सञ्चारकर्मी लामिछानेलाई सार्वजनिक स्थानमा यी कुरा बोल्न बन्देज

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र ९, २०७६
|
|
४७ पटक हेरिएको
Shares
सञ्चारकर्मी लामिछानेलाई सार्वजनिक स्थानमा यी कुरा बोल्न बन्देज

सारांश

  • शालिकराम पुडासैनीको आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले यसबारे सार्वजनिक रुपमा बोल्न नपाउने भएका छन् ।
  •  जिल्ला अदालत चितवनमा थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसँग ५ लाख, युवराज कँडेलसँग ३ लाख धरौटी माग गरेको छ ।
  • अस्मिता भनिने रुकु कार्कीलाई भने साधारण तारेखमा रिहा गरेको छ ।

शालिकराम पुडासैनीको आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले यसबारे सार्वजनिक रुपमा बोल्न नपाउने भएका छन् । जिल्ला अदालत चितवनमा थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसँग ५ लाख, युवराज कँडेलसँग ३ लाख धरौटी माग गरेको छ । अस्मिता भनिने रुकु कार्कीलाई भने साधारण तारेखमा रिहा गरेको छ ।

साथै रवि र युवराजलाई यो मुद्दाबारे सार्वजनिक रुपमा बोल्न समेत रोक लगाएको छ । मुद्दाको अन्तिम टुंगो नलागेसम्म मुद्दाका अनुसन्धानमा संलग्न प्रहरी, अभियुक्त, वकिल, मुद्दाका पक्षहरुसँग टेलिभिजन कार्यक्रम चलाउन, फेसबुक लाइभ, ट्वीटर लगायतमा विचार र प्रतिक्रिया दिन रोक लगाइएको छ । अदालतमा विचारधिन मुद्दा भएकाले उनले सो सम्बन्धी समाचारमा

बोल्न नपाउने भएका हुन् । उनीहरुको यो मुद्दा फैसला भने भएको होइन । हिरासतबाहिर रहेर मुद्दा लड्न पाउने बाटो मात्र खुल्ला गरेको हो । उनीहरुविरुद्ध आत्महत्या दुरुत्साहको मुद्दा चलाइएको छ । मुलुकी अपराध संहिताको दफा १८५ अनुसार लगाइएको आत्महत्या दुरुत्साहनको कसूर प्रमाणित भए ५० हजारसम्म जरिवाना, ५ वर्षसम्म जेल वा दुवै हुन सक्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधीको उपाधि प्रदान
प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधीको उपाधि प्रदान
सडक दुर्घटनमा छ जना प्रहरीसहित सातको मृत्यु
सडक दुर्घटनमा छ जना प्रहरीसहित सातको मृत्यु
बन्द हडताल स्वीकार्य हुँदैन : वाइसिएल
बन्द हडताल स्वीकार्य हुँदैन : वाइसिएल
ERP Rendering Measurement
पहिलो संघीय संसद फागुन २१ मा बस्ने, यस्तो छ तयारी
पहिलो संघीय संसद फागुन २१ मा बस्ने, यस्तो छ तयारी
चिनबाट विद्यार्थी ल्याएर राख्नका लागि भक्तपुरको खरिपाटीमा तयारी तीब्र
चिनबाट विद्यार्थी ल्याएर राख्नका लागि भक्तपुरको खरिपाटीमा तयारी तीब्र
चीनलाई अमेरिकी रक्षामन्त्रीको चेतावनी
चीनलाई अमेरिकी रक्षामन्त्रीको चेतावनी
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं : कमल थापा
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं : कमल थापा
विश्वकप फुटबल: नेइमार माथी ब्राजिलको विश्वास‘
विश्वकप फुटबल: नेइमार माथी ब्राजिलको विश्वास‘
माइतीघर मण्डलाबाट डा. केसीको आक्रोशः राज्य माफियाहरुले चलाइरहेका छन् ।
माइतीघर मण्डलाबाट डा. केसीको आक्रोशः राज्य माफियाहरुले चलाइरहेका छन् ।

तपाईंले छुटाउनुभयो कि?