यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्याहरु तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र २८, २०८१
|
|
४३ पटक हेरिएको
Shares
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्याहरु तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग

सारांश

  • काठमाडौं ।
  • यातायात कार्यालय एकान्तकुनामा पटक पटक सर्भरमा आउने समस्याका कारण सवारी नामसारी, सवारी कर बुझ्ने, सवारी जाचपास जस्ता काम केहि दिन यताबाट रोकिदै आएको छ ।
  • यी बाहेकका अन्य समस्याहरु सेवाग्राहीहरुका लागि पर्याप्त पार्किङ्गको व्यवस्था नहुनु,  आवश्यक शौचालय  नहुनु यी लगायतका अन्य धेरै समस्याहरु लामो समय देखि अटोमोटिभ व्यवसाय गर्ने व्यावसायी देखि यातायात कार्यालयमा सेवा लिन आउने सर्ब साधारणहरु झेल्दै आएका छन् ।

काठमाडौं । यातायात कार्यालय एकान्तकुनामा पटक पटक सर्भरमा आउने समस्याका कारण सवारी नामसारी, सवारी कर बुझ्ने, सवारी जाचपास जस्ता काम केहि दिन यताबाट रोकिदै आएको छ ।

यी बाहेकका अन्य समस्याहरु सेवाग्राहीहरुका लागि पर्याप्त पार्किङ्गको व्यवस्था नहुनु,  आवश्यक शौचालय  नहुनु यी लगायतका अन्य धेरै समस्याहरु लामो समय देखि अटोमोटिभ व्यवसाय गर्ने व्यावसायी देखि यातायात कार्यालयमा सेवा लिन आउने सर्ब साधारणहरु झेल्दै आएका छन् ।

उक्त समस्याको तत्काल समाधानका लागि नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनले विभिन्न माग राख्दै यातायात कार्यालय प्रमुखलाई बिहिवार ज्ञापनपत्र बुझाएका छन् । एसोसिएसनका बरिष्ठ उपाध्यक्ष कुमार चिमोरिया सहित महासचिव प्रकाश बस्नेत, सचिव नेत्र कटुवाल लगायतको टोलीले कार्यालय प्रमुखसँग भेट गरी समस्या समाधानका उपायहरु तत्काल अवलम्बन गर्न आग्रह गरेको हो ।

छलफलका क्रममा कार्यालय प्रमुखले डेलिगेसन टोलीलाई चाँडो भन्दा चाँडो हाल देखिएका समाधान गर्ने विश्वास दिलाएका थिए । सम्पुर्ण अटोमोटिभ व्यावसायीहरुको समस्या बुझ्न र समाधान गर्न आफू सकारात्मक रहेको पनि उनले बताएका थिए । उनले पटक पटक कार्यालयको सर्भरमा समस्या आउँदा सेवाग्राहीलाई समस्या परेको प्रति आफु सचेत रहेको जानकारी दिए । सेवाग्राहीलाई निरन्तर र सहजरुपमा सेवा प्रवाह गर्न आफु लागि परेको र आगामी दिनमा यस्तो समस्या नदोहोरिने पनि उनले जानकारी दिए ।

केही महिना अगाडी पनि लामो समय यातायात कार्यालय एकान्तकुनामा सर्भर सम्बन्धि समस्या आएका कारण अटोमोटिभ व्यावसाय अन्तर्गत नयाँ देखि पुराना गाडी खरिद बिक्री  गर्ने व्यावसायी देखि यातायात कार्यालयमा सेवा लिन आउने अन्य सर्ब साधारणहरु पनि उक्त समस्याका कारण मारमा परेका थिए । सो समयमा पनि नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको बिशेष पहलमा यातायात कार्यालय प्रमुख हरि पोखरेललाई ध्यानाकर्षण गराएको केहि समय मै सर्भर सम्बन्धि समस्या हल भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अतिविशिष्ट र विशिष्ट व्यक्तिहरु विदेशमा उपचार गर्न गएमा सरकारले खर्च दिँदैन : मन्त्री बस्नेत
अतिविशिष्ट र विशिष्ट व्यक्तिहरु विदेशमा उपचार गर्न गएमा सरकारले खर्च दिँदैन : मन्त्री बस्नेत
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सुजलको साथ
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सुजलको साथ
एमालेले देखायो जादु कसैले गर्न नसकेको जित ,गाउँपालिका भरीबाटै सबै पार्टी पत्तासाफ
एमालेले देखायो जादु कसैले गर्न नसकेको जित ,गाउँपालिका भरीबाटै सबै पार्टी पत्तासाफ
सुनको भाउ प्रतितोला १ लाख ३५ सय रुपैयाँ
पहिलो चरण चुनाव : आज अन्तिम प्रचार
पहिलो चरण चुनाव : आज अन्तिम प्रचार
चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै हुनुहुन्छ ? प्लाष्टिक नाई भन्नु ल !
चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै हुनुहुन्छ ? प्लाष्टिक नाई भन्नु ल !
मन्त्रालयमा २-२ सचिव हुँदा द्वन्द्व र किचलो
मन्त्रालयमा २-२ सचिव हुँदा द्वन्द्व र किचलो
बार्सिलोना स्पेनिस कोपाको राउण्ड १६ मा
बार्सिलोना स्पेनिस कोपाको राउण्ड १६ मा
एनिमलकी ‘जोया’ ले कार्तिक आर्यनसँग आशिकी-३ मा रोमान्स गर्ने
एनिमलकी ‘जोया’ ले कार्तिक आर्यनसँग आशिकी-३ मा रोमान्स गर्ने
कांग्रेसको कर्मचारी संगठनभित्र वैठक कसले बहिष्कार गरे!
कांग्रेसको कर्मचारी संगठनभित्र वैठक कसले बहिष्कार गरे!

तपाईंले छुटाउनुभयो कि?