राजनीतिक गतिरोध अन्त्य गर्न अध्यादेश प्रमाणीकरण गरेँः राष्ट्रपति भण्डारी

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष १४, २०७४
|
|
५२ पटक हेरिएको
Shares
राजनीतिक गतिरोध अन्त्य गर्न अध्यादेश प्रमाणीकरण गरेँः राष्ट्रपति भण्डारी

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुबीचको विवाद र गतिरोध अन्त्यका लागि आफूले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेको बताएकी छन् ।
  • प्रधानमन्त्री एवं नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवासित शुक्रबार शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरणसँगै राजनीतिक गतिरोध अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुबीचको विवाद र गतिरोध अन्त्यका लागि आफूले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेको बताएकी छन् ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवासित शुक्रबार शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरणसँगै राजनीतिक गतिरोध अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
राष्ट्रपति भण्डारीलाई भेट गर्न प्रधानमन्त्री देउवा शीतल निवास गएका थिए । उनीहरुका बीचमा सो अध्यादेश र पछिल्लो राजनीतिक अवस्था विषयमा कुराकानी भएको थियो ।

राष्ट्रपति भण्डारीले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश शुक्रबार नै प्रमाणीकरण गरेकी थिइन् । सरकारले गत कात्तिकको पहिलो साता राष्ट्रपतिसमक्ष पेश गरेको सो अध्यादेश लामो समयदेखि राष्ट्रपति कार्यालयमा रहेको थियो ।

सो अध्यादेशको अभावमा रााष्ट्रियसभाको निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको थिएन । निर्वाचन आयोगलाई राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभई प्रतिनिधिसभाको समानुपातिकतर्फको पूर्ण मतपरिणाम सार्वजनिक गर्न अप्ठ्यारो परेको थियो ।

संविधानमा रााष्ट्रियसभा निर्वाचनका लागि स्थानीय निकायअन्तर्गतका नगरपालिकाका प्रमुख/उपप्रमुख, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र प्रदेशसभा सदस्य रहेको निर्वाचक मण्डलको व्यवस्था रहेको छ ।

राष्ट्रपति भण्डारीले सो अध्यादेशमा राजनीतिक सहमति जुटाउन प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपीशर्मा ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एवं राष्ट्रिय जनता पार्टीका शीर्ष नेतासँग छलफलसमेत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हरितालिका पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ: राष्ट्रपति पौडेल
हरितालिका पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ: राष्ट्रपति पौडेल
ट्रम्पको स्वास्थ्य परीक्षणपछि कोरोना भाइरस नभएको पुष्टि
ट्रम्पको स्वास्थ्य परीक्षणपछि कोरोना भाइरस नभएको पुष्टि
न्याय सेवाका दुई सयभन्दा बढी कर्मचारीको सरुवा सूचीसहित
न्याय सेवाका दुई सयभन्दा बढी कर्मचारीको सरुवा सूचीसहित
बिदेशी पर्यटकलाई बन्धक बनाउने काभ्रेका डन दिल लामा सहित ८ जना प्रहरी खोरमा
बिदेशी पर्यटकलाई बन्धक बनाउने काभ्रेका डन दिल लामा सहित ८ जना प्रहरी खोरमा
खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड दोस्रो संस्करण भदौको ३ गते अमेरिकामा हुदै
खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड दोस्रो संस्करण भदौको ३ गते अमेरिकामा हुदै
किसानका मर्का सम्बोधन गर्न एमालेको ध्यानाकर्षण
किसानका मर्का सम्बोधन गर्न एमालेको ध्यानाकर्षण
१० अर्बको लागतमा पञ्चासेमा केबुलकार बनाइने
१० अर्बको लागतमा पञ्चासेमा केबुलकार बनाइने
थाहा पाउनुहाेस् तपाईंकाे राशीफल
थाहा पाउनुहाेस् तपाईंकाे राशीफल
नेताहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया : चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछ
नेताहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया : चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछ
पारमाणिक निःशस्त्रीकरणमा किम जोङ उन सहमत नभए बैठक छाड्ने ट्रम्पको घोषणा
पारमाणिक निःशस्त्रीकरणमा किम जोङ उन सहमत नभए बैठक छाड्ने ट्रम्पको घोषणा

तपाईंले छुटाउनुभयो कि?