राष्ट्रिय उत्पादन वृद्धिमा गम्भीरतापूर्वक योगदान गर्न उद्योगीलाई मन्त्री बडूको आग्रह

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण २, २०७९
|
|
५६ पटक हेरिएको
Shares
राष्ट्रिय उत्पादन वृद्धिमा गम्भीरतापूर्वक योगदान गर्न उद्योगीलाई मन्त्री बडूको आग्रह

सारांश

  • उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले चालु आर्थिक वर्षको बजेटले लिएको उत्पादन वृद्धिको लक्ष्यमा गम्भीरतापूर्वक योगदान गर्न उद्योगी व्यापारीहरूलाई आग्रह गरेका छन् ।
  • औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले आफ्नो स्थापनाको लक्ष्यअनुसार औद्योगिक विकास तथा लगानीको वातावरण बनाउन भूमिका खेल्नुपर्ने उनले बताए ।
  • लिमिटेडको ३५ औं वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै बडूले एकातर्फ ठूलो हिस्सा आयातमा निर्भर रहेको र अर्कोतर्फ चाहेर पनि मुलुकभित्रै उत्पादन वृद्धि गर्न नसकिरहेको अवस्थामा सरकारले अहिलेको बजेटमार्फत आन्तरिक उत्पादनलाई जोड दिने नीति लिएकाले यसमा सबैले आआफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताए ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले चालु आर्थिक वर्षको बजेटले लिएको उत्पादन वृद्धिको लक्ष्यमा गम्भीरतापूर्वक योगदान गर्न उद्योगी व्यापारीहरूलाई आग्रह गरेका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले आफ्नो स्थापनाको लक्ष्यअनुसार औद्योगिक विकास तथा लगानीको वातावरण बनाउन भूमिका खेल्नुपर्ने उनले बताए ।

लिमिटेडको ३५ औं वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै बडूले एकातर्फ ठूलो हिस्सा आयातमा निर्भर रहेको र अर्कोतर्फ चाहेर पनि मुलुकभित्रै उत्पादन वृद्धि गर्न नसकिरहेको अवस्थामा सरकारले अहिलेको बजेटमार्फत आन्तरिक उत्पादनलाई जोड दिने नीति लिएकाले यसमा सबैले आआफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताए ।

उनले व्यवसायी र लिमिटेड एकअर्काका परिपूरक एवं सहयोगी भएकाले सरोकारवाला लगानीकर्ताहरूसँग अधिकतम् छलफल र समन्वयबाट लगानी आकर्षित गर्ने गरी अगाडि बढ्न लिमिटेड व्यवस्थापन पक्षलाई निर्देशन दिए । ‘व्यवसायीहरुले केही माग र गुनासा सरोकारका विषयहरु उठाइरहनुभएको छ’ मन्त्री बडूले भने ‘व्यवसायी र व्यवस्थापनबीच द्वन्द्वको अवस्था आउनुहुँदैन, त्यसका लागि छलफल र संवादबाट समस्याको समाधान गर्नुस्, सरकार तपाईंहरुको साथमा छ।’

कार्यक्रममा अधिकांश वक्ताहरूले लगानीमैत्री वातावरण बनाउन लिमिटेडले आफ्नो भूमिका थप प्रभावकारी र समन्वयकारी बनाउन जरुरी रहेको बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुरमा आजदेखि सवारी लाइसेन्स वितरण सेवा
भक्तपुरमा आजदेखि सवारी लाइसेन्स वितरण सेवा
चर्चित लोकगायक खुमन अधिकारी र लक्ष्मि अाचार्यको सुमधुर स्वरमा सजिएको तिजको गीत  “भिटामिनले मलाई झन कालो बनायो” :भिडियो रेपोर्ट
चर्चित लोकगायक खुमन अधिकारी र लक्ष्मि अाचार्यको सुमधुर स्वरमा सजिएको तिजको गीत “भिटामिनले मलाई झन कालो बनायो” :भिडियो रेपोर्ट
प्रधानमन्त्रीको प्रेस संयोजकमा गोविन्द परियार
प्रधानमन्त्रीको प्रेस संयोजकमा गोविन्द परियार
ब्राउन सुगर सहित श्रीमान श्रीमती पक्राउ
ब्राउन सुगर सहित श्रीमान श्रीमती पक्राउ
बङ्बन्धु गाेल्डकपकाे खेल तालिका सार्वजनिक, साविक विजेता नेपालले अझै पाएन पुरस्कार !
बङ्बन्धु गाेल्डकपकाे खेल तालिका सार्वजनिक, साविक विजेता नेपालले अझै पाएन पुरस्कार !
प्रधानमन्त्री ओलीको चीनिया राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो
प्रधानमन्त्री ओलीको चीनिया राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो
पाल्पामा बस दुर्घटना, बाह्रको मृत्यु
भन्सार एजेन्टमा रोजगारीको अवसर
भन्सार एजेन्टमा रोजगारीको अवसर
कांग्रेसमा असन्तुष्टी सबैका मोबाइल स्वीच अफ  ।
कांग्रेसमा असन्तुष्टी सबैका मोबाइल स्वीच अफ ।
पौडेल लचक बने, देउबासँग निर्णायक वार्ता हुने
पौडेल लचक बने, देउबासँग निर्णायक वार्ता हुने

तपाईंले छुटाउनुभयो कि?