राज्यको थाप्लोमा पेन्सनको भार, अब पेन्सन खुवाउनै कठिन,,,,,,,

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण १९, २०७४
|
|
६२ पटक हेरिएको
Shares
राज्यको थाप्लोमा पेन्सनको भार, अब पेन्सन खुवाउनै कठिन,,,,,,,

सारांश

  • १९ साउन, काठमाडौं ।
  • सरकारी कर्मचारीहरुले सेवानिवृत्त भएपछि पाउने पेन्सनको भार राज्यले थेग्नै नसक्ने गरी बढ्दै गएको छ ।
  • ६ वर्षमा झन्डै साढे ६ अर्बले पेन्सनको भार बढेको खबर आजको पत्रिकामा छ ।

१९ साउन, काठमाडौं । सरकारी कर्मचारीहरुले सेवानिवृत्त भएपछि पाउने पेन्सनको भार राज्यले थेग्नै नसक्ने गरी बढ्दै गएको छ । ६ वर्षमा झन्डै साढे ६ अर्बले पेन्सनको भार बढेको खबर आजको पत्रिकामा छ ।

आज प्रकाशित पत्रपत्रिकाहरुले. सोलार परियोजना निर्माणबाट विश्व बैंकले हात झिकेको, प्रधानमन्त्री शेरबहादुर देउवाले मुग्लिन–नारायणगढ सडक खण्डको अवलोकन गरेको, आयल निगमले ६ गुणा मूल्य बढाएर जग्गा किनेकोलगायतका खबरलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडक खण्ड अवलोकनपछि दिएको निर्देशनलाई आज गोरखापत्र दैनिकले मुख्य खबर बनाएर छापेको छ । निर्वाचन विधेयकमा दफावार छलफल सुरु भएको, विवादले काष्ठमण्डप पुनर्निर्माण अलपत्र परेकोलगायत खबर पनि आज गोरखापत्र दैनिकमै छापिएको छ ।

राजपालाई तेस्रो चरण निर्वाचनमा जान पार्टीभित्र दबाब बढेको विषयलाई अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट २०४०–०४६ सम्मको नागरिकताको अभिलेख गायव भएको अर्को खबर पनि अन्नपूर्णमा छ ।

नेपाल आयल निगमले ६ गुणा मूल्य बढाएर जग्गा किनेको, शेरबहादुर देउवाले मुग्लिनमा सडक अवलोकन गरेको विषयलाई कान्तिपुर दैनिकले  पहिलो पृष्ठमा छापेको छ ।

नयाँ पत्रिका दैनिकले पेन्सनको भार राष्ट्रले थेग्नै नसक्ने गरी बढेको लेखेको छ भने नागरिक दैनिकले पूर्व पदाधिकारीलाई सुबिधा दिएवापत राज्यलाई वार्षिक ७ करोडको व्ययभार परेको छापेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इयोन मोर्गनको किर्तिमानी पारीसँगै अफगानिस्तान १५० रनले पराजित, इंग्ल्याण्ड तालिकाको शीर्ष स्थानमा
इयोन मोर्गनको किर्तिमानी पारीसँगै अफगानिस्तान १५० रनले पराजित, इंग्ल्याण्ड तालिकाको शीर्ष स्थानमा
भाग्यपरिक्षणमा एमालेले मार्यो बाजि ,चिठ्ठाबाट वडा अध्यक्षको मत फैसला
भाग्यपरिक्षणमा एमालेले मार्यो बाजि ,चिठ्ठाबाट वडा अध्यक्षको मत फैसला
एलिजावेथको निधनपछि बेलायतमा चार्ल्स तृतीयको शासन सुरु
एलिजावेथको निधनपछि बेलायतमा चार्ल्स तृतीयको शासन सुरु
भान्साको धाराबाट मदिरा बग्न थालेपछि‘
भान्साको धाराबाट मदिरा बग्न थालेपछि‘
कर्णालीका संसदीय समितिले अझै नेतृत्व पाएन
कर्णालीका संसदीय समितिले अझै नेतृत्व पाएन
सरकारविरुद्ध आन्दोलन गर्ने तयारी भैरहेको पौडेलको खुलासा
सरकारविरुद्ध आन्दोलन गर्ने तयारी भैरहेको पौडेलको खुलासा
केयू आजदेखि बन्द
केयू आजदेखि बन्द
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री सुशमा स्वराजबीच भेटवार्ता, नयाँ हवाई रुटबारे छलफल
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री सुशमा स्वराजबीच भेटवार्ता, नयाँ हवाई रुटबारे छलफल
९५ प्रतिशत सांसद पहिलो पटक संसदीय अनुभव बटुल्दै
९५ प्रतिशत सांसद पहिलो पटक संसदीय अनुभव बटुल्दै
माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक
माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक

तपाईंले छुटाउनुभयो कि?