‘मिस्टर वल्र्ड २०१९’ नेपालको प्रतिनिधित्व अक्षय रायमाझीले गर्ने

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण १७, २०७६
|
|
३१ पटक हेरिएको
Shares
‘मिस्टर वल्र्ड २०१९’ नेपालको प्रतिनिधित्व अक्षय रायमाझीले गर्ने

सारांश

  • काठमाडौं ।
  • फिलिपिन्सको मनिलामा यही अगष्ट २३ मा आयोजना हुने ‘मिस्टर वल्र्ड २०१९’ मा नेपालको प्रतिनिधित्व अक्षय रायमाझीले गर्ने भएका छन्।
  • ‘मिस्टर नेपाल २०१७’ का बिजेता रायमाझी नेपाली कला संस्कृति सहित उक्त कार्यक्रममा सहभागी हुन लागेका हुन्।

काठमाडौं । फिलिपिन्सको मनिलामा यही अगष्ट २३ मा आयोजना हुने ‘मिस्टर वल्र्ड २०१९’ मा नेपालको प्रतिनिधित्व अक्षय रायमाझीले गर्ने भएका छन्।‘मिस्टर नेपाल २०१७’ का बिजेता रायमाझी नेपाली कला संस्कृति सहित उक्त कार्यक्रममा सहभागी हुन लागेका हुन्। मिस्टर नेपाल आयोजक संस्था एक्सपोज नेपालले बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना सहित अक्षयको ‘मिस्टर वल्र्ड २०१९’ सहभागीता बारे जानकारी गराएको हो।

विश्वका एकसय भन्दा बढी राष्ट्रका युवाहरुको सहभागिता रहने प्रतियोगितामा अक्षय नेपालका एक्लो सहभागिता हुन्। नेपाली कलासंस्कृतिले भरिएको नाँच प्रस्तुत गर्दै भिजिट नेपाल २०२०को सन्देश समेत विश्वमा प्रवाह गर्ने कार्यक्रममा अक्षयले बताए।‘मैले नेपाल र नेपालको बिषेशत झल्कने एक भिडियो समेत तयार गरेको छु। जुन ‘मिस्टर वल्ड’ को मन्चमा प्रस्तुत हुनेछ’ अक्षयले भने ‘भिडियोमा आफ्नो समाजसेवा, अन्य काम देखि नेपाल चिनाउने सगरमाथा, गौतमबुद्ध लगायतका बिषयबस्तु अटाएको छ।’ आफुले बनाएको भिडियोले विश्वका सहभागीलाई नेपालबारे बुझ्न सजिलो हुने उनले कार्यक्रममा खुलाए।

अक्षय ‘मिस्टर वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्ने दोस्रो व्यक्ति हुन्। यस अगाडि मिस्टर वल्ड २०१६ मा गणेश अग्रवालले सहभागीता जनाएका थिए।कार्यक्रममा एक्सपोज नेपालकी सिइयो अर्चना थापाले नयाँ ‘मिष्टर नेपाल २०१९’को आवेदन समेत खुल्ला भएको जानकारी दिइन्। युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले एक्सपोज नेपालले सन् २००१ बाट नियमित आयोजना गर्दै आएको यो प्रतियोगितामा सहभागीताका लागि १६ देखि ३५ वर्ष ननाघेका युवाहरुले आवेदन दिन सक्नेछन्।

थापाका अनुसार काठमाडौ, पोखरा, बिराटनगर, चितवन, धरान, इटहरी लगायत देशका प्रमुख शहरमा समेत प्रतियोगिताको छनौट चरणको अडिसन आयोजना हुनेछ। पहिलो चरणको अडिसनबाट छानिएका प्रतियोगिताले मात्र अन्तिम स्पर्धामा सहभागिता जनाउन सक्नेछन्।प्रतियोगितामा सहभागीका लागि आवेदन फर्म एक्सपोज नेपालको कार्यालय कुपन्डोल तथा वेभसाइटwww. mister Nepal.com.np  मा पनि भर्न सकिनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटकीय गाजादहको उजाड क्षेत्रमा ओखरको वन बनाउने प्रयास
पर्यटकीय गाजादहको उजाड क्षेत्रमा ओखरको वन बनाउने प्रयास
गणतन्त्र पक्षधरसँग तालमेल गर्न सकिने– अध्यक्ष केसी
गणतन्त्र पक्षधरसँग तालमेल गर्न सकिने– अध्यक्ष केसी
मनाेरञ्जन समाचार : सनी लियोनी बिहारको जुनियर इन्जिनियरिङ परीषामा टपर !
मनाेरञ्जन समाचार : सनी लियोनी बिहारको जुनियर इन्जिनियरिङ परीषामा टपर !
बाटो नहुँदा अर्कै प्रदेशबाट पालिका पुग्छन् त्रिवेणीवासी, ‘लाइफलाइन’मा संघको ‘आलटाल’
बाटो नहुँदा अर्कै प्रदेशबाट पालिका पुग्छन् त्रिवेणीवासी, ‘लाइफलाइन’मा संघको ‘आलटाल’
थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण ७ महिनापछि रिहा
थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण ७ महिनापछि रिहा
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिने षड्यन्त्र भइरहेको कांग्रेसको दाबी
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिने षड्यन्त्र भइरहेको कांग्रेसको दाबी
नेकपाका महासचिव पौडेल सिपाडोलको खेतमा
नेकपाका महासचिव पौडेल सिपाडोलको खेतमा
स्पेनका प्रधानमन्त्री सान्चेजद्धारा मन्त्रीपरिषद् विस्तार
स्पेनका प्रधानमन्त्री सान्चेजद्धारा मन्त्रीपरिषद् विस्तार
केरलामा कोरोनाः तीन हजार २५२ जना निगरानीमा
केरलामा कोरोनाः तीन हजार २५२ जना निगरानीमा
तेह्र दशमलव ३६ प्रतिशतले घट्यो ललितपुर महानगरको बजेट
तेह्र दशमलव ३६ प्रतिशतले घट्यो ललितपुर महानगरको बजेट