रिचार्जरमा मोबाईल किन्दा खसी उपहार, दशैंको खसी घरमै बसी बसी !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन १६, २०७५
|
|
५१ पटक हेरिएको
Shares
रिचार्जरमा मोबाईल किन्दा खसी उपहार, दशैंको खसी घरमै बसी बसी !

सारांश

  • काठमाडाै, १६ असाेज ।
  • नेपालीहरुको महान चाड बडा दशैँको अवसरमा मोबाइल एप रिचार्जरले मोबाईल किन्दा खसी उपहार योजना सुरु गरेको छ ।
  • रिचार्जरको एप मार्फत मोबाईल खरिद गर्ने ग्राहकलाई यसपालिको दशैँमा रिचार्जरले खसी उपहार दिने भएको हो ।

काठमाडाै, १६ असाेज । नेपालीहरुको महान चाड बडा दशैँको अवसरमा मोबाइल एप रिचार्जरले मोबाईल किन्दा खसी उपहार योजना सुरु गरेको छ । रिचार्जरको एप मार्फत मोबाईल खरिद गर्ने ग्राहकलाई यसपालिको दशैँमा रिचार्जरले खसी उपहार दिने भएको हो ।  ‘दशैको खसी घरमै बसी बसी’ योजना यहि असोज १६ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ । यो योजनामा सहभागि हुनका लागि असोज १६ गते मंगलबारदेखि २९ गते सोमबार दिउँसो १२ बजेसम्ममा रिचार्जरको एप मार्फत मोबाईल खरिद गर्नुपर्नेछ ।

यसअवधिमा एप मार्फत मोबाइल खरिद गर्ने ग्राहकलाई ग्रोलाप्रथा मार्फत खसी उपहार प्रदान गरिने रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले जानकारी दिए ।यो योजना सिमित ब्राण्डका मोबाईल फोनहरुमा मात्र लागू हुने रिचार्जरले जनाएको छ । खसी विजेताको घोषणा असोज २९ गते सोमबार मोबाइल एप रिचार्जरको आधिकारिक फेसबुक पेज मार्फत लाइभ घोषणा गरिने छ ।

साथै रिचार्जर एप मार्फत जुनसुकै सामान अर्डर गर्दा काठमाडौँ उपत्यकाको चक्रपथ भित्र तीन घण्टाभित्र डेलिभरी गर्ने रिचार्जरले बताएको छ । तीन घण्टाभित्र सामान डेलिभरी गर्दा केही अतिरिक्त शुल्क लाग्ने छ । रिचार्जर एप मार्फत अर्डर गरिएका जुनसुकै सामान २४ घण्टाभित्र ग्राहकलाई उपलब्ध गराउने कम्पनीको दाबी छ । २४ घण्टाभित्र सामान डेलेभरी गर्दा भने कुनै अतिरिक्त शुल्क लाग्ने छैन ।  गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोलेर मोबाइल रिचार्ज गर्दा पनि जतिको रिचार्ज गर्यो त्यत्ति नै क्यास व्याक पाइने छ ।

यसरी प्राप्त हुने क्यास व्याकलाई रिचार्जर बाट सामान खरिद गर्दा डिस्काउण्ट भौचरका रुपमा प्रयोग गर्न सकिने छ ।  रिर्चाजरबाट मोबाइल रिचार्ज गर्दा तथा सामान खरिद गर्दा ई सेवाका साथै बैंकहरुको इन्टरनेट बैंकिंग सेवा, एससीटी, मास्टर र भिसाका डेविट तथा क्रेडिट कार्डबाट पैसा तिर्न सकिन्छ । रिचार्जबाट सिनेमा टिकट तथा हवाई टिकट भारी छुटमा किन्न सकिन्छ ।
‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’ भन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जर गुगल प्ले तथा एप्पल एप स्टोरमा गरी १ लाख भन्दा बढी डाउनलोड भैसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?