मेलबर्नमा गठित गोपाल थपलिया प्रतिष्ठानको सिड्नीमा बिस्तार

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ १७, २०७५
|
|
४९ पटक हेरिएको
Shares
मेलबर्नमा गठित गोपाल थपलिया प्रतिष्ठानको सिड्नीमा बिस्तार

सारांश

  • नेपाली पत्रकारिता जगतका भीष्मपितामह वरिष्ठ पत्रकार गोपालप्रशाद थपलियाको नाममा खोलिएको गोपाल थपलिया प्रतिष्ठानको अस्ट्रेलिया शाखा लुम्विनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठको संयोजकत्वमा गठन गरिएकोमा हालै सिड्नीमा भएको भेलाले यस्लाई बिस्तार गरेको छ र  समाचार सदा जस्तै प्रकाशन गरिदिनुहुने अपेक्षा राख्दै अग्रिम धन्यवाद ज्ञापन गर्दछु ।
  •    वरिष्ठ पत्रकार गोपालप्रशाद थपलियाको उपस्थितिमा अष्ट्रेलियाको भिक्टोरिया राज्यका लागि अबैतनिक महाबाणिज्यदूतको कार्यालयमा गत २९ सेप्टेम्बरमा भएको एक भेलाले भविष्यमा वृहत रुपमा अगाडि बढाउने गरी रामकुमार श्रेष्ठको संयोजकत्वमा नेपालमा गठित गोपाल थपलिया प्रतिष्ठानको शाखाको रुपमा गठित सात सदस्यीय तदर्थ समितिलाई सिड्नीमा यही २७ जनवरीमा भएको भेलाले बिस्तार गरेको छ ।
  • सिड्नी भेलामा वरिष्ठ पत्रकार गोपालप्रशाद थपलिया, पूर्व सभासद तथा अखिल नेपाल महिला संघ केन्द्रिय सचिवालय सदस्य शान्ती अधिकारी, प्राध्यापक राजु मानन्धर, एनआरएन ओसेनियका क्षेत्रीय संयोजक धर्मराज अधिकारी, एनआरए आइसिसी सदस्य होम पाण्डे, प्रवासी नेपाली मंच अध्यक्ष रमेश पाण्डे, एनआरएनए अस्ट्रेलिया कोषाध्यक्ष अच्यूत थपलिया, नेपाल पत्रकार महासंघ अष्ट्रेलियाका संयोजक हेमन्त काफ्ले, नेपाल अष्ट्रेलियन एशोसियसनका सचिब ऋषी आचार्य, डा.

