विदेश जाने अवस्था शून्यमा पुर्‍याउँछु : नवनियुक्त श्रममन्त्री

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ ३, २०७९
|
|
५९ पटक हेरिएको
Shares
विदेश जाने अवस्था शून्यमा पुर्‍याउँछु : नवनियुक्त श्रममन्त्री

सारांश

  • काठमाडौँ ।
  • नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।
  • श्रम मन्त्रीको शपथपछि मन्त्रालयमा पदवहालीका क्रममा सञ्चारकर्मीसँग उहाँले नेपालीहरुलाई विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पुर्‍याउने बताउनुभयो ।

काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । श्रम मन्त्रीको शपथपछि मन्त्रालयमा पदवहालीका क्रममा सञ्चारकर्मीसँग उहाँले नेपालीहरुलाई विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पुर्‍याउने बताउनुभयो ।

उहाँले नेपालमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “नेपाली नागरिकले जबसम्म स्वदेशमै आत्मसम्मानसहितको रोजगार पाउँदैनन्, तबसम्म देशको विकास कल्पना बाहिरको हुन्छ”, उहाँले भन्नुभयो ।

स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना नभएसम्म वैदेशिक रोजगारी बाध्यात्मक रहेको उहाँले बताउनुभयो । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दक्ष बनाएर पठाउनेमा आफ्नो ध्यान केन्द्रित हुने उहाँको भनाइ छ । “दक्ष भएर विदेश नजाँदासम्म श्रमिकले दुःख पाइरहेको अवस्था छ”, उहाँले भन्नुभयो, “त्यसको निराकरणका लागि मैले काम गर्छु ।” मन्त्रालयले समन्वय गरेर स्वदेशमा पर्याप्त मात्रामा रोजगारी सिर्जना गरिने मन्त्री अर्यालको भनाइ छ । “बाध्यताले नभई चाहेर मात्र विदेश जाने अवस्था सिर्जना गर्ने मेरो लक्ष्य हो”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जापानमा सन् २०३० को मध्यपछि पेट्रोल कारको बिक्री बन्द गर्ने योजना
जापानमा सन् २०३० को मध्यपछि पेट्रोल कारको बिक्री बन्द गर्ने योजना
संसदमा सम्बोधन गर्दै प्रम ओली, गुठी विधेयक फिर्ता होला की स्थगन ?
संसदमा सम्बोधन गर्दै प्रम ओली, गुठी विधेयक फिर्ता होला की स्थगन ?
पूर्वराजा आइतबार स्वदेश फर्कदै, देश दौडाहामा जाने
पूर्वराजा आइतबार स्वदेश फर्कदै, देश दौडाहामा जाने
डा. गोविन्द केसीले सोमबारदेखि अनिवार्य अवकाश पाउने, अब उनले गर्दै आएको आन्दोलन के होला ?
डा. गोविन्द केसीले सोमबारदेखि अनिवार्य अवकाश पाउने, अब उनले गर्दै आएको आन्दोलन के होला ?
रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने
रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने
स्थानीय तह उपनिर्वाचन : मौन अवधि सुरु, के गर्न पाइँदैन?
स्थानीय तह उपनिर्वाचन : मौन अवधि सुरु, के गर्न पाइँदैन?
नाइजर मरुभूमि क्षेत्रमा पानीको अभावमा चवालिस आप्रवासीको मृत्यु
नाइजर मरुभूमि क्षेत्रमा पानीको अभावमा चवालिस आप्रवासीको मृत्यु
फुटपाथका पसल हटाइए
फुटपाथका पसल हटाइए
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले पार्टीका तर्फबाट उम्मेदवार सिफारिस
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले पार्टीका तर्फबाट उम्मेदवार सिफारिस
प्रधानमन्त्री देउवा भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान
प्रधानमन्त्री देउवा भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान

तपाईंले छुटाउनुभयो कि?