राष्ट्रियसभा सदस्यको लागि आज मनोनयन दर्ता

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ १०, २०७४
|
|
३९ पटक हेरिएको
Shares
राष्ट्रियसभा सदस्यको लागि आज मनोनयन दर्ता

सारांश

  • काठमाडौं, १० माघ- राष्ट्रियसभा सदस्यको लागि आज मनोनयन दर्ता हुँदैछ ।
  • अहिले बिहान १० बजेदेखि सातवटै प्रदेशको उच्च अदालत रहेका स्थानमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालय मार्फत मनोनयन दर्ता हुन लागेको हो ।
  • माघ २४ मा राष्ट्रियसभा सदस्यको निर्वाचनको मतदान हुँदैछ ।

काठमाडौं, १० माघ- राष्ट्रियसभा सदस्यको लागि आज मनोनयन दर्ता हुँदैछ । अहिले बिहान १० बजेदेखि सातवटै प्रदेशको उच्च अदालत रहेका स्थानमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालय मार्फत मनोनयन दर्ता हुन लागेको हो । माघ २४ मा राष्ट्रियसभा सदस्यको निर्वाचनको मतदान हुँदैछ ।

निर्वाचन आयोगका अनुसार मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटी जिल्लाको सदरमुकाममा रहेका निर्वाचन अधिकृतका कार्यालयमा बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता गराउँदैछ ।

उम्मेदवारले मनोनयनपत्र दर्ता गराउन जाँदा उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको मतदाता नामावलीको उतार, १० हजार रुपियाँ धरौटी जम्मा गरेको नगदी रसीद वा बैङ्क भौचर साथमा लिनुपर्नेछ । साथै दलको उम्मेदवारको हकमा मनोनयनको औपचारिक पत्र, दलित समूहबाट निर्वाचित हुने सदस्य पदका लागि उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका/ नगरपालिका वा अधिकारप्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा पेश गर्नुपर्नेछ ।

यसैगरी, अपाङ्गता भएको वा अल्पसङ्ख्यक समूहबाट निर्वाचित हुने पदका लागि उम्मेदवारी दिने अपाङ्गता भएको व्यक्तिले नेपाल सरकारको अधिकारप्राप्त निकायले दिएको अपाङ्गताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र अल्पसङ्ख्यक समुदायको व्यक्तिले सम्बन्धित गाउँपालिका÷नगरपालिका तथा सरकारको अधिकारप्राप्त निकायले दिएको अल्पसङ्ख्यक समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा पेश गर्नुपर्ने छ ।

उम्मेदवार हुनका लागि स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता रहेको हुनुपर्ने र ३५ वर्ष पूरा भएको हुनुपर्ने छ । त्यसरी मतदाता नामावलीमा नाम रहेको उम्मेदवारले सात प्रदेशमध्ये जुनसुकै प्रदेशमा पनि उम्मेदवारी दर्ता गराउन सक्ने छ तर त्यसका लागि समर्थक र प्रस्तावक भने जुन प्रदेशमा उम्मेदवारी दर्ता गराउने हो, त्यही प्रदेशको हुनुपर्ने व्यवस्था रहेको छ । संघीय संसद अन्तरगत रहने राष्ट्रियसभामा ५९ जना सदस्य हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

  मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यवाद : सभापति लामिछाने
  मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यवाद : सभापति लामिछाने
आठौँ राष्ट्रिय खेलकूद र साग ढोकामा, रंगशाला भने अलपत्र
आठौँ राष्ट्रिय खेलकूद र साग ढोकामा, रंगशाला भने अलपत्र
कबिता – सरकार !
कबिता – सरकार !
स्थानीय तहबाटै समाजवादको आधार तयार गर्ने रणनीतिमा माओवादी केन्द्र
सेनामा अनियमितता बढेको भन्दै सांसदहरुद्धारा रक्षामन्त्री र प्रधानसेनापतिलाई बोलाउन माग
सेनामा अनियमितता बढेको भन्दै सांसदहरुद्धारा रक्षामन्त्री र प्रधानसेनापतिलाई बोलाउन माग
सडक बालबालिकाको व्यवस्थापन हुन्छ–अध्यक्ष ओली
सडक बालबालिकाको व्यवस्थापन हुन्छ–अध्यक्ष ओली
आलमलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति
आलमलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्रविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्रविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा
हुकिङ गरी बिजुली चोर्ने २८ जना पक्राउ
हुकिङ गरी बिजुली चोर्ने २८ जना पक्राउ
बलु पौडेलको हत्यामा संलग्न ३ जना पक्राउ, ४ बजे पत्रकार सम्मेलन
बलु पौडेलको हत्यामा संलग्न ३ जना पक्राउ, ४ बजे पत्रकार सम्मेलन

तपाईंले छुटाउनुभयो कि?