राजपामा चर्को विवाद

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र १२, २०७६
|
|
४७ पटक हेरिएको
Shares
राजपामा चर्को विवाद

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय जनता पार्टी (राजपा) मा विवाद सिर्जना भएको छ ।
  • अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले शुक्रबारका लागि राजनीतिक समितिको बैठक आहृवान गरेपछि नेतृत्व तहमै विवाद बढेको हो।

काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा) मा विवाद सिर्जना भएको छ । अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले शुक्रबारका लागि राजनीतिक समितिको बैठक आहृवान गरेपछि नेतृत्व तहमै विवाद बढेको हो।संयोजक यादवको उक्त कदमलाई अध्यक्ष मण्डलका चार सदस्यले ‘अवैधानिक’ भनेका छन् । महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीले अध्यक्ष मण्डलको सहमतिबिना राजनीतिक समितिको बैठक बोलाउन नमिल्ने भन्दै विरोध जनाएका हुन् ।

अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झाले भने संयोजक यादवको समर्थन गरेका छन् । उनले छलफलबाट भाग्न नमिल्ने तर्क गरे ।समाजवादी पार्टीसँग एकता प्रक्रियाका लागि विभिन्न कोणबाट छलफल चलिरहेको समयमा राजनीतिक समितिको बैठक बोलाएर एकताको वातावरण भाँड्न खोजेको आरोप असन्तुष्ट पक्षको छ । अध्यक्ष मण्डलका चार सदस्य पार्टीको महाधिवेशन अघि नै समाजवादी पार्टीसँग एकता प्रक्रिया टुंगोमा पु¥याएर ‘एकता महाधिवेशन’ गराउनुपर्ने पक्षमा छन् । संयोजक यादव र अध्यक्ष मण्डलका सदस्य झा भने महाधिवेशन अघि पार्टी एकता गर्न नहुने पक्षमा रहेको स्रोत बताउँछ ।

संयोजक यादवले महाधिवेशन, एकता प्रक्रिया लगायतका विषयमा छलफल गर्न राजनीतिक समितिको बैठक बोलाइएको जिकिर गरे । असन्तुष्ट पक्षले भने समाजवादी पार्टीसँग एक खालको समझदारी भएर एकता प्रक्रियाका लागि छलफल चलिरहेको समयमा राजनीतिक समितिको बैठक राखेर विवाद बढाउने प्रयास भएको आरोप लगाएको छ ।महासचिव केशव झाले अध्यक्ष मण्डलको सहमतिबिना राजनीतिक समितिको बैठक बोलाउन नमिल्ने तर्क गरे । राजनीतिक समितिमा २७ सदस्य छन् । अध्यक्ष मण्डलका असन्तुष्ट सदस्यहरू बैठकमा सहभागी नहुने बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभरी लोडसेडिङमुक्त घोषणा गरे संगै सिंहदरबार अन्धकारमा !
देशभरी लोडसेडिङमुक्त घोषणा गरे संगै सिंहदरबार अन्धकारमा !
अमेरिका चीन सम्बन्ध चिसिँदै, कारण रुस !
अमेरिका चीन सम्बन्ध चिसिँदै, कारण रुस !
आगामी आवको बजेट निर्माण सुरु, प्रदेश र स्थानीय तहसँग योजना माग
आगामी आवको बजेट निर्माण सुरु, प्रदेश र स्थानीय तहसँग योजना माग
सरकारलाई युवासंघका अध्यक्षको झटारो , संस्थागत भ्रष्टाचारलाई प्रशय दिएको अारोप.
सरकारलाई युवासंघका अध्यक्षको झटारो , संस्थागत भ्रष्टाचारलाई प्रशय दिएको अारोप.
छोरीमाथि बलात्कार गर्ने बाबुको भण्डाफोर भएको हत्याकाण्ड
छोरीमाथि बलात्कार गर्ने बाबुको भण्डाफोर भएको हत्याकाण्ड
जब छोराको मृत्युको खबर सुने ‘प्रचण्ड थुचुक्कै भुइँमा बसे…’
जब छोराको मृत्युको खबर सुने ‘प्रचण्ड थुचुक्कै भुइँमा बसे…’
एक साताभित्र संशोधन प्रस्ताव पारित नभए संसद छाड्ने राजपा नेताको चेतावनी
एक साताभित्र संशोधन प्रस्ताव पारित नभए संसद छाड्ने राजपा नेताको चेतावनी
पञ्चेश्वर परियोजना अगाडि बढाउन पहल गर्छु : दामोदर भण्डारी
पञ्चेश्वर परियोजना अगाडि बढाउन पहल गर्छु : दामोदर भण्डारी
लोकतान्त्रिक गठबन्धनमा सिट बाँडफाँट गर्न बैठक शुरु
लोकतान्त्रिक गठबन्धनमा सिट बाँडफाँट गर्न बैठक शुरु
श्रीमती हुँदाहुँदै भान्जी प्रेममा यसरी फसेका रहेछन् सेनाका सहायक रथी
श्रीमती हुँदाहुँदै भान्जी प्रेममा यसरी फसेका रहेछन् सेनाका सहायक रथी

तपाईंले छुटाउनुभयो कि?