस्वस्थकर वायुले मानिसको स्वास्थ्यमा असर पार्छ। सबै उमेर समूहका मानिसको स्वास्थ्यमा जोखिम बढेको र विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई थप जोखिम हुने भएकाले सतर्कता अपनाउन विज्ञले आग्रह गर्दै आएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषामा शान्तिपूर्णरुपमा मनोनयन दर्ता
धनुषामा शान्तिपूर्णरुपमा मनोनयन दर्ता
शृङ्खला खेलाउने मैदानबिनाको एक दिवसीय र टि–२० शृङ्खला
शृङ्खला खेलाउने मैदानबिनाको एक दिवसीय र टि–२० शृङ्खला
पुँजीबजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव, ६३.२४ अङ्कले बढ्यो नेप्से
पुँजीबजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव, ६३.२४ अङ्कले बढ्यो नेप्से
ऐतिहासिक वृहत बामपन्थी शिक्षक एकता अभियान शुरु
ऐतिहासिक वृहत बामपन्थी शिक्षक एकता अभियान शुरु
अाज भदाै २ गते: कहाँ के-के घटना घटे ?
अाज भदाै २ गते: कहाँ के-के घटना घटे ?
सिभिल लघुवित्तको शेयर कारोबार आजबाट फुकुवा
फुल कन्ट्याक प्रेसिडेन्ट कराते कप ग्राण्ड च्याम्पियनमा रुपक नेपाली पुरुष र मञ्जु विक महिलातर्फ विजेता
फुल कन्ट्याक प्रेसिडेन्ट कराते कप ग्राण्ड च्याम्पियनमा रुपक नेपाली पुरुष र मञ्जु विक महिलातर्फ विजेता
हिमपातका कारण चिसो बढेपछि गोरखाको जनजीवन प्रभावित :भूकम्प पीडितको बिचल्ली
हिमपातका कारण चिसो बढेपछि गोरखाको जनजीवन प्रभावित :भूकम्प पीडितको बिचल्ली
स्वास्थ्य मापदण्ड पुरा नगर्ने सवारी साधनलाई कारवाही
स्वास्थ्य मापदण्ड पुरा नगर्ने सवारी साधनलाई कारवाही
लामो समयदेखि निस्क्रिय रहेका २४३ उद्योग खारेज
लामो समयदेखि निस्क्रिय रहेका २४३ उद्योग खारेज

तपाईंले छुटाउनुभयो कि?