रायमाझीलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ १, २०८०
|
|
५७ पटक हेरिएको
Shares
रायमाझीलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

सारांश

  • काठमाडौँ ।
  • काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
  • काठमाडौँको बूढानीलकण्ठबाट आइतबार पक्राउ परेका रायमाझीलाई आज जिल्ला अदालतमा पेस गरिएकामा अदालतको आदेशले प्रहरीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद पाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

काठमाडौँको बूढानीलकण्ठबाट आइतबार पक्राउ परेका रायमाझीलाई आज जिल्ला अदालतमा पेस गरिएकामा अदालतको आदेशले प्रहरीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद पाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

रायमाझीलाई वैशाख २० गते पक्राउ पूर्जी जारी गरिएकामा १२औँ दिनमा वैशाख ३१ गते पक्राउ गरिएको थियो । उनका छोरा सन्दीपलाई भने सोही दिन पक्राउ गरिएको थियो ।

उक्त घटनामा अहिलेसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राईसहित १३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उक्त घटनामा एक सय छ जनाले २३ करोड २५ लाख ठगी भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिक मतगणना: ४९ लाख मतसहित रास्वपाको ऐतिहासिक अग्रता, अन्य दल निकै पछाडि
समानुपातिक मतगणना: ४९ लाख मतसहित रास्वपाको ऐतिहासिक अग्रता, अन्य दल निकै पछाडि
२५ जनाभन्दा बढि भेला हुन रोक
२५ जनाभन्दा बढि भेला हुन रोक
समाचारप्रति मेरो आपत्ति छ : हरि भट्टराई
समाचारप्रति मेरो आपत्ति छ : हरि भट्टराई
राउटेलाई सरकारले खुवायो यस्तो भोज
राउटेलाई सरकारले खुवायो यस्तो भोज
उखु किसान र चिनी उद्योगका समस्या समाधान हुन्छ: मन्त्री भट्ट
उखु किसान र चिनी उद्योगका समस्या समाधान हुन्छ: मन्त्री भट्ट
डिस होमको एक्सन स्पोर्ट्स च्यानलले नेपाली कमेन्ट्रीसहितको विश्वकप फुटबल -२०१८ काे प्रत्यक्ष प्रसारण गर्ने !
डिस होमको एक्सन स्पोर्ट्स च्यानलले नेपाली कमेन्ट्रीसहितको विश्वकप फुटबल -२०१८ काे प्रत्यक्ष प्रसारण गर्ने !
युएस बंगला एयरलाइन्स दुर्घटना: परिवारले क्षतिपूर्ति पाउन थाले
भिक्षु सुभद्रको त्यो एक वचनले लिपिबद्ध गरियो त्रिपिटक
भिक्षु सुभद्रको त्यो एक वचनले लिपिबद्ध गरियो त्रिपिटक
राजधानी छिर्ने टिपरका लागि बन्यो यस्तो नयाँ नियम
राजधानी छिर्ने टिपरका लागि बन्यो यस्तो नयाँ नियम
प्रहरीको चौतर्फी गस्ती सक्रिय: प्रतिबन्धित औषधिसहित आठ जिल्लाबाट २५ जना लागुऔषध कारोबारी समातिए
प्रहरीको चौतर्फी गस्ती सक्रिय: प्रतिबन्धित औषधिसहित आठ जिल्लाबाट २५ जना लागुऔषध कारोबारी समातिए

तपाईंले छुटाउनुभयो कि?