रवि लामिछानेको सिधा कुरा जनतासँगको टिममा खटपट !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ २८, २०७६
|
|
३८ पटक हेरिएको
Shares
रवि लामिछानेको सिधा कुरा जनतासँगको टिममा खटपट !

सारांश

  • न्यूज २४ टेलिभिजनबाट प्रशारण भइरहेको लोकप्रिय कार्यक्रम ‘सिधा कुरा जनतासँग’को टिममा खटपट भएको बुझिएको छ ।
  • अष्ट्रेलियाबाट फर्किए लगत्तै कार्यक्रममा निर्माता दीपक बोहोरा र प्रस्तोता रबि लामिछाने बीच खटपट भएको श्रोतले जनाएको छ ।
  • खटपटको विषयका टिमका सदस्यहरुले खुलेर भन्न नचाहे पनि कार्यक्रमका निर्माता दीपक बोहोराको फेसबुक स्टाटसले टिममा केही ठूलै खटपट भएको बुझ्न सकिन्छ ।

न्यूज २४ टेलिभिजनबाट प्रशारण भइरहेको लोकप्रिय कार्यक्रम ‘सिधा कुरा जनतासँग’को टिममा खटपट भएको बुझिएको छ । अष्ट्रेलियाबाट फर्किए लगत्तै कार्यक्रममा निर्माता दीपक बोहोरा र प्रस्तोता रबि लामिछाने बीच खटपट भएको श्रोतले जनाएको छ । खटपटको विषयका टिमका सदस्यहरुले खुलेर भन्न नचाहे पनि कार्यक्रमका निर्माता दीपक बोहोराको फेसबुक स्टाटसले टिममा केही ठूलै खटपट भएको बुझ्न सकिन्छ ।

दीपक बोहोराले आफ्नो फेसबुकमा लेखेका छन् ‘पत्रकारिताबाट पुग्यो जस्तो छ , अब फ्यामिली बिजनेस, फ्यामिली टाइम । उनको स्टाटसबाटै बुझ्न सकिन्छ सिधा कुरासँगको टिम बीच ठूलै खटपट उत्पन्न भएको छ । लोकप्रिय कार्यक्रमका निर्माताले एक्कासी फेसबुकको स्टाटस राख्नुको रहस्य पक्कै पनि सामान्य छैन ।

गोप्य श्रोतका अनुसार बोहोराले न्यूज २४ मा राजिनामा समेत बुझाइ सकेका छन् । तर उनको राजिनामा स्वीकृत भई नसकेको बुझिएको छ । यो विषयमा थप जानकारी लिनका लागि बोहोरालाई फोन सम्पर्क गर्दा उनको फोन उठेन ।

कार्यक्रमका निर्माता दीपक बोहोराको फेसबुक स्टाटस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?