लक्ष्यभन्दा ९६ करोड कम राजश्व संकलन

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण १०, २०७५
|
|
५९ पटक हेरिएको
Shares
लक्ष्यभन्दा ९६ करोड कम राजश्व संकलन

सारांश

  • वीरगञ्ज, १० साउन ।
  • आर्थिक वर्ष २०७४÷७५ मा सुख्खा बन्दरगाह कार्यालय सिर्सियाले लक्ष्य गरेभन्दा रु ९५ करोड ९० लाख ५६ हजार कम राजश्व संकलन गरेको छ ।
  • सरकारले सिर्सियालाई आव २०७४÷७५ मा रु २८ अर्ब २९ करोड ४२ लाख ५९ हजार राजश्व उठाउने लक्ष्य दिएको थियो ।

वीरगञ्ज, १० साउन । आर्थिक वर्ष २०७४÷७५ मा सुख्खा बन्दरगाह कार्यालय सिर्सियाले लक्ष्य गरेभन्दा रु ९५ करोड ९० लाख ५६ हजार कम राजश्व संकलन गरेको छ ।

सरकारले सिर्सियालाई आव २०७४÷७५ मा रु २८ अर्ब २९ करोड ४२ लाख ५९ हजार राजश्व उठाउने लक्ष्य दिएको थियो । कार्यालयले ९६ दशमलव ५ प्रतिशत अर्थात् रु २७ अर्ब ३३ करोड ५१ लाख ९३ हजार मात्र राजश्व उठाउन सकेको छ । आव २०७३÷७४ मा कार्यालयलाई रु २१ अर्ब चार करोड आठ लाख ८० हजार राजश्व उठाउने लक्ष्य दिएकामा रु २१ अर्ब ५८ करोड ८५ लाख राजश्व संकलन गरेको थियो ।

सुख्खा बन्दरगाह कार्यालयका भन्सार अधिकृत धनबहादुर बडुवालका अनुसार आव २०७४÷७५ मा सो कार्यालयले भन्सार महसुलतर्फ रु ११ अर्ब ६४ करोड ३० लाख ५३ हजार, मूल्य अभिवृद्धि करतर्फ रु १४ अर्ब दुई करोड ६० लाख ३८ हजार तथा अन्तःशुल्कतर्फ रु एक अर्ब ६६ करोड ६१ लाख राजश्व संकलन गरेको थियो । विसं २०६४ मा स्थापना भएको सिर्सिया सुख्खा बन्दरगाहलाई चालू आवमा रु ३६ अर्ब २४ करोड ३२ लाख ६ हजार राजश्व उठाउने लक्ष्य दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीले सिके राउतलाई प्रचण्डसँग दाँजेपछि……
प्रधानमन्त्री ओलीले सिके राउतलाई प्रचण्डसँग दाँजेपछि……
स्थानीय तहको दोस्रो चरणको निर्वाचन: मतदान सुरु
स्थानीय तहको दोस्रो चरणको निर्वाचन: मतदान सुरु
प्रदेशसभा बैठकमा लालबाबु पण्डितको चर्को आलोचना
प्रदेशसभा बैठकमा लालबाबु पण्डितको चर्को आलोचना
आज मेघगर्जनसहित पानी पर्ने संभावना, मौसम हेरेर बाहिर निस्कनुस
आज मेघगर्जनसहित पानी पर्ने संभावना, मौसम हेरेर बाहिर निस्कनुस
हेर्न नमिल्नेमा सन्दीप लामिछानेको मुद्दा
हेर्न नमिल्नेमा सन्दीप लामिछानेको मुद्दा
हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौँ ,प्रतिक्रान्ति र क्रान्तिकारीबीचको लडाइँ जारी छ’: पुष्पकमल दाहाल
हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौँ ,प्रतिक्रान्ति र क्रान्तिकारीबीचको लडाइँ जारी छ’: पुष्पकमल दाहाल
दशैं मनाएर उपत्यका फर्कनेको भीड बढ्न थाल्यो
दशैं मनाएर उपत्यका फर्कनेको भीड बढ्न थाल्यो
बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा अति भारी वर्षाको सम्भावना
बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा अति भारी वर्षाको सम्भावना
११०औँ बिपी जयन्ती आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै
११०औँ बिपी जयन्ती आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै
गणपूरक संख्या नपुगेपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

तपाईंले छुटाउनुभयो कि?