‘मेरो हर खुशी‘’ सार्वजनिक ( हेर्नुस भिडियो सहित )

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ २, २०७६
|
|
४७ पटक हेरिएको
Shares
‘मेरो हर खुशी‘’ सार्वजनिक ( हेर्नुस भिडियो सहित )

सारांश

  • काठमाडौं, डा.
  • डीआर उपाध्यायको नयाँ गीत ‘मेरो हर खुशी‘’ सार्वजनिक भएको छ ।
  • प्रताप दासको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत, देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

काठमाडौं, डा.डीआर उपाध्यायको नयाँ गीत ‘मेरो हर खुशी‘’ सार्वजनिक भएको छ । प्रताप दासको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत, देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।वसन्त सापकोटाले निर्देशन गरेको गीतको भिडियोमा रुकमिला अधिकारी र उमेश सुनामलाई फिचरिङ गरिएको छ । अर्जुन सापकोटाको छायाँकन रहेको भिडियोलाई जीवन टण्डनले सम्पादान रहेका छन् ।गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ ।

साहित्यकार तथा गीतकार डा. डीआर उपाध्यायले केही समयअघि नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका थिए ।राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट एकैपटक सात एल्बम विमोचन गरिएको थियो । यो विषयलाई सम्बोधन गर्दै उनलाई मिराकल्स वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डलगायतका वल्र्ड रेकर्डले पनि प्रमाणपत्र प्रदान गरिएको छ  ।

डी. आरको उपन्यास ‘दगाबाज’ सहित एल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नशालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ विमोचन केही महिनाअघि राष्ट्रिय नाचघर, जमलमा गरिएको थियो  । एल्बममा समावेश भएका ४० भन्दा बढी गीतमा सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’ र बुलु मुकारुङको सङ्गीत रहेको छ भने देशका प्रायः ख्यातिप्राप्त सबै गायक–गायिकाहरुको स्वर रहेको छ  ।उपाध्यायका यसअघि ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’ र ‘बिटुली’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् ।

पद्मदीप स्मृति प्रतिष्ठानको आयोजनामा डी। आरका गीति एल्बमका बारेमा देशका सात प्रदेशस्तरमा पनि लोकार्पण र समीक्षा तथा जिल्लास्तरको साहित्य अनि सङ्गीतको बारेमा छलफल गर्न अभियान चलाइएको थियो  । ती कृतिहरुको लोकार्पण नेपाल बाहिर सिक्किममा समेत गरिएको थियो । डा। डीआरका यही ज्येष्ठ पाँच गते राजधानीमा उपन्यास ‘अधुरो प्रेम’ सहित तीन एल्बम एकसाथ लोकार्पण पनि हुँदैछन् ।

 

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?