रास्वपाको कार्यवाहक सभापति र संसदीय दल नेताको जिम्मेवारी डिपी अर्याललाई

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ १४, २०७९
|
|
५० पटक हेरिएको
Shares
रास्वपाको कार्यवाहक सभापति र संसदीय दल नेताको जिम्मेवारी डिपी अर्याललाई

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक अध्यक्ष र संसदीय दल नेताको जिम्मेवारी डिपी अर्याालले पाएका छन् ।
  • शुक्रबार बेलुका केन्द्रीय कार्यालय बसुन्धारामा बसेको आपतकालीन केन्द्रीय समितिको बैठकले उनलाई कार्यवाहक सभापति र संसदीय दलको नेताको जिम्मेवारी दिएको प्रवक्ता मुकुद ढकालले जानकारी दिए ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक अध्यक्ष र संसदीय दल नेताको जिम्मेवारी डिपी अर्याालले पाएका छन् ।

शुक्रबार बेलुका केन्द्रीय कार्यालय बसुन्धारामा बसेको आपतकालीन केन्द्रीय समितिको बैठकले उनलाई कार्यवाहक सभापति र संसदीय दलको नेताको जिम्मेवारी दिएको प्रवक्ता मुकुद ढकालले जानकारी दिए ।

सभापति रवि लामिछाने पदमुक्त भएपछि  आकस्मीक  रूपमा बसेको केन्द्रीय समितिको बैठकले अर्याललाई अध्यक्ष र संसदीय दलको नेताको जिम्मेवारी दिइएको हाे ।

सर्वोच्च अदालतको संवैधानिक इजलाशले पार्टीका सभापति  लामिछानेको नागरिकता अवैध ठहर गरेसँगै उपप्रधान तथा गृह मन्त्री र सभापतिबाट पदमुक्त भएका छन् ।

कार्यवाहक सभापति र दल नेता चयन भएका अर्याल सरकारकाे श्रम, रोजगार तथासामाजिक सुरक्षामन्त्री हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?