यी हुन सरकारले फिर्ता बोलाएका र नयाँ पठाएका राजदूत

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष १३, २०७५
|
|
३३ पटक हेरिएको
Shares
यी हुन सरकारले फिर्ता बोलाएका र नयाँ पठाएका राजदूत

सारांश

  • काठमाडौं ।
  • सरकारले रिक्त रहेका राजदूतहरुलाई फिर्ता बोलाएको छ ।
  • त्यसैगरी तीन देशमा रहेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

काठमाडौं । सरकारले रिक्त रहेका राजदूतहरुलाई फिर्ता बोलाएको छ । त्यसैगरी तीन देशमा रहेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । खाली रहेका देशका लागि राजदूत पदमा नियुक्तिको लागि मन्त्रिपरिषद वैठकले सिफारिस गरेको हो ।

सरकारले दक्षिण कोरिया, बंगालादेश, स्पेनमा रहेका राजदूतलाई देशमा बोलाउने निर्णय गरेको छ। पुस ६ र ९ सम्पन्न मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले बताए ।

सरकारले दक्षिण कोरियाका राजदूत अजुर्नजंगबहादुर सिंह, स्पेनका राजदूत भरतबहादुर रायमाझी र बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भुसाललाई फर्ता बोलाएको छ । तीनजना राजदूतलाई २१ दिनको समय दिएर सरकारले स्वदेश फिर्ता बोलाएको हो।

मन्त्रिपरिषद वैठकले परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललाई थाईल्याण्डका लागि आवासीय राजदूत तथा कम्बोडिया, लाओस, भियतनाम, सिंगापुरका लागि गैरआवासीय राजदूतमा सिफारिस गरेको छ। ढकाललाई युनेस्क्याप र एआईटीको स्थायी प्रतिनिधि चयन गरिएको छ।

संयुक्त राष्ट्र संघको जेनेभास्थित कार्यालयमा स्थायी प्रतिनिधिमा परराष्ट्रका सहसचिव मणिप्रसाद भटराई सिफारिस भएका छन् । भट्टराईलाई स्वीजरल्याण्डका लागि गैरआवासीय प्रतिनिधि, विश्व व्यापार संगठन र विश्व स्वास्थ्य संगठनका लागि स्थायी प्रतिनिधिका लागि पनि सिफारिस गरेको हो।

त्यसैगरी परराष्ट्र मन्त्रालयकै सहसचिव भृगु ढुंगानालाई क्यानडाका आवासीय राजदूत, क्युवा र जमैकाका लागि गैरआवासीय राजदूतमा सिफारिस गरिएको छ। ढुंगानालाई अन्र्तराष्ट्रिय हवाई उड्डयन संगठन आईकाओको लागि स्थायी प्रतिनिधि बनाइएको छ।

परराष्ट्रकै सिस्टार महापाल दीपक अधिकारीलाई फ्रान्सका लागि आवासीय र एन्डोरा मोनाको र पोर्चुगलका लागि गैरआवासीय राजदूत चयन गर्ने निर्णय सरकारले गरेको हो। उनी युनेस्कोको स्थायी प्रतिनिधिको लागिसमेत सिफारिस भएका हुन् ।

परराष्ट्रकै अर्का सहसचिव दुर्गाप्रसाद भण्डारी कुवेतका लागि आवासीय राजदूत सिफारिस भएका छन्। साथै इराकका लागि गैरआवासीय र एसिएन कोअपरेसन डाइलगका स्थायी प्रतिनिधि सिफारिसमा परेका छन्।

उल्लेखित देशहरुमा अहिले कार्यरत राजदूतलाई सम्बन्धित देशबाट नयाँ सिफारिस भएका राजदूतको लागि स्वीकृति पत्र नआएसम्म सम्बन्धित देशमै कार्यरत रहनेगरी सरकारले निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि राष्ट्रिय एकद्वार प्रणाली
आजदेखि राष्ट्रिय एकद्वार प्रणाली
कर्णाली प्रदेशको भागमा थोत्रा गाडी ! मन्त्रीहरु हैरान !
कर्णाली प्रदेशको भागमा थोत्रा गाडी ! मन्त्रीहरु हैरान !
जर्जियामा चुनावी सरगर्मी बढ्यो, बाइडेनको अग्निपरीक्षा
जर्जियामा चुनावी सरगर्मी बढ्यो, बाइडेनको अग्निपरीक्षा
मोटरसाइकल पल्टिँदा चालकको मृत्यु
चिनियाँ उपविदेशमन्त्री सुनले आजदेखि नेपालको औपचारिक भ्रमण गर्दै
चिनियाँ उपविदेशमन्त्री सुनले आजदेखि नेपालको औपचारिक भ्रमण गर्दै
कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
गणतन्त्रका ११ बर्ष : ब्यवस्था र अवस्थामा तालमेल मिलेन
गणतन्त्रका ११ बर्ष : ब्यवस्था र अवस्थामा तालमेल मिलेन
लोडसेडिङ हटाएपछि अब कुलमानको नजर  ट्रान्सर्फमरतिर
लोडसेडिङ हटाएपछि अब कुलमानको नजर ट्रान्सर्फमरतिर
राेचक : ब्रेकअपपछि युवतीहरुले किन गर्छन् यस्ता विचित्र हर्कत?
राेचक : ब्रेकअपपछि युवतीहरुले किन गर्छन् यस्ता विचित्र हर्कत?
वाईसीएललाई प्रचण्डको निर्देशनः देशमा दक्षिणपन्थी हावा चल्यो, निद्राबाट ब्यूँझनुस्
वाईसीएललाई प्रचण्डको निर्देशनः देशमा दक्षिणपन्थी हावा चल्यो, निद्राबाट ब्यूँझनुस्

तपाईंले छुटाउनुभयो कि?