यसरी भैइरहेको छ जिल्ला प्रमुखकै मिलेमतोमा अनधिकृत रुपमा गिट्टी बालुवा उत्खनन !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २०, २०७५
|
|
४० पटक हेरिएको
Shares
यसरी भैइरहेको छ जिल्ला प्रमुखकै मिलेमतोमा अनधिकृत रुपमा गिट्टी बालुवा उत्खनन !

सारांश

  • मेलम्ची, २० वैशाख।
  •   सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती नदीबाट अनधिकृत रुपमा गिट्टी बालुवा उत्खनन भइरहेको छ ।
  • जिल्ला समन्वय समितिले टेण्डर खोलेर नदीजन्य पदार्थको निकासीलाई अनुमति दिएको इन्द्रावती र सुनकोशी नदीबाट जिससको र सम्बन्धित नगरपालिकाको मिलेमतोमा ठेकेदारले अवैधरुपमा गिट्टी बालुवा उत्खनन गर्ने गरेका छन् ।

मेलम्ची, २० वैशाख।  सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती नदीबाट अनधिकृत रुपमा गिट्टी बालुवा उत्खनन भइरहेको छ ।

जिल्ला समन्वय समितिले टेण्डर खोलेर नदीजन्य पदार्थको निकासीलाई अनुमति दिएको इन्द्रावती र सुनकोशी नदीबाट जिससको र सम्बन्धित नगरपालिकाको मिलेमतोमा ठेकेदारले अवैधरुपमा गिट्टी बालुवा उत्खनन गर्ने गरेका छन् ।

मेलम्ची नगरपालिकाले इन्द्रावती नदी किनारबाट नदीजन्य पदार्थ उत्खनन गर्न निश्चित मापदण्ड बनाएको भएपनि मापदण्ड विपरीत उत्खनन् गरिरहँदा नगरपालिकाले चासो दिएको छैन ।

नेपाल सरकारले क्रसर सञ्चालनका लागि राजमार्गबाट ५०० मिटर टाढा, खोलाकिनारबाट ५०० मिटर टाढा, वन तथा आरक्षणबाट दुई किलोमिटर टाढा हुुनुपर्ने मापदण्ड तोकेको छ । अहिले इन्द्रावती नदी किनारमा सञ्चालन भएका क्रसर तोकिएको मापदण्ड विपरीत निर्वाधरुपमा चलिरहँदा पनि स्थानीय सरकार तथा जनप्रतिनिधि मौन बसेका छन् ।

नाम नबताउने शर्तमा एक स्थानीय भन्नुहुन्छ, “जिसस र नगरपालिकाले तोकेको स्थानभन्दा बाहिरबाट मनोमानी तरिकाले गिट्टी बालुवा उत्खनन गरिरहेको भए पनि मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल र सम्बन्धित निकायले भने कुनै कारबाहीको दायरामा ल्याउने गरेका छैनन् ।”

नदीको धार नै परिवर्तन गरेर अवैध उत्खनन गर्दा र अनाधिकृतरुपमा नदीभित्र स्काभेटर प्रयोग गरेको सूचना दिँदासमेत स्थानीय प्रशासन र नगरपालिकाले कुनै प्रतिक्रिया नदिने स्थानीय बताउँछन् ।

पाल्चोकी क्रसरदेखि लामा क्रसरसम्मले नदीको धारनै परिर्वतन गरी उत्खनन गर्ने गरेका छन् । स्वतन्त्ररुपमा बगेको नदीको धार परिर्वतन गरी नदीजन्य पदार्थ झिक्दा पनि नगरपालिकाले कानमा तेल हालेर बसेकाले रकमको चलखेल भएको स्थानीयले आरोप लगाएका छन् ।

स्काभेटरले खन्दा इन्द्रावती नदी किनारभरि ट्र्याक्टर नै पुरिने खाल्डा बनेका छन् । बाहुनीपाटीका एक स्थानीयवासीका अनुसार रातदिन नदीमा स्काभेटर प्रयोग गर्छन् । रातमा स्काभेटर चलेर निन्द्रासमेत लाग्दैन तर स्थानीय प्रशासन मौन बस्छन्, रोक्नका लागि कुरा गर्दासमेत वास्ता गर्दैनन् ।

स्थानीय सञ्चारकर्मीले स्काभेटरले खोलाभित्रबाट धारै परिर्वतन गरी नदीजन्य पदार्थ निकालेकोे इप्रका मेलम्चीलाई पटकपटक जानकारी गराउँदा प्रहरी निरीक्षक पर्शुराम मल्लले नगरपालिकाबाट कारबाहीको लागि कुनै आधिकारिक पत्र नआएको बताउनुभयो ।

“नदी किनारबाट क्रसर हुँदै हिँड्ने नगरपालिकाका प्रमुखले धार परिवर्तन गरेको देख्दादेख्दै त कुनै चासो दिँदैनन् भने हामीले कराएर केही लाग्दैन । नदीको बहावलाई रोकेर नदीको बाटो नै परिवर्तन गरी क्रसर व्यवसायीले मोटो रकम बुझाएका कारणनै यसको रोकथाम नभएको हो,” स्थानीय करुणासागर सिग्देल बताउनुहुन्छ ।

