संसदमा सम्बोधन गर्दै प्रम ओली, गुठी विधेयक फिर्ता होला की स्थगन ?
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् ।
- पछिल्लो समय निकै विवादमा परेको गुठी विधेयकबारे प्रधानमन्त्री ओलीले संसदमा के धारणा व्यक्त गर्लान् भन्ने चासो सबैमा छ ।
- यद्यपी युरोप घुमेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले सरकारमाथि उठाइएका विभिन्न प्रश्नहरुको जवाफ तथा आफ्नो युरोप भ्रमणबारे जानकारी दिन बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् ।
पछिल्लो समय निकै विवादमा परेको गुठी विधेयकबारे प्रधानमन्त्री ओलीले संसदमा के धारणा व्यक्त गर्लान् भन्ने चासो सबैमा छ । यद्यपी युरोप घुमेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले सरकारमाथि उठाइएका विभिन्न प्रश्नहरुको जवाफ तथा आफ्नो युरोप भ्रमणबारे जानकारी दिन बैठकलाई सम्बोधन गर्न लागेका हुन् । तर भ्रमणको जानकारी औपचारिकताका लागि भए पनि अहिले जल्दोबल्दो विषय बनेको गुठी विधेयकबारे प्रधानमन्त्रीको धारणा महत्वपूर्ण हुने छ ।
प्रधानमन्त्री ओलीले समसामयिक राजनीतिक विषय तथा सदनमा पेश भएका विधेयकबारे पनि आज सरकारी धारणा राख्नेछन् । सरकारले सदनमा प्रस्तुत गरेको गुठीसम्बन्धी विधेयकले पछिल्लो समय सरकार आलोचित बनिरहेको छ । गुठी मास्ने गरी विधेयक ल्याइएको भन्दै सडकसम्मै विरोधका स्वरहरु सुनिएका छन् ।
त्यसैले प्रधानमन्त्री ओलीले आज बस्ने संसद बैठकमा गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान छ । त्यस्तै, मिडिया काउन्सिल विधेयकबारे पनि प्रधानमन्त्रीले धारणा राख्ने छन् । सरकारले यो विधेयक संसद्मा प्रस्तुत गरे पनि चौतर्फी विरोधका कारण अघि बढ्न सकेको छैन ।
यसअघि हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जनप्रतिनिधिहरुले गुठी विधेयक फिर्ता लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । गुठी विधेयकप्रति चासो राख्ने वडा तहदेखिकै नेता कार्यकतासमेत उपस्थित बालुवाटार छलफलमा केहीले भने तत्कालका लागि विधेयक स्थगन गर्न सुझाब दिएका थिए ।
गुठी विधेयकलाई लिएर आन्दोलन चर्किएपछि प्रधानमन्त्री ओलीले सोमबार नेकपासम्वद्ध उपत्यकाका जनप्रतिनिधिहरु, पार्टी अध्यक्षहरुलाई बोलाएर छलफल गरेका थिए ।
अधिकांशले विधेयक फिर्ता नै लिनुपर्ने अडान राखेकाले ओली दोधारमा परेका छन् । आफ्नै दलका केही सांसदले चर्को विरोध गर्दै विधेयक फिर्ता नलिए भोली विशला प्रदर्शन गर्ने चेतावनी दिइरहेका छन् ।
गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै उपत्यकामा केही दिनदेखि प्रदर्शन हुँदै आएको छ । आन्दोलन पक्षले ४ असारमा माइतीघर मण्डलामा विशाल प्रदर्शन गर्ने तयारी गरेका छन् ।
यो पनि पढ्नुस
फ्रान्सद्वारा नाइजेरिया पराजित
काठमाडौं, असार ३ । महिला विश्वकप फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा फ्रान्सले नाइजेरियालाई १–० ले हराएको छ । एउटै पेनाल्टी दुईपटक प्रहार गर्न पाएको आयोजक फ्रान्सले नाइजेरियालाई पराजित गर्न सफल भएको हो ।
पहिलो हाफमा गोलरहित रहे पनि खेलको ७५ औँ मिनेटमा नाइजेरियाका इवेरी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिन पुगे । नाइजेरियाको टोली १० खेलाडीमा सीमित रहेको समयमा विविएनी एसियीमाथि भएको फउलको समयमा फ्रान्सले पेनाल्टीको मौका पाएको थियो ।फ्रान्सकी वेन्डी रेनार्डले पेनाल्टी प्रहार गरिन्, तर नाइजेरियाकी गोलरक्षक चिएमाका नाडोजिएले चाँडै नै लाइनबाट क्रस गरेकाले रेनार्डले फेरि पेनाल्टी प्रहार गर्न पाइन् । पुनः प्रहार गरेको पेनाल्टीमा रेनार्डले गोल गरिन् र फ्रान्स १–० ले विजयी भयो । एजेन्सी
प्रतिक्रिया