मौसमी भाइरल ज्वारोबाट सिङ्गो गाउँ नै प्रभावित

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ २४, २०७६
|
|
६५ पटक हेरिएको
Shares
मौसमी भाइरल ज्वारोबाट सिङ्गो गाउँ नै प्रभावित

सारांश

  • बेलकोटगढी नगरपालिका–११ को उपल्लो तिगाउँमा मौसमी भाइरलको कारण गाउँनै प्रभावित भएको छ ।
  • पछिल्लो तीन दिनदेखि देखिएको मौसमी भाइरलको कारण गाउँको प्रत्येक घरका सदस्य बिरामी देखिएको वडाध्यक्ष रामहरि पाण्डेले जानकारी दिनुभयो ।
  • उहाँको अनुसार बिरामी भएकामध्ये बिहीबारदेखि बेलकोट स्वास्थ्यचौकीबाट गएको अनमी उषा सिंह र कमला पाण्डेसहितको टोलीले उपचार शुरु गरेको छ ।

बेलकोटगढी नगरपालिका–११ को उपल्लो तिगाउँमा मौसमी भाइरलको कारण गाउँनै प्रभावित भएको छ । पछिल्लो तीन दिनदेखि देखिएको मौसमी भाइरलको कारण गाउँको प्रत्येक घरका सदस्य बिरामी देखिएको वडाध्यक्ष रामहरि पाण्डेले जानकारी दिनुभयो ।

उहाँको अनुसार बिरामी भएकामध्ये बिहीबारदेखि बेलकोट स्वास्थ्यचौकीबाट गएको अनमी उषा सिंह र कमला पाण्डेसहितको टोलीले उपचार शुरु गरेको छ । अहिलेसम्म ५४ को उपचार गरिएको छ । करिब ५० घरधुरी रहेको उक्त गाउँका बासिन्दालाई उच्च ज्वरो, रुघाखोकी, रक्तचाप भएका बिरामी प्रत्येक घरमा पाइएको उपचारमा संलग्न अनमी पाण्डेले जानकारी दिनुभयो ।

तामाङ समुदायको बाहुल्यता रहेको उक्त गाउँका बासिन्दा बिरामी हुनुका कारण दूषित खानेपानी भएको हुनसक्ने अनुमान गरिएको छ । जनचेतनाको कमीका कारण उनीहरुको उपचारसहित स्वच्छ पानी पिउन अपिल गरिएको छ भने रोग फैलन नदिन आफूहरु सक्रिय भएर लागिरहेको वडाध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

गत सोमबारदेखि फैलन शुरु भएको ज्वरोको कारण गाउँनै प्रभावित भएको जानकारी स्थानीय कमलबहादुर तामाङले वडाध्यक्षलाई जानकारी गराएपछि नगर प्रमुख राजेन्द्ररमण खनाल र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालसँगको समन्वयमा स्वास्थ्यकर्मी र औषधिसहितको टोली लिएर वडाध्यक्ष पाण्डेले घरघरमै पुगेर बिरामीको उपचार अघि बढाउनुभएको हो ।

बिरामी हुनेमा वृद्धवृद्धा र बालबालिका बढी छन् । उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखेर उपचार गराउँदै आएको स्वास्थ्यचौकीका अनमी कमला पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिले सरकार गठन अनि वाम एकता
पहिले सरकार गठन अनि वाम एकता
भारतीय बिदेशमन्त्री र देउवाबीचको भेटमा उठेन सीमा बिबादको कुरा
भारतीय बिदेशमन्त्री र देउवाबीचको भेटमा उठेन सीमा बिबादको कुरा
‘स्मार्ट’ चालक अनुमतिपत्र चार महिनामा छापिसकिने
‘स्मार्ट’ चालक अनुमतिपत्र चार महिनामा छापिसकिने
काभ्रेका  क्यान्सरपिडित माेक्तानलाइ क्यालिफाेर्नियाबाट दुइलाख तिस हजार सहयाेग
काभ्रेका क्यान्सरपिडित माेक्तानलाइ क्यालिफाेर्नियाबाट दुइलाख तिस हजार सहयाेग
जितपुर-सिमरा उपमहानगरपालिकाको मतगणना सुरु
जितपुर-सिमरा उपमहानगरपालिकाको मतगणना सुरु
उपत्यकापछि मोफसलका शहरहरुमा पनि धमाधम डिजिटलाइज, नेपालगञ्जमा एनालग सिग्नल बन्द
उपत्यकापछि मोफसलका शहरहरुमा पनि धमाधम डिजिटलाइज, नेपालगञ्जमा एनालग सिग्नल बन्द
निर्वाचनपिच्छे गाडी खरिद गर्दै आएको आयोगले यसपटक निर्वाचन आयुक्तलाई १५ करोडका गाडी…
निर्वाचनपिच्छे गाडी खरिद गर्दै आएको आयोगले यसपटक निर्वाचन आयुक्तलाई १५ करोडका गाडी…
देउवा सरकारले ल्याएको ‘कर्मचारी स्वेच्छिक अवकास’ ओली सरकारलाई निल्नु न ओकल्नु
देउवा सरकारले ल्याएको ‘कर्मचारी स्वेच्छिक अवकास’ ओली सरकारलाई निल्नु न ओकल्नु
प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न  कम्युनिस्ट घटकको माग
प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न कम्युनिस्ट घटकको माग
ओमानमाथि नेपालको १५० रनको विशाल जीत
ओमानमाथि नेपालको १५० रनको विशाल जीत

तपाईंले छुटाउनुभयो कि?