नियमविपरीत नदीमा सिधै स्काभेटर प्रयोग गरी क्रसरले असंख्य खाल्डो बनाएको छ । सोही खाल्डोमा परी मेलम्चीको गिरानचौर मामाघर आएका भोजपुरका ११ वर्षीय कर्साङ तामाङको वैशाख ६ गते डुबेर मृत्युभएको थियो ।

नगरपालिका र जिल्ला समन्वय समितिले तोकेको नियमअनुसार पुलको ५०० मिटर वरपरबाट गिट्टी, बालुवा निकाल्न पाइँदैन । तर, पनि उत्खनन् भइरहेको छ । पुलको १०० मिटरभन्दा नजिकैबाट दिनहुँ ट्र्याक्टर स्काभेटरले गिट्टी, बालुवा र ढुंगा लैजाने गरेको स्थानीय दीपेश खनालले बताउनुभयो ।

पुल नजिकैबाट गिट्टी, बालुवा र ढुंगा हुँदा पुलनै जोखिममा परेको खनाल बताउनुहुन्छ । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र स्थानीय नगरपालिकाले अनुगमन गरेको र मापदण्डभित्र नरहेको पाउँदासमेत कारबाहीको दायरामा ल्याउन सकेको छैन । कारबाही गर्छौं भन्दै देखावटी अनुगमन गर्ने र पछि रकमको चलखेलमा चुप बस्ने गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

अवैधरुपमा स्काभेटर प्रयोग गरेर उत्खनन् भइरहेको जानकारी आफूले पाएको भन्दै जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी पाउनासाथ आफूले कारबाहीका लागि स्थानीय नगरपालिका र प्रशासनलाई पत्राचार गरेको जानकारी दिनुभयो ।

नदी किनारमा रहेका आधा दर्जन क्रसरले बनाएको खाल्डोले नदीको स्वरुप नै कुरुप बनाएको छ भने खाल्डोमा परी चारभन्दा बढी बालबालिकाले ज्यान गुमाइसकेका छन् ।

नगरपालिका र प्रहरी प्रशासनले मापदण्डविपरीत क्रसर सञ्चालन गरेको पाएमा कारबाही गर्न समिति गठन गरेको भए पनि अहिलेसम्म अनुगमन गरेको छैन । अवैध उत्खनन भएको पटकपटक नगरपालिकालाई जानकारी गराउँदा पनि अनुगमन गर्ने भन्दै टार्ने गरेका छन् ।

नदी गहिरिएर सिँचाइका लागि बनाएको कुलोमा समेत पानी नचढ्ने भएको कृषक भीम माझीले गुनासो गर्नुभएको छ । क्रसरले नदीमा बनाएको खाल्डोले नदी गहिरिएर पानी नचढेपछि धान रोपाइँ गर्न समस्या भएको माझीले बताउनुभयो ।

जिसस प्रमुख तामाङले नियमविपरीत क्रसर सञ्चालन गरेमा तथा नदीजन्य पदार्थ उत्खनन् गरी वातावरणमा प्रदूषण बढाउने कार्य गरेमा तुरुन्तै कानूनी दायरामा ल्याएर कारबाही गर्ने भन्दै टार्ने गर्नुभएको छ ।

– आदित्य दाहाल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नीति तथा कार्यक्रमले आर्थिक सुधारको योजना ल्याउन सकेको छैन : अध्यक्ष लिङ्देन
नीति तथा कार्यक्रमले आर्थिक सुधारको योजना ल्याउन सकेको छैन : अध्यक्ष लिङ्देन
ललिता निवास प्रकरण : माधव र बाबुराममाथि मुद्दा नचलाएको विषयमा सरकारसँग लिखित जवाफ माग
ललिता निवास प्रकरण : माधव र बाबुराममाथि मुद्दा नचलाएको विषयमा सरकारसँग लिखित जवाफ माग
बामदेवले राजीनामा मागेपछि ओलीद्वारा बोल्दा बोल्दै हस्तक्षेप, बालुवाटार रुष्ट
बामदेवले राजीनामा मागेपछि ओलीद्वारा बोल्दा बोल्दै हस्तक्षेप, बालुवाटार रुष्ट
नेपाली युवाले विकास गरेको समाजिक सञ्जाल एप ‘रेस्पेक्ट’ आउँदै
नेपाली युवाले विकास गरेको समाजिक सञ्जाल एप ‘रेस्पेक्ट’ आउँदै
८ हजार लिटर मदिरा नष्ट साथै लागूऔषध सहित ४ जना पक्राउ
८ हजार लिटर मदिरा नष्ट साथै लागूऔषध सहित ४ जना पक्राउ
विदेशीको हण्डी खाएर चुनावमा आउनेलाई जनताले परास्त गर्नेछन्–पूर्वमन्त्री बस्नेत (फोटो फिचर)
विदेशीको हण्डी खाएर चुनावमा आउनेलाई जनताले परास्त गर्नेछन्–पूर्वमन्त्री बस्नेत (फोटो फिचर)
चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने पुल निर्माण
चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने पुल निर्माण
Committee formed for national library day programme
Committee formed for national library day programme
जगदम्बा १३ औँ जितपुर सिमरा गोल्डकप, २०७९ को तयारी पूरा
जगदम्बा १३ औँ जितपुर सिमरा गोल्डकप, २०७९ को तयारी पूरा
सुधारोन्मुख मातृशिशु स्वास्थ्य
सुधारोन्मुख मातृशिशु स्वास्थ्य

तपाईंले छुटाउनुभयो कि?