मेयर कप कराँते आजदेखि

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र २२, २०७५
|
|
५६ पटक हेरिएको
Shares
मेयर कप कराँते आजदेखि

सारांश

  • काठमाडौँ, २२ चैत ।
  • नेपाल सिन क्योकुसिन कराँते सङ्घ, चाल्नाखेल डोजोको आयोजनामा प्रथम मेयर कप राष्ट्रिय सिन क्योकुसिन कराँते प्रतियोगिता आजदेखि हुने भएको छ ।
  • प्रतियोगितामा पुरुषमा चार र महिलामा दुई गरी छ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख विनोद गुरुङले जानकारी दिनुभयो ।

काठमाडौँ, २२ चैत । नेपाल सिन क्योकुसिन कराँते सङ्घ, चाल्नाखेल डोजोको आयोजनामा प्रथम मेयर कप राष्ट्रिय सिन क्योकुसिन कराँते प्रतियोगिता आजदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषमा चार र महिलामा दुई गरी छ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख विनोद गुरुङले जानकारी दिनुभयो । दुईदिने प्रतियोगिताका खेलहरु चाल्नाखेलस्थित डोजोमै हुनेछ ।

सोही दौरान पाँचौँ उपत्यकाव्यापी सिन क्योकुसिन कराँते प्रतियोगिता पनि हुनेछ । पुरुषमा चार र महिलामा दुई गरी छ स्पर्धामा नै भीडन्त हुनेछ । दुवै प्रतियोगितामा गरी १६० खेलाडी सहभागी हुने प्रमुख गुरुङले जानकारी दिनुभयो । दुवै प्रतियोगिताका क्रममा रेफ्री सेमिनार र डान परीक्षा जापानका जेबी सुजुतोले सञ्चालन गर्ने गुरुङको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?