रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर १०, २०७६
|
|
३६ पटक हेरिएको
Shares
रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो

सारांश

  • काठमाडौँ।
  • नेपाल सरकारले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएको छ।
  • रुसको भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले रुसका राष्ट्रपति महामहिम भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको लागि पठाउनु भएको औपचारिक निमन्त्रण पत्र हस्तान्तरण गरेका हुन्।

काठमाडौँ। नेपाल सरकारले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएको छ। रुसको भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले रुसका राष्ट्रपति महामहिम भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको लागि पठाउनु भएको औपचारिक निमन्त्रण पत्र हस्तान्तरण गरेका हुन्।

त्यस्तै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका प्रधानमन्त्री दिमयित्री मेदभेदेवलाई नेपाल भ्रमणका लागि गर्नु भएको निमन्त्रण पनि हस्तान्तरण गरेका छन्। औपचारिक निमन्त्रणापत्र मन्त्री ज्ञवालीले विदेशमन्त्री लाभ्रोभलाई सोमबार नै हस्तान्तरण गरे।

यस्तै परराष्ट्रमन्त्री ज्ञावलीले विदेशमन्त्री लाभ्रोभलाई पनि नेपाल भ्रमणको लागि आमन्त्रित गरेको बताए। नेपालमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उच्चस्तरीय भ्रमणको चर्चा चल्दैगर्दा यसरी औपचारिक निम्ता पठाइएको हो। दुई देश बीचको उच्चस्तरीय भ्रमणको आदानप्रदानले आपसी सम्बन्धलाई नयाँ उचाइमा र्पुयाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहितको उच्च प्रतिनिधिमण्डलले सोमबार रुसका विदेशमन्त्री सेर्गेइ लाभ्रोभसँग भेटवार्ता गरेका छन्। उनी नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शनिबार रुस र सर्वियाको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका थिए। मन्त्री ज्ञवाली सहितको प्रतिनिधमण्डलले रुसका विदेशमन्त्री सेर्गेइ लाभ्रोभ सहितको रुसी प्रतिनिधिमण्डलसँग भेटवार्ता नेपालका लागि निकै फलदायी रहेको उनले प्रतिक्रिया दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?