राजीनामा दिने तयारीमा सभामुख महरा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन १४, २०७६
|
|
६२ पटक हेरिएको
Shares
राजीनामा दिने तयारीमा सभामुख महरा

सारांश

  • काठमाडौं।
  • संसद सचिवालयकी एक महिला कर्मचारीले यौन दुव्र्यवहारको आरोप लगाएपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिने तयारी गरेका छन्।
  • सभामुख महराले मंगलबार नै राजीनामा दिने स्रोतले जनाएको छ।

काठमाडौं। संसद सचिवालयकी एक महिला कर्मचारीले यौन दुव्र्यवहारको आरोप लगाएपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिने तयारी गरेका छन्। सभामुख महराले मंगलबार नै राजीनामा दिने स्रोतले जनाएको छ। सभामुख महरामाथि बलात्कारको गम्भीर आरोप लागेपछि उनले राजीनामा दिने तयारी गरेका हुन्। शीर्ष नेताको सुझावपछि सभामुख महराले मंगलबार दिउँसो राजीनामा दिने तयारी गरेको सभामुख निकट स्रोतले जानकारी दियो। सभामुखमाथि लागेको आरोपका विषयमा मंगलबार विहान नेकपा शीर्ष नेताबीच छलफल भएको थियो। शीर्ष नेताहरुले सभामुख महरालाई राजीनामा दिन सुझाव दिएपछि महराले राजीनामा दिने तयारी गरेका हुन्।

महराले राजीनामा नदिए महाअभियोग लाग्न सक्ने भएकाले राजीनामा दिन नेकपा शीर्ष नेताहरुले सुझाव दिएपछि उनले राजीनामा दिने तयारी गरेका हुन्।सभामुख महरालाई संसद सचिवालयमा कार्यरत महिलाले यौन दुराचारको आरोप लगाएकी हुन् । आइतबार बेलुका तिनकुनेस्थित आफ्नै डेरामा आएर महराले जर्बजस्ती गरेको महिलाको आरोप छ । ती महिला स्वास्थ्य मन्त्रालयकी कर्मचारी हुन् । संसदमा स्वास्थ्य सम्बन्धित युनिट छ । महिला त्यो युनिटमा काजमा कार्यरत छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिमालय एयरलाइन्सद्वारा चीनका तीन शहरको उडान स्थगित
हिमालय एयरलाइन्सद्वारा चीनका तीन शहरको उडान स्थगित
‘काङ्ग्रेस कार्यकर्ता भन्छन् : परिक्रमीका होइन परिश्रमीका कुरा सुन’
‘काङ्ग्रेस कार्यकर्ता भन्छन् : परिक्रमीका होइन परिश्रमीका कुरा सुन’
चिकित्कसले लगाउने ‘पिपिई’ बनाउन टेलर खोज्दै महावीर पुन
चिकित्कसले लगाउने ‘पिपिई’ बनाउन टेलर खोज्दै महावीर पुन
डा. गोविन्द केसीले सोमबारदेखि अनिवार्य अवकाश पाउने, अब उनले गर्दै आएको आन्दोलन के होला ?
डा. गोविन्द केसीले सोमबारदेखि अनिवार्य अवकाश पाउने, अब उनले गर्दै आएको आन्दोलन के होला ?
मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ताले भने ‘चीनसँग सीमा विवाद छैन’
मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ताले भने ‘चीनसँग सीमा विवाद छैन’
कांग्रेसको जागरण अभियानमा शीर्ष नेताले यी स्थानमा गर्दैछन् सम्वोधन
कांग्रेसको जागरण अभियानमा शीर्ष नेताले यी स्थानमा गर्दैछन् सम्वोधन
कक्षा १२ को परीक्षाको नतिजा साउनमै सार्वजनिक गरिने
कक्षा १२ को परीक्षाको नतिजा साउनमै सार्वजनिक गरिने
साझामा १ करोडको कागज कता गयो
आलितालमा  पौडी खेल्ने क्रममा बगाई बेपत्ता
आलितालमा पौडी खेल्ने क्रममा बगाई बेपत्ता
बीसीजी खोप लगाउँदा एक महिने शिशुको मृत्यु
बीसीजी खोप लगाउँदा एक महिने शिशुको मृत्यु

तपाईंले छुटाउनुभयो कि?