राष्ट्रिय जनता दल नेपाल कम्युनिष्ट पार्टीमा गाभियाे

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन १६, २०७५
|
|
५९ पटक हेरिएको
Shares
राष्ट्रिय जनता दल नेपाल कम्युनिष्ट पार्टीमा गाभियाे

सारांश

  • काठमाडाैं,  १६ असाेज।
  •   राष्ट्रिय जनता दलका अध्यक्ष सहित नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
  •   धूम्बाराहीस्थित केन्द्रीय कार्यालयमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र नेता सुवास नेम्वाङले पार्टीमा स्वागत गरेका थिए ।

काठमाडाैं,  १६ असाेज।  राष्ट्रिय जनता दलका अध्यक्ष सहित नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।  धूम्बाराहीस्थित केन्द्रीय कार्यालयमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र नेता सुवास नेम्वाङले पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा महासचिव पौडेलले समाजमा अन्याय र विभेदको अन्त्य गरी मुलुकमा सामाजिक न्याय र समानता कायम गर्न पार्टीले सकारात्मक भूमिका निर्वाह गरेका कारण अहिले विभिन्न दल र जनताको विश्वास र आकर्षण पार्टीप्रति बढेको बताए । उनले पार्टीको आदर्श र राजनीतिक कार्यक्रमलाई जनताको सेवामा केन्द्रित गर्न निर्देशन दिँदै दलका विभिन्न नेता तथा कार्यकर्ताको अनुभवका आधारमा उनीहरुलाई उपयुक्त जिम्मेवारी दिइने प्रतिबद्धता व्यक्त गरेर।

जनता दलका अध्यक्ष महतो, राजपाका नेता साह र पिछडा वर्गका नेता नभइ महतोले मधेशमा सम्भ्रान्त समूहले निमुखा वर्गमाथि गरिरहेको जातीय विभेदको अन्त्यका लागि माक्र्सवादी चिन्तन आवश्यक रहेको बताउँदै नेकपाले मधेशी समाजको एकता र अखण्डताका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने विश्लेषणका आधारमा आफूहरु ऐतिहासिक पार्टीमा प्रवेश गरेको बताए । पिछडा वर्ग महासङ्घलाई पनि उक्त पार्टीमा समाहित गराइएको छ । उक्त महासङ्घलाई जनवर्गीय सङ्गठनका रुपमा विकास गर्न आग्रह गरिएको छ ।

सोही कार्यक्रममा राष्ट्रिय जनता पार्टी सर्लाहीका अध्यक्ष नागेश्वर साह पनि नेकपामा प्रवेश गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुत्केरीको मृत्युबारे पत्ता लगाउन स्वास्थ्य मन्त्रालयको टोली पुग्यो धुलिखेल अस्पताल
सुत्केरीको मृत्युबारे पत्ता लगाउन स्वास्थ्य मन्त्रालयको टोली पुग्यो धुलिखेल अस्पताल
बालुवाटार जग्गा प्रकरण : नयाँ खुलासा
बालुवाटार जग्गा प्रकरण : नयाँ खुलासा
जडीबुटीको ७५ प्रतिशत बजार भारतमा
जडीबुटीको ७५ प्रतिशत बजार भारतमा
के–के पाउँछन् ‘मिस वर्ल्ड’ विजेताले?
के–के पाउँछन् ‘मिस वर्ल्ड’ विजेताले?
सीडीओ सरुवामा नयाँ प्रावधान, अब पहुँच र भनसुनलाई ‘बाईबाई’
सीडीओ सरुवामा नयाँ प्रावधान, अब पहुँच र भनसुनलाई ‘बाईबाई’
उच्च हिमाली क्षेत्रमा हिमपात, अधिकतम तापक्रम घट्दा चिसो बढ्यो
उच्च हिमाली क्षेत्रमा हिमपात, अधिकतम तापक्रम घट्दा चिसो बढ्यो
पेट्रोल भर्न घोडा पुगेपछि महिला कर्मचारी दंग
पेट्रोल भर्न घोडा पुगेपछि महिला कर्मचारी दंग
बाध्य बनेर बाहिरिए प्रधानन्यायाधीश गोपाल पराजुली
बाध्य बनेर बाहिरिए प्रधानन्यायाधीश गोपाल पराजुली
काँग्रेस सभापति देउवाद्वारा पूर्वसांसद जोशीको निधनप्रति दुःख व्यक्त
काँग्रेस सभापति देउवाद्वारा पूर्वसांसद जोशीको निधनप्रति दुःख व्यक्त
सडक सुरक्षामा मेट्रो ट्राफिक एफएमको योगदान उच्च: चौधौँ वार्षिकोत्सवमा साङ्गठनिक सहकार्यको साझा प्रतिबद्धता
सडक सुरक्षामा मेट्रो ट्राफिक एफएमको योगदान उच्च: चौधौँ वार्षिकोत्सवमा साङ्गठनिक सहकार्यको साझा प्रतिबद्धता

तपाईंले छुटाउनुभयो कि?