अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ गर्न सांसदको माग

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र २३, २०७९
|
|
५५ पटक हेरिएको
Shares
अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ गर्न सांसदको माग

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ गर्न माग गरे ।
  • प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले विमानस्थलमा देखिएको बेथिति र लापरबाहीका कारण एक निर्दोष नेपालीले कतारको जेलमा बन्दीजीवन बिताइरहनुपरेको बताए ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ गर्न माग गरे । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले विमानस्थलमा देखिएको बेथिति र लापरबाहीका कारण एक निर्दोष नेपालीले कतारको जेलमा बन्दीजीवन बिताइरहनुपरेको बताए ।

सांसद ढकालका अनुसार गत वैशाखमा वैदेशिक रोजगारीका लागि कतार जान लागेका एक नेपालीको झोलामा कसैले झुक्याएर लागुऔषध राखिँदिँदा कतारको विमानस्थलमा पक्राउ परेका उनलाई १० वर्ष कैद र तीन लाख जरिवाना तोकिएको छ । उनले सभामुखमार्फत गृहमन्त्रीलाई प्रश्न गरे, ‘उनीजस्ता निर्दोष नेपाली कतारको जेलमा अरु कति छन् र उनीहरुको अवस्था के छ ?’

सांसद ढकालले वैदेशिक रोजगारीमा गएका एकजनाको शव ल्याउँदा शवको बाकससमेत भन्सारमा फोरिएको र यसले विमानस्थलमा हुनेगरेका बेथितिलाई प्रष्ट्याउँछ भन्दै विमानस्थलमा बारम्बार हुने यस्ता घटना न्यूनीकरणमा सरोकारवालाको ध्यान जानुपर्नेमा जोड दिए ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भरतपुर क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक र उपनिर्देशकको मिलेमतोमा क्यान्सर उपचारका लागि उपकरण खरिद गर्ने रकम तलब भत्तामै खर्च भैसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले दिनप्रतिदिन विदेशी ऋणभार बढेपनि मुलुकको आर्थिक विकासले गति लिन नसकेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मालपोतका कर्मचारी मिलेर लालपूर्जामा अर्कैको फोटो टाँसेर बेचिदिएपछि….
मालपोतका कर्मचारी मिलेर लालपूर्जामा अर्कैको फोटो टाँसेर बेचिदिएपछि….
राजविराज क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी
राजविराज क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी
प्रधानमन्त्री ओलीको यस्तो दावीमा के छ प्रतिक्रिया ? भन्छन् ‘मेरो पालामा इतिहासमै नभएका काम भए’
प्रधानमन्त्री ओलीको यस्तो दावीमा के छ प्रतिक्रिया ? भन्छन् ‘मेरो पालामा इतिहासमै नभएका काम भए’
युएईमाथि सहज जित निकाल्दै नेदरल्याण्ड टी–२० विश्वकपमा छनोट
युएईमाथि सहज जित निकाल्दै नेदरल्याण्ड टी–२० विश्वकपमा छनोट
मन्त्री लालबाबुले भने – ‘काठमाडौंमा मास्क लगाउन नपर्ने बनाउँछु’
मन्त्री लालबाबुले भने – ‘काठमाडौंमा मास्क लगाउन नपर्ने बनाउँछु’
मौसम पूर्वानुमान : यी दुई प्रदेशमा वर्षाको सम्भावना
मौसम पूर्वानुमान : यी दुई प्रदेशमा वर्षाको सम्भावना
बढ्यो सुनको मूल्य, कति छ प्रतितोलाको ?
बढ्यो सुनको मूल्य, कति छ प्रतितोलाको ?
बिरामीहरूले औषधि नपाएको गुनासो
GOAL संस्थाले बालमन्दिरका बच्चा हरुसँग मनायो बाल दिवस, मिडिया पार्टनर शिखर न्युज….
GOAL संस्थाले बालमन्दिरका बच्चा हरुसँग मनायो बाल दिवस, मिडिया पार्टनर शिखर न्युज….
धादिङमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?