नेपाली पत्रकारिता जगतका भीष्मपितामह वरिष्ठ पत्रकार गोपालप्रशाद थपलियाको नाममा खोलिएको गोपाल थपलिया प्रतिष्ठानको अस्ट्रेलिया शाखा लुम्विनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठको संयोजकत्वमा गठन गरिएकोमा हालै सिड्नीमा भएको भेलाले यस्लाई बिस्तार गरेको छ र  समाचार सदा जस्तै प्रकाशन गरिदिनुहुने अपेक्षा राख्दै अग्रिम धन्यवाद ज्ञापन गर्दछु ।  
वरिष्ठ पत्रकार गोपालप्रशाद थपलियाको उपस्थितिमा अष्ट्रेलियाको भिक्टोरिया राज्यका लागि अबैतनिक महाबाणिज्यदूतको कार्यालयमा गत २९ सेप्टेम्बरमा भएको एक भेलाले भविष्यमा वृहत रुपमा अगाडि बढाउने गरी रामकुमार श्रेष्ठको संयोजकत्वमा नेपालमा गठित गोपाल थपलिया प्रतिष्ठानको शाखाको रुपमा गठित सात सदस्यीय तदर्थ समितिलाई सिड्नीमा यही २७ जनवरीमा भएको भेलाले बिस्तार गरेको छ ।
सिड्नी भेलामा वरिष्ठ पत्रकार गोपालप्रशाद थपलिया, पूर्व सभासद तथा अखिल नेपाल महिला संघ केन्द्रिय सचिवालय सदस्य शान्ती अधिकारी, प्राध्यापक राजु मानन्धर, एनआरएन ओसेनियका क्षेत्रीय संयोजक धर्मराज अधिकारी, एनआरए आइसिसी सदस्य होम पाण्डे, प्रवासी नेपाली मंच अध्यक्ष रमेश पाण्डे, एनआरएनए अस्ट्रेलिया कोषाध्यक्ष अच्यूत थपलिया, नेपाल पत्रकार महासंघ अष्ट्रेलियाका संयोजक हेमन्त काफ्ले, नेपाल अष्ट्रेलियन एशोसियसनका सचिब ऋषी आचार्य, डा.जगदीश तिमल्सिना, नेपाल कला संस्कृति तथा साहित्य प्रतिष्ठाका अध्यक्ष सुजाता बस्नेत, गोपाल थपलिया प्रतिष्ठान अस्ट्रेलियाका कोषाध्यक्ष निता शाह, समुदाय अगुवा हरी लामिछाने, लेखक केदार पोखरेल, लगायत थुप्रैको उपस्थिति थियो ।   
मेलबर्नमा गठित तदर्थ समितिको सचिवमा गोपालकृष्ण शिवाकोटी, कोषाध्यक्षमा निता शाह र सहस्यहरुमा शुशिल चालिसे, गौतम लामिछाने, शैलेन्द्र सुवेदी र निरु त्रिपाठी रहेकोमा उक्त समितिमा सिड्नीको भेलाले पत्रकारद्धय ऋषी अधिकारी र हेमन्त काफ्ले र अन्य दुई रमेश पाण्डे र अच्युत थपलिया थप्ने निर्णय गरेको छ ।  
मेलबर्नको भेलाले समितिको सल्लाहकारमा भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जन र वरिष्ठ बैज्ञानिक डा राजु अधिकारी चयन गरेकोमा सिड्नीको भेलाले डा.जगदीश तिमल्सिना र मनऋषी धिताललाई सल्लाहकार मण्डलमा थपेको छ ।  
प्रतिष्ठानका गतिबिधिहरुलाई ब्यबस्थित र ब्यापक रुपमा अगाडि बढाउन भबिस्यमा अन्य राज्यहरुबाट पनि यसरी नै थपिदै लगी ब्यापकता दिइनेछ ।  
२०७३ सालमा नेपालका बुद्धिजीवि, पत्रकार, सामाजिक अभियन्ता, समाजसेवी, राजनीतिज्ञ, उद्योगपति आदिको संयुक्त भेलाले गोपाल थपलिया प्रतिष्ठान गठन गरिएको थियो । देश विदेशमा रहेर विज्ञान, शिक्षा, स्वाथ्य, साहित्य, कला, सामाजिक सेवा, परिवर्तनको अभियन्ता, पत्रकारिता लगायत सबै क्षेत्रका असंबोधित नायकहरुको खोजी गरी सम्मान गर्ने उद्धेस्यले गठित यस प्रतिष्ठानले विस्वमा भएको मानव हितको सम्पूर्ण कामहरुको सक्दो प्रचारप्रसारमा जोड दिनेछ ।


प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल एयरलायन्सले जापान, कोरिया र साउदी अरबमा नयाँ जहाज उडाउँदै
नेपाल एयरलायन्सले जापान, कोरिया र साउदी अरबमा नयाँ जहाज उडाउँदै
अबको २० दिनभित्र नयाँ सरकार बन्ने ओलीको घोषणा, कांग्रेसले २५ सिट नकटाउने दाबी (भिडियोसहित)
संविधान संशोधन सबैको सहमतिमा गर्नुपर्छ–खनाल
संविधान संशोधन सबैको सहमतिमा गर्नुपर्छ–खनाल
महानगरपालिका– स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन
महानगरपालिका– स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन
भगवतीको आरोप – गच्छदारले सेटिङ मिलाए
भगवतीको आरोप – गच्छदारले सेटिङ मिलाए
वामदेव गौतमका लागि काठमाडौं ७ मा मैदान खाली
वामदेव गौतमका लागि काठमाडौं ७ मा मैदान खाली
संसद्ले कानूनले प्रतिबन्ध लगाएकाबाहेक सबै सूचना उपलब्ध गराउँछ : सभामुख घिमिरे
संसद्ले कानूनले प्रतिबन्ध लगाएकाबाहेक सबै सूचना उपलब्ध गराउँछ : सभामुख घिमिरे
मतगणना सुरु, प्रारम्भिक रुझानमा देखिए ६ पार्टी
मतगणना सुरु, प्रारम्भिक रुझानमा देखिए ६ पार्टी
बर्डफ्लू संकटग्रस्त क्षेत्रका किसानले कुखुरा मार्न दिएनन्
बर्डफ्लू संकटग्रस्त क्षेत्रका किसानले कुखुरा मार्न दिएनन्
७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?
७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?

तपाईंले छुटाउनुभयो कि?