राजेशपायल र मेलिनाको स्वरमा यस्तो बन्यो प्रहरी प्रवक्ताको ‘दसैं रमाइलो’ (भिडियो)

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन ११, २०८१
|
|
१२७ पटक हेरिएको
Shares
राजेशपायल र मेलिनाको स्वरमा यस्तो बन्यो प्रहरी प्रवक्ताको ‘दसैं रमाइलो’ (भिडियो)

सारांश

  • काठमाडौं।
  • नेपालीहरुको ठूलो चाँड दसैंको पूर्व सन्ध्यामा नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीको दसैं गीत सार्वजनिक भएको छ।
  • कार्कीले लेखेको ‘दसैं रमाइलो’ बोलको गीत सार्वजनिक भएको हो।

काठमाडौं। नेपालीहरुको ठूलो चाँड दसैंको पूर्व सन्ध्यामा नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीको दसैं गीत सार्वजनिक भएको छ। कार्कीले लेखेको ‘दसैं रमाइलो’ बोलको गीत सार्वजनिक भएको हो।

गीतमा चर्चित गायक राजेशपायल राई र मेलिना राईले स्वर भरेका छन्। दीपक शर्माको संगीत, श्यामस्वेत रसाइलको एरेन्ज रहेको गीतको भिडियोमा अभिनेत्रीद्धय दीपाश्री निरौला, प्रियंका कार्की र सरोज ओली फिचर्ड छन्। दसैँको रौनक देखिने गीतमा तीनैजनाले टीका र जमरा लगाएर छमछमी नाचेका छन्।

करणसिंह चासिरको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियो कोरियोग्राफी तथा निर्देशन जेरी भण्डारीले गरेका छन्।

‘विशिष्ट सांस्कृतिक महत्व बोकेको नेपालीहरुको महान चाड हो,’ गीतबारे गीतकार कार्कीले भने, ‘यसले समग्र नेपालीमा उत्पन्न गर्ने हौसला र दसै मान्न नपाउनेहरुको समग्र मनस्थिती र अवस्थालाई यो गीतमार्फत झल्काउन खोजिएको छ। गीत समग्र नेपालीको भावनालाई प्रतिनिधित्व गर्ने गरी र यसको सांस्कृतिक महत्वलाई उजागर गर्नेगरी बनाइएको छ। नाच्ने खालको गीत बनेकाले यसपटकको दसैंमा दर्शक झुमेर नाच्न पनि सक्छन् ।’

प्रवक्ता कार्कीले दुइ साताअघि मात्रै प्रहरीको पीडा र भावना उजागर गरिएको ‘फूलको वासना सरी’ बोलको गीत सार्वजनिक भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीमित स्रोतले असीमित आवश्यकता पूरा गर्न सकिँदैन : अर्थमन्त्री डा महत
सीमित स्रोतले असीमित आवश्यकता पूरा गर्न सकिँदैन : अर्थमन्त्री डा महत
राखेपका सदस्यसचिव र मन्सुरीबीच भेट
राखेपका सदस्यसचिव र मन्सुरीबीच भेट
सरकारले स्वेच्छिक अवकासमा जान लागेका कर्मचारी रोक्ने
सरकारले स्वेच्छिक अवकासमा जान लागेका कर्मचारी रोक्ने
मतदातालाई आफ्नो पक्षमा पार्न दोलखाका राजनीतिक दल सक्रिय
मतदातालाई आफ्नो पक्षमा पार्न दोलखाका राजनीतिक दल सक्रिय
बालिका हत्या प्रकरणः रातभरी शव कोठामै लुकाएर बोरामा राखी फालेको खुलासा
बालिका हत्या प्रकरणः रातभरी शव कोठामै लुकाएर बोरामा राखी फालेको खुलासा
कार्यवाहक राष्ट्रपतिसँग सभामुख र राष्ट्रियसभा अध्यक्षको भेट
कार्यवाहक राष्ट्रपतिसँग सभामुख र राष्ट्रियसभा अध्यक्षको भेट
जंगली हात्तीले २१ घर भत्काए
जंगली हात्तीले २१ घर भत्काए
प्रचण्डको सभामा बम विस्फोट , सर्वसाधारणको भागाभाग ।
प्रचण्डको सभामा बम विस्फोट , सर्वसाधारणको भागाभाग ।
चलचित्र हेरेपछि लाग्योः आँसुमै बग्यो ‘पूर्णबहादुरको सारङ्गी’ को मुद्दा
चलचित्र हेरेपछि लाग्योः आँसुमै बग्यो ‘पूर्णबहादुरको सारङ्गी’ को मुद्दा
एसइईमा अब ‘नो ग्रेड’ (एनजी) आएको विषयमा मात्रै परीक्षा दिन पाइने
एसइईमा अब ‘नो ग्रेड’ (एनजी) आएको विषयमा मात्रै परीक्षा दिन पाइने