यातायात कार्यालय अब सुकेधारामा पनि…

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ ७, २०७३
|
|
५३७ पटक हेरिएको
Shares
यातायात कार्यालय अब सुकेधारामा पनि…

सारांश

  • चावहिलको सुकेधाराबाट सवारी चालक अनुमतिपत्रसम्बन्धी काम आइतबारदेखि सुरु हुने भएको छ।
  • यातायात व्यवस्था विभागले आजदेखि सुकेधारामा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र वाग्मतीको सेवा विस्तार गरेको हो।
  • कार्यालयको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम महतोले उपत्यकामा चारवटा यातायात कार्यालय भएपछि सेवाग्राहीले सवारी चालक अनुमति पत्र लिन र नवीकरण गर्न रातिदेखि लाइन बस्नुपर्ने झन्झट अन्त्य भएको बताए।
चावहिलको सुकेधाराबाट सवारी चालक अनुमतिपत्रसम्बन्धी काम आइतबारदेखि सुरु हुने भएको छ।
यातायात व्यवस्था विभागले आजदेखि सुकेधारामा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र वाग्मतीको सेवा विस्तार गरेको हो।
कार्यालयको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम महतोले उपत्यकामा चारवटा यातायात कार्यालय भएपछि सेवाग्राहीले सवारी चालक अनुमति पत्र लिन र नवीकरण गर्न रातिदेखि लाइन बस्नुपर्ने झन्झट अन्त्य भएको बताए।
“एकान्तकुनामा मात्र रहेको वाग्मती अञ्चल कार्यालयलाई तीन स्थानमा विस्तार गरेपछि सेवाग्राहीले सहज रुपमा सवारी चालक अनुमति पत्रको आवेदन फाराम भर्न र नवीकरण गर्न मध्यरातदेखि लामबद्ध हुनुपर्ने समस्या हुँदैन, कार्यालय खुलेका स्थानमा परीक्षण केन्द्र (ट्रायल सेन्टर) खोल्ने पनि मन्त्रालयको योजना छ,” – उनले भने।
हाल मोटरसाइकलको परीक्षण केन्द्र (ट्रायल सेन्टर) यातायात व्यवस्था विभाग मीनभवनमा र कारको परीक्षण केन्द्र (ट्रायल सेन्टर) नेसनल ट्रेडिङ, रामशाहपथमा हुँदै आएको छ। सीमित परीक्षण केन्द्र (ट्रायल सेन्टर) हुँदा अनुमति पत्रका लागि प्रयोगात्मक परीक्षा दिन समय कुर्नुपर्ने समस्या रहेको सेवाग्राहीको गुनासो छ।
विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले सुकेधारामा कार्यालय खोल्न चौथोपटक विज्ञापन गरेर घरभाडा सम्झौता गरिएको जानकारी गराए। “यहाँ कार्यालय खोलेपछि सवारी जाम भएर समस्या हुन्छ भन्ने स्थानीयवासीको गुनासो थियो, तर त्यस्तो हुन दिन्नौँ” – उनले भने।
कार्यालयमा आइतबारदेखि सवारी चालक अनुमति पत्र नवीकरण गरिने र परीक्षण केन्द्र (ट्रायल सेन्टर) खोलेपछि नयाँ अनुमति पत्र लिन आवेदन दिन सकिने कार्यालय प्रमुख सुन्दर भट्टराईले बताए । अनुमति पत्र लिन सेवाग्राहीको भीड बढेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयलाई कार्यालय थप गर्न चार महिनाअघि निर्देशन दिएको थियो । निर्देशनअनुसार खुलेको सो कार्यालयको मासिक भाडा एक लाख तीन हजार पर्नेछ।
नयाँ खुल्ने कार्यालयमा नयाँ अनुमति पत्र लिन आवेदन फाराम भर्नेको परीक्षासमेत गर्न सकिने व्यवस्था छ । यसअघि विभागले काठमाडौँको स्वयम्भूस्थित ठूलो भर्याङ र भक्तपुरको जगातीमा पनि कार्यालय स्थापना गरेको थियो।
विभागले एक महिनाअघिदेखि सवारी चालक अनुमति पत्रको फाराम अनलाइनबाटै भर्न सकिने सेवाको सुरुवात गरेको छ । अनलाइनबाट भर्न सकिने भनी सुरु गरिएको सेवामा प्राविधिक समस्या देखिने गरेको सेवाग्राहीको गुनासो छ । विभागले एक वर्षअघिदेखि स्मार्ट सवारी चालक अनुमति पत्र वितरण सुरु गरेको थियो।
श्रोत : रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशको राजधानी र नामकरणबारे सुझाव संकलन, युवाहरूद्वारा विरोध
प्रदेशको राजधानी र नामकरणबारे सुझाव संकलन, युवाहरूद्वारा विरोध
पोर्न साइट बन्द हुनै सक्दैन
पोर्न साइट बन्द हुनै सक्दैन
टिकट र भिसाबिनाजहाजसम्मै मानिस पुगेकोबारे अध्ययनगर्न बनाएको समितिले गृहमन्त्री खाणलाई बुझायो प्रतिवेदन
टिकट र भिसाबिनाजहाजसम्मै मानिस पुगेकोबारे अध्ययनगर्न बनाएको समितिले गृहमन्त्री खाणलाई बुझायो प्रतिवेदन
नेविसङ्घले प्रधानमन्त्रीलाई भेटर भन्यो–भ्रष्टाचारविरुद्ध कदममा साथ छ
नेविसङ्घले प्रधानमन्त्रीलाई भेटर भन्यो–भ्रष्टाचारविरुद्ध कदममा साथ छ
निशान भट्टराईको ‘भोटिङ’ प्रचारका लागि घरको लैनो गाई बिक्री
निशान भट्टराईको ‘भोटिङ’ प्रचारका लागि घरको लैनो गाई बिक्री
बरिष्ठ साहित्यकार शर्माको निधन
बरिष्ठ साहित्यकार शर्माको निधन
आन्दोलनरत शिक्षकलाई मन्त्रालयले भन्यो, ‘स्थानीय तहमै कुरा मिलाऊ’
आन्दोलनरत शिक्षकलाई मन्त्रालयले भन्यो, ‘स्थानीय तहमै कुरा मिलाऊ’
निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधी यति शक्तिशाली ?
निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधी यति शक्तिशाली ?
बिजुलीको तार छुँदा टिप्पर दुर्घटना, एकको मृत्यु
बिजुलीको तार छुँदा टिप्पर दुर्घटना, एकको मृत्यु
आज विश्वासको मत लिदै देउवा, देउवाको पक्ष र विपक्षमा कति सांसद पुग्लान् ?

तपाईंले छुटाउनुभयो कि?