राष्ट्रपति, प्रधानमन्त्रीभन्दा न्यायाधीशको तलब बढी !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ ५, २०८०
|
|
४८ पटक हेरिएको
Shares
राष्ट्रपति, प्रधानमन्त्रीभन्दा न्यायाधीशको तलब बढी !

सारांश

  • काठमाडाैं।
  •   पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीभन्दा सर्वोच्च अदालतका न्यायाधीशले बढी तलब पाउने गरेका छन् ।
  • पाकिस्तानको केन्द्र सरकारका साथै प्रान्तीय सरकारका मन्त्री, सांसद, सचिव एवम् उच्च सरकारी कर्मचारीले सर्वोच्च अदालतका न्यायाधीशकोभन्दा कम तलब पाउने गरेका सार्वजनिक लेखा समितिमा पेश गरिएको तथ्याङ्कलाई उद्धृत गर्दै द न्युज इन्टरनेशनलले जनाएको छ ।

काठमाडाैं।  पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीभन्दा सर्वोच्च अदालतका न्यायाधीशले बढी तलब पाउने गरेका छन् ।

पाकिस्तानको केन्द्र सरकारका साथै प्रान्तीय सरकारका मन्त्री, सांसद, सचिव एवम् उच्च सरकारी कर्मचारीले सर्वोच्च अदालतका न्यायाधीशकोभन्दा कम तलब पाउने गरेका सार्वजनिक लेखा समितिमा पेश गरिएको तथ्याङ्कलाई उद्धृत गर्दै द न्युज इन्टरनेशनलले जनाएको छ ।

पाकिस्तानमा सबैभन्दा धेरै तलब पाउने व्यक्ति प्रधानन्यायाधीश हुन्भने सर्वोच्च अदालतका न्यायाधीशहरू दोस्रो श्रेणीमा छन् । तीन नम्बरमा राष्ट्रपति छन् । सङ्घीय मन्त्री र सचिवकोभन्दा पनि कम तलब छ प्रधानमन्त्रीको ।

सार्वजनिक लेखा समितिका अध्यक्ष नुर खानका अनुसार पाकिस्तानी राष्ट्रपतिको पारिश्रमिक पाकिस्तानी रु आठ लाख ९६ हजार पाँच सय ५० छ भने प्रधानमन्त्रीको रु दुई लाख एक हजार पाँच सय ७४ ।

प्रधानन्यायाधीशले रु १५ लाख २७ हजार तीन सय ९९, सर्वोच्च अदालतका न्यायाधीशले रु १४ लाख ७० हजार सात सय ११ र सङ्घीय मन्त्रीको तलब रु तीन लाख ३८ हजार एक सय २५ रहेको छ । एक जना सांसदको तलब रु एक लाख ८८ हजार छ भने २२ औँ तहका सरकारी अधिकारीको तलब रु पाँच लाख ९१ हजार चार सय ७५ छ ।

लेखा समितिले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सर्वोच्च अदालतका अन्य न्यायाधीशले प्राप्त गर्ने भत्ता, अन्य सेवा–सुविधा तथा भत्ताको विवरण माग गरेको द न्युज इन्टरनेशनलले जनाएको छ ।

सर्वोच्च अदालतले बितेका १० वर्षमा गरेका खर्चबारे जानकारी दिन तथा लेखा परीक्षणका निम्ति समितिमा उपस्थित हुन उक्त अदालतका रजिष्ट्रारलाई दिइएको निर्देशनको अवहेलना भएको समितिका एक सदस्यले बताएका छन् । समितिको आगामी मङ्गलबार हुने अर्को बैठकमा पनि रजिष्ट्रार अनुपस्थित रहेमा उनीविरुछ पक्राउ पुर्जी जारी गरिने चेतावनी दिइएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनमा भागलिन राजपालाई आग्रह ः नेपाली काँग्रेस
निर्वाचनमा भागलिन राजपालाई आग्रह ः नेपाली काँग्रेस
देवयानी राणा राजनीतिमा
देवयानी राणा राजनीतिमा
बहुमतले निर्णय गर्ने प्रचण्ड–नेपाल पक्षको तयारी
बहुमतले निर्णय गर्ने प्रचण्ड–नेपाल पक्षको तयारी
सरकारले ल्यायो श्रमिकलाई पेन्सन, आजदेखि शुरुवात
सरकारले ल्यायो श्रमिकलाई पेन्सन, आजदेखि शुरुवात
‘उपत्यकाबासीलाई चित्तबुझ्दो प्रहरी सेवा प्रदान गर्छु’ : एआईजी चन्द
‘उपत्यकाबासीलाई चित्तबुझ्दो प्रहरी सेवा प्रदान गर्छु’ : एआईजी चन्द
४० वर्षको उमेरमा पनि राखी हर्ट एण्ड फिट, यस्तो छ रहस्य
४० वर्षको उमेरमा पनि राखी हर्ट एण्ड फिट, यस्तो छ रहस्य
विश्वकप फुटबल : मोरक्को र क्रोएसिया नकआउट चरणमा, बेल्जियम बाहिरियो
विश्वकप फुटबल : मोरक्को र क्रोएसिया नकआउट चरणमा, बेल्जियम बाहिरियो
‘बल केपी ओलीको कोर्टमा छ, कस्तो गोल हान्नुहुन्छ हेर्न बाँकी छ’
‘बल केपी ओलीको कोर्टमा छ, कस्तो गोल हान्नुहुन्छ हेर्न बाँकी छ’
राजनीतिक स्थिरता र आर्थिक समृद्धिको जनचाहना पुरा हुने : अध्यक्ष थापा
राजनीतिक स्थिरता र आर्थिक समृद्धिको जनचाहना पुरा हुने : अध्यक्ष थापा
आज असार ३ गते मंगलबारको राशीफल यस्तो छ, कसैलाई साहित्यीक क्षेत्रमा रुची कसैको नयाँ कामको थालनी

तपाईंले छुटाउनुभयो कि?