वाणगंगा यातायात ब्यावसायी द्धारा सम्मान कार्यक्रम सम्पन्न

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष २१, २०७४
|
|
४९ पटक हेरिएको
Shares
वाणगंगा यातायात ब्यावसायी द्धारा सम्मान कार्यक्रम सम्पन्न

सारांश

  • माधव बेल्वासे कपिलवस्तु चन्द्रौटा,  २१ पुष।
  • कपिलवस्तुका सांसदहरुले जिल्लाको सम्रग विकाशको लागी प्रतिवद्धता जनाएका छन ।
  • वाणगंगा यातायाता व्यावसाय समितिद्धारा चन्द्रौटामा आयोजित सम्मान कार्यक्रम वोल्दै कपिलवस्तु क्षेत्र न २ का प्रतिनिधि सभा सदस्य वृजेश कुमार गुप्ताले अव बन्ने सरकार र विपक्षी दलहरु एक आपसमा मिलेर कपिलवस्तुको विकाश गनुपर्ने वताए ।

माधव बेल्वासे

कपिलवस्तु चन्द्रौटा,  २१ पुष।
कपिलवस्तुका सांसदहरुले जिल्लाको सम्रग विकाशको लागी प्रतिवद्धता जनाएका छन ।

वाणगंगा यातायाता व्यावसाय समितिद्धारा चन्द्रौटामा आयोजित सम्मान कार्यक्रम वोल्दै कपिलवस्तु क्षेत्र न २ का प्रतिनिधि सभा सदस्य वृजेश कुमार गुप्ताले अव बन्ने सरकार र विपक्षी दलहरु एक आपसमा मिलेर कपिलवस्तुको विकाश गनुपर्ने वताए ।जनता को मतलाई कदर गर्दै जनतासग गरेको प्रतिवद्धताहरु पुरा गर्ने जनाए ।

चुनावको बेला एक अर्कालाई आरोप प्रत्यारोप लगाएको भएपनि अव हातेमालो गरेको जिल्लाको सवै पक्षमा विकाश गर्नुपर्ने जनाए । जिल्ला एक एतिहासिक जिल्ला रहेकोले पर्यटकहरुको आगमनका लागी पर्यटकीय स्थलहरुलाई प्रचार प्रसार गरी यस जिल्लाका युवाहरुलाई स्वरोजगार बनाउनु पर्नेमा जोड दिए ।प्रदेशको राजधानी बनाउने सन्र्दभमा वोल्दै सांसद गुप्ताले कपिलवस्तु प्रदेशकै केन्द्र रहने भएकाले यसलाई राजधानी बनाउनुपर्ने जिकिर गरे ।दाङ र वुटबल राजधानी हुने हल्ला आएपनि स्थायी राजधानी कपिलवस्तुको विकल्प नरहेको उद्धघोष गरे ।यदि यस विरुन्द्ध भएमा कपिलवस्तु वासी सडकमा उत्रिने चेतावनी दिए ।

त्यस्तै क्षेत्र न ३ का सांसद अभिषेक प्रताप शाहले कपिलवस्तु एक करिडोर रहकोले अव विकाश गतिले तिव्रता लिने जनाए ।सवै राजनितिक दल एकजुट भएर कपिलवस्तुको विकाशमा लाग्नुपर्नेमा सांसद शाहले जोड दिए ।कपिलवस्तुमा किसानहरुका धेरै समस्या देखीएकोले अव सवैको ध्यान कृषि तर्फ लागेर यस जिल्लालाई कृषीमा विकाश गर्नुपर्ने वताए ।विकाशका वजेटहरु सडक निमार्णमा मात्र लाग्ने गरेकोले अव अन्य क्षेत्रमा वजेटको विनियोजन गनुपर्ने वताए । हाल सम्म सविद्यान निमार्ण र कार्यन्वयन तर्फ भएपनि अव देश आर्थिक समृद्धी तर्फ लाग्ने जनाए ।राजधानीको सवालमा बोल्दै सांसद शाहले प्रदेश न ५ को राजधानि कपिलवस्तुको विकल्प नरहेको वताए ।

