लगातारको वर्षाका कारण तीन वडा डुबानमा, स्थानीयवासी प्रभावित

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण २८, २०७५
|
|
३८ पटक हेरिएको
Shares
लगातारको वर्षाका कारण तीन वडा डुबानमा, स्थानीयवासी प्रभावित

सारांश

  • भीमदत्तनगर, २८ साउन ।
  • दुई दिनदेखिको लगातारको वर्षाका कारण कञ्चनपुरको महाकाली नगरपालिकाका तीन वटा वडामा डुबानको समस्या हुँदा स्थानीयवासी प्रभावित बनेका छन् ।
  • इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले वर्षाका कारण महाकाली नगरपालिका– ८, ९ र १० का केही घर डुबानमा परेको जानकारी दिए ।

भीमदत्तनगर, २८ साउन । दुई दिनदेखिको लगातारको वर्षाका कारण कञ्चनपुरको महाकाली नगरपालिकाका तीन वटा वडामा डुबानको समस्या हुँदा स्थानीयवासी प्रभावित बनेका छन् । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले वर्षाका कारण महाकाली नगरपालिका– ८, ९ र १० का केही घर डुबानमा परेको जानकारी दिए । “केही परिवार मात्रै घर छाड्नु्पर्ने अवस्थामा रहे पनि धेरै परिवारको सामान हिजो(आइताबार) नै सारिएको छ”, प्रहरी निरीक्षक चन्दले भन्नुभयो, “बस्तीमा सर्तकता अपनाउन आग्रह गरिएको छ ।”

त्यसैगरी महाकाली नदीबाट पारि चादँनीतर्फ बैलबन्द सामुदायिक वन क्षेत्रको तटबन्ध भासिएको छ । बाढीका कारण तटबन्धका ११ जाली बगेको र तटबन्ध भासिएको चन्दले जानकारी दिए । “अहिले तटबन्धको जाली भरान गर्ने तयारी हँुदैछ”, चन्दले भने, “पहाडी जिल्लामा वर्षा भइरहेकाले डुबानको जोखिम यथावत् छ ।” महाकाली नगरपालिकाको जोगबुढा नदीमा पनि पानीको बहाव बढेको उनले जानकारी दिए। डुबानस्थलतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

आइतबार बिहानदेखि महाकाली नदीमा पानीको बहाव बढ्दा पश्चिमी नाका गड्डाचौकी भएर नेपाल–भारत ओहोरदोहारमा समस्या भएको छ । भारतीय पक्षले महाकाली नदीमा पानीको बहाव बढेसँगै शारदा ब्यारेज(बनबासा ) पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन बन्द गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । सोमबार बिहान १० बजे गरिएको मापनअनुसार महाकालीमा पानीको बहाव एक लाख १५ हजार क्युसेक पुगेको छ । पुलमा पैदल र मोटरसाइकल चल्न दिइए पनि ठूला सवारीसाधनमा रोक लगाइएको छ ।

त्यसैगरी लगातारको वर्षाका कारण यहाँका स्याली, सुनवरा, चौधर, मछेली, दोदालगायत नदीमा पनि पानीको बहाव बढेको छ । भीमदत्तनगरपालिका क्षेत्रमा ढलको व्यवस्थापन प्रभावकारी नहुँदा बजार क्षेत्रमा पनि जलस्तर बढेको छ । आइतबार स्याली नदीले बगाउँदा शुक्लाफाँटा नगरपालिकामा एक महिलाको मृत्युसमेत भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

President to give tika on Bijaya Dashami
अाेमानकाे दाेस्राे विकेट पतन, सेट ब्याट्सम्यान जितेन्द्र सन्दिपकाे बलमा रनअाउट
अाेमानकाे दाेस्राे विकेट पतन, सेट ब्याट्सम्यान जितेन्द्र सन्दिपकाे बलमा रनअाउट
कम्युनिष्ट सरकारको सरोकार : सामाजिक, सांस्कृतिक र भाषिक सुधार-निर्मल भट्टराई
कम्युनिष्ट सरकारको सरोकार : सामाजिक, सांस्कृतिक र भाषिक सुधार-निर्मल भट्टराई
सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर, बजार व्यवस्थापन अझै चुनौती
सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर, बजार व्यवस्थापन अझै चुनौती
बाबुराम भट्टराई जो ‘फुल टाइमर’ प्रधानमन्त्री !
बाबुराम भट्टराई जो ‘फुल टाइमर’ प्रधानमन्त्री !
निर्बाचनको मिति  तोकिएपछी किन पक्राउ परे ?मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा निरव ??
निर्बाचनको मिति तोकिएपछी किन पक्राउ परे ?मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा निरव ??
प्रधानमन्त्रीसँग विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशकको भेटवार्ता
प्रधानमन्त्रीसँग विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशकको भेटवार्ता
महोत्तरीमा आधा किलोसम्मको असिना र बर्षाले लाखौँको क्षति
महोत्तरीमा आधा किलोसम्मको असिना र बर्षाले लाखौँको क्षति
वैकल्पिक मार्ग प्रयोगको तयारी
वैकल्पिक मार्ग प्रयोगको तयारी
विदेशमा नेपाली ठग्नेलाई हुनेछ यस्ता कारबाही
विदेशमा नेपाली ठग्नेलाई हुनेछ यस्ता कारबाही

तपाईंले छुटाउनुभयो कि?