राष्ट्रपतिलाई विवादमा तान्ने प्रयास भयो : एमाले

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण ३१, २०७९
|
|
५८ पटक हेरिएको
Shares
राष्ट्रपतिलाई विवादमा तान्ने प्रयास भयो : एमाले

सारांश

  • काठमाडौं।
  • प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डाीलाई विवादमा तान्ने प्रयास भएको भन्दै असन्तुष्टि जनाएको छ।
  • प्रमाणीकरणका लागि पठाएकाे नेपाल नागरिकता (पहिलाे स‌ंशाेधन) विधेयक २०७९ सन्देशसहित प्रतिनिधिसभामा पुनर्विचारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएपछि उनको भूमिकालाई लिएर भएको टिकाटिप्पणीलाई विवादमा तान्ने प्रयासका रुपमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए।

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डाीलाई विवादमा तान्ने प्रयास भएको भन्दै असन्तुष्टि जनाएको छ।

प्रमाणीकरणका लागि पठाएकाे नेपाल नागरिकता (पहिलाे स‌ंशाेधन) विधेयक २०७९ सन्देशसहित प्रतिनिधिसभामा पुनर्विचारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएपछि उनको भूमिकालाई लिएर भएको टिकाटिप्पणीलाई विवादमा तान्ने प्रयासका रुपमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए।

मंगलबार बसेकाे प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बाेलेका एमालेका प्रमुख सचेतक भट्टराईले राष्ट्रपति भण्डारीले संवैधानिक अधिकार प्रयोग गरेका कारण अनावश्यक रुपमा विवादमा मुछ्ने प्रयास गर्नु गलत भएको बताए।

राष्ट्रपतिले नागरिकता अध्यादेश तुरुन्तै जारी गरेको तर, नागरिकता विधेयक फिर्ता पठाएको भनी उठाइएको प्रश्नको संवैधानिक आधार नभएको उनको भनाइ छ। ‘संविधानको धारा ११४ ले अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाउने अधिकार राष्ट्रपतिलाई दिएको छैन। तर, विधेयक राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाउन सक्ने अधिकार छ,’ उनले भने। प्रमुख सचेतक भट्टराई यसैमा थप्छन्, ‘मुलुकमा नागरिकता विधेयकका बारेमा अनेक खालका दृष्टिकोण आइरहेका छन्। राष्ट्रपतिलाई विवादमा पार्ने गरी उहाँको पूर्व पार्टी अवद्धता देखाएर, एमाले नेतृत्वको सरकारले अध्यादेश पठाउँदा तुरुन्तै जारी गर्ने, अहिले किन भनेर मुलुकलाई दुई कितामा विभाजित गर्ने प्रयास गरिएको छ।’

बरु विधेयक फिर्ता भएपछि दलहरुलाई साझा धारणा तय गर्ने अवसर मिलेको उनको भनाइ छ। ‘राष्ट्रपतिले केही सन्देशहित पठाउनुभएको छ । यो हाम्रा लागि सुर्वण अवसर हो। एमालेको तर्फबाट आश्वान गर्न चाहन्छु– आउनुहोसु सम्पुर्ण राजनीतिक दलहरु एक ठाउँमा उभिएर जाउँ। नागरिकता जस्तो विषयमा साझा धारणा तयर गरेर अगाडि बढौं,’ भट्टराईले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गभर्नरको योग्यतालाई लिएर सर्वोच्चमा रिट
गभर्नरको योग्यतालाई लिएर सर्वोच्चमा रिट
आइपिएलको उपाधि मुम्बईलाई, चेन्नई १ रनले पराजित
आइपिएलको उपाधि मुम्बईलाई, चेन्नई १ रनले पराजित
श्रीया सुनार हत्याका अनुसन्धानकर्ता प्रमुख प्रहरी नायव उपरिक्षक नविन कार्की सम्मानित
श्रीया सुनार हत्याका अनुसन्धानकर्ता प्रमुख प्रहरी नायव उपरिक्षक नविन कार्की सम्मानित
घटिया संविधान संशोधन गर्नुपर्छ, होइन भने खारेज गराएर छाड्छौँ : उपेन्द्र यादव
मकवानपुर जिल्ला अदालतद्वारा नौ महिनामा करिव १३ सय मुद्दा फैसला
मकवानपुर जिल्ला अदालतद्वारा नौ महिनामा करिव १३ सय मुद्दा फैसला
दुई महिनाभित्र २३ कानुन बनाइने
दुई महिनाभित्र २३ कानुन बनाइने
१३ वर्षीया बालिकाको बलात्कारपछि हत्या, आठ दिनपछि घटना सार्वजनिक
१३ वर्षीया बालिकाको बलात्कारपछि हत्या, आठ दिनपछि घटना सार्वजनिक
नारायणीको सतहले खतराको विन्दु पार गर्यो
नारायणीको सतहले खतराको विन्दु पार गर्यो
आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौंः प्रधानमन्त्री ओली
आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौंः प्रधानमन्त्री ओली
देउवाको प्रश्न, “राज्यले नै दोषी जोगाउन थाले न्याय माग्न कहाँ जाने ?”

तपाईंले छुटाउनुभयो कि?