कपिलवस्तुका संसादहरुले कपिलवस्तु प्रदेशको राजधानी हुनुपर्ने वताएका छन ।गौतम वुद्ध जन्मेको स्थान तथा एक एतिहासिक पर्यटकीय स्थलहरु रहेकोले यो जल्लामा प्रदेशको राजधानि हुनुपर्ने माग रहेको छ ।

सम्मान कार्यक्रममा बोल्दै कपिलवस्तु प्रतिनिधि सभा ३ प्रदेश सभा १ का सदस्य अर्जुन कुमार केसीले पिछडिएको जिल्ला भनेर चिनिने कपिलवस्तुलाई यस क्षेत्रका जनताको जवनस्तिर उकास्नुपर्ने वताए ।कपिलवस्तु जिल्लामा २ मेघा पोरजेक्ट आवश्यक रहेको वताए ।तिलौराकोट व्यावस्थित र राप्ती तथा नौमुरे परियोजना संचालनको लागी आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

त्यस्तै कार्यक्रममा कपिलवस्तु क्षेत्र १ का प्रदेश सभा १ का सदस्य विष्णु पन्थि,१ को २ का सदस्य सहसराम यादव,क्षेत्र २ का प्रदेश सभा १ का सदस्य दृघनारायण पाण्डे,क्षेत्र न २ प्रदेश सभा २का सदस्य धर्मवहादुरलाल श्रीवास्तव लगाएतले सवै हातेमालो गरेर कपिलवस्तुको विकाश गर्नुपर्नेमा जोड दिएका थिए ।वाणगंगा यातायात समितिका अध्यक्ष विष्णु प्रसाद न्यौपाने लगाएत पदाधिकारीले कदर पत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संखुवासभाबाट एमालेका राजेन्द्र गौतम विजयी
संखुवासभाबाट एमालेका राजेन्द्र गौतम विजयी
घुस लिने प्रहरी निलम्बितः नलिने पुरस्कृत
घुस लिने प्रहरी निलम्बितः नलिने पुरस्कृत
ट्रम्प–किमको शीतयुद्धमा सी जिन पिङको भूमिका के ?
ट्रम्प–किमको शीतयुद्धमा सी जिन पिङको भूमिका के ?
इन्टरनेट चलाउँदा ध्यान पुर्याउनुस् नत्र १ करोड जरिवाना, १५ वर्ष जेल जानुपर्ला
इन्टरनेट चलाउँदा ध्यान पुर्याउनुस् नत्र १ करोड जरिवाना, १५ वर्ष जेल जानुपर्ला
सेमिफाइनलमा नेपाल र पाकिस्तान भिड्ने !
सेमिफाइनलमा नेपाल र पाकिस्तान भिड्ने !
कर्णालीको विद्युत् सङ्कट समाधानका लागि सरकारी तत्परता: खरिपाटीबाट पठाइने भयो ‘यान्त्रिक क्रेन’
कर्णालीको विद्युत् सङ्कट समाधानका लागि सरकारी तत्परता: खरिपाटीबाट पठाइने भयो ‘यान्त्रिक क्रेन’
सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर, बजार व्यवस्थापन अझै चुनौती
सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर, बजार व्यवस्थापन अझै चुनौती
‘अध्यादेशबाट बजेट ल्याए स्वीकार्य हुन्न’
‘अध्यादेशबाट बजेट ल्याए स्वीकार्य हुन्न’
उदयपुरमा बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप शुरु
उदयपुरमा बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप शुरु
प्रमुख दलहरु क्रमशः कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मधेशमा आफ्नो पार्टीलाई जसरी पनि पहिलो बनाउने रणनीतिमा
प्रमुख दलहरु क्रमशः कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मधेशमा आफ्नो पार्टीलाई जसरी पनि पहिलो बनाउने रणनीतिमा

तपाईंले छुटाउनुभयो कि?