मोेटरसाइकल चोरीको बिगबिगी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १०, २०७७
|
|
३५ पटक हेरिएको
Shares
मोेटरसाइकल चोरीको बिगबिगी

सारांश

  • महोत्तरीको उत्तरवर्ती नगर बर्दिवासमा मोटरसाइकल चोरीको बिगबिगी बढेको छ ।
  • पछिल्लोपटक सोमबार दिउँसै बर्दिवास–६ का प्रेमबहादुर खत्रीको ज९प ४३७९ नंको मोटरसाइकल बर्दिवास–१ पूर्वचोकस्थित आइएमई कार्यालय अगाडिबाट चोरी भएको हो ।
  • चैत महिनामा मात्रै १० भन्दा बढी मोटरसाइकल चोरी भएका छन् ।

महोत्तरीको उत्तरवर्ती नगर बर्दिवासमा मोटरसाइकल चोरीको बिगबिगी बढेको छ । पछिल्लोपटक सोमबार दिउँसै बर्दिवास–६ का प्रेमबहादुर खत्रीको ज९प ४३७९ नंको मोटरसाइकल बर्दिवास–१ पूर्वचोकस्थित आइएमई कार्यालय अगाडिबाट चोरी भएको हो । चैत महिनामा मात्रै १० भन्दा बढी मोटरसाइकल चोरी भएका छन् ।

“मोटरसाइकल अगाडि राखेर काम विशेषले आइएमई कार्यालय छिरेँ, पाँच मिनटमै फर्कँदा मोटरसाइकल चोरी भइसकेको थियो”, मोटरसाइकल धनी खत्रीले भने । दैनिकजसो मोटरसाइकल चोरीका वारदातबारे जानकारी आइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

चैत लाग्दै बर्दिवास–७ का वडाध्यक्ष फाल्गुण सुसलिङले प्रयोग गर्दै आउनुभएको बर्दिवास नगरपालिकाको सरकारी नम्बरप्लेटको मोटरसाइकल बर्दिवास–३ गौरीडाँडाबाट चोरी भएको छ । त्यसैगरी बर्दिवास–९ का मनोजकुमार महतोको मोटरसाइकल पनि गौरीडाँडाबाटै चोरी भएको छ । यसबाहेक बर्दिवास–१४ स्थित सेन्ट्रल प्वाइन्ट स्कूल अगाडिबाट बर्दिवास–३ कै रुद्र बोहराको मोटरसाइकल चोरी भएको छ । चैत लागिकन बितेका नौ दिनभित्रै १० भन्दा बढी मोटरसाइकल चोरीका घटना भएका बर्दिवास–७ का वडाध्यक्ष सुसलिङले बताए ।

इलाका प्रहरी कार्यालय बर्दिवासले मोटरसाइकल चोरीका घटना बढेको स्वीकार गरेको छ । “यसबीचमा एकपछि अर्को मोटरसाइकल चोरीका घटनाबारे पीडितबाट जानकारी आएको छ”, कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले भने, “प्रहरी मोटरसाइकल चोर्ने गिरोहको खोजीमा सूक्ष्म तवरले लागेको छ ।” प्रहरीको निरन्तर खोजले यो गिरोह पत्ता लगाइछाड्ने थापाको भनाइ छ ।

प्रहरीकै सक्रियतामा बर्दिवास–३ का रुद्र बोहराको मोटरसाइकल बिपी राजमार्गको खुर्कोटमा भेटिएको छ । मोटरसाइकल चोरेर भागेका चोरले प्रहरीले पिछा गरेको छनक पाएर खुर्कोटमा गाडी छाडेर भागेको प्रहरीले जनाएको हो । बोहराले आफ्नो मोटरसाइकल पाइसकेका छन् । अन्य मोटरसाइकलबारे खोजी जारी रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

बर्दिवासमा पछिल्ला केही दिनयता भिखारी र कवाडी सामान उठाउने काममा लागेको देखाउने नौला मानिस निकै थपिएका छन् । प्रहरीले यिनीहरुबारे निगरानी बढाउनुपर्ने बर्दिवासका व्यापारीको सुझाव छ । यसअघि तीन वर्ष पहिले बर्दिवासमा अहिलेजस्तै मोटरसाइकल चोरीको बिगबिगी थियो । त्यतिखेर प्रहरीले सर्लाहीसम्म पुगेर मोटरसाइकल चोर्ने गिरोहको पहिचान गरी कारवाही गरेपछि यस्ता घटना पातलिएका बर्दिवास उद्योग वाणिज्य सङ्घका महासचिव भवनाथ खतिवडाले बताए । प्रहरीले खोजीकार्य जारी राखेपछि गिरोह पत्ता लाग्ने बर्दिवासवासीको विश्वास छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निगमका सबै ट्विनटर विमान ग्राउन्डेड, यी जिल्लाका उडान प्रभावित
निगमका सबै ट्विनटर विमान ग्राउन्डेड, यी जिल्लाका उडान प्रभावित
नेकपा सचिवालयलाई गगनको आग्रह अति भयो तमसा, काम गर्ने सरकार दिनुहोस
नेकपा सचिवालयलाई गगनको आग्रह अति भयो तमसा, काम गर्ने सरकार दिनुहोस
भारतीय प्रधानमन्त्री मोदीलाई पाकिस्तानी आकाश प्रतिबन्ध !
6 QUALITIES MEN FIND QUITE ATTRACTIVE IN WOMEN
6 QUALITIES MEN FIND QUITE ATTRACTIVE IN WOMEN
विप्लव समूहलाई प्रतिबन्ध लगाएकाे पत्रपत्रिकाबाट थाहा पाएँ : नेपाल
विप्लव समूहलाई प्रतिबन्ध लगाएकाे पत्रपत्रिकाबाट थाहा पाएँ : नेपाल
अन्धकार हटाउन गाउँपालिकाले छुट्यायो डेढ करोड बजेट तर काम खै ?
अन्धकार हटाउन गाउँपालिकाले छुट्यायो डेढ करोड बजेट तर काम खै ?
काठमाडौँ यी ७१ स्थानमा भेटिए कोराना संक्रमित
काठमाडौँ यी ७१ स्थानमा भेटिए कोराना संक्रमित
भ्रमण गएर फर्केका शिक्षक र विद्यार्थी बोकेको बस दुर्घटनामा २१ जनाको मृत्यु
भ्रमण गएर फर्केका शिक्षक र विद्यार्थी बोकेको बस दुर्घटनामा २१ जनाको मृत्यु
एसिया कप छनोटः २ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालको खराब सुरुवात !
एसिया कप छनोटः २ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालको खराब सुरुवात !
प्रदेश नम्बर एक : एक वर्षमा २० विधेयक प्रमाणीकरण
प्रदेश नम्बर एक : एक वर्षमा २० विधेयक प्रमाणीकरण