लागुऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर २७, २०७६
|
|
४९ पटक हेरिएको
Shares
लागुऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ

सारांश

  • झापाको विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
  • झापाको मेचीनगर नगरपालिका र कमल गाउँपालिकाबाट प्रहरीले खैरो हेरोइनसहित एक÷एक जनालाई पक्राउ गरेको हो ।
  • बिहीबार बेलुका साढे ६ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ का २२ वर्षीय किशोर गुरुङलाई सतिघट्टा चोकबाट एक ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

झापाको विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका र कमल गाउँपालिकाबाट प्रहरीले खैरो हेरोइनसहित एक÷एक जनालाई पक्राउ गरेको हो ।

बिहीबार बेलुका साढे ६ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ का २२ वर्षीय किशोर गुरुङलाई सतिघट्टा चोकबाट एक ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी प्रहरी चौकी केरखाबाट खटिएको प्रहरी टोलीले इलामको चुलाचुली घर भई हाल झापाको कमल गाउँपालिका–५ मा डेरा गरी बस्दै आएका २६ वर्षीय दीपेश तामाङको कोठाबाट नौ दशमलव २० ग्राम खैरो हेरोइन बरामद गरेको छ । गोप्य सूचनाका आधारमा तामाङको कोठा चेकजाँचका क्रममा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । खैरो हेरोइनसहित तामाङलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यस्तै विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको १ नं ढाटबाट विराटनगर महानगरपालिका–६ का २९ वर्षीय अनुज खत्री एक ग्राम ६०० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् । बुधबार अपराह्न ४ बजे भारतको जोगवनीबाट पैदल नेपालतर्फ आउँदै गरेका खत्रीलाई जाँच गर्ने क्रममा निजले लगाएको जम्फरको टोपीमा लुकाइछिपाई ल्याउँदै गरेको खैरो हेरोइन बरामद भएको थियो ।

खत्रीलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा लागुऔषधमा ओसारपसारमा अन्य दुई जनाको समेत संलग्नता रहेको खुल्न आएपछि विराटनगर महानगरपालिका–६ का २६ वर्षीय अयुव आलम र केराबारी गाउँपालिका–१० का ४१ वर्षीय तेजबहादुर लिम्बू समेतलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दीकाे टुङ्गाे लाग्याे, कुन प्रदेशमा कति दरबन्दी रहने ?
संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दीकाे टुङ्गाे लाग्याे, कुन प्रदेशमा कति दरबन्दी रहने ?
सरकार र राजपाबीच सहमति : चुनावमा सहभागी हुन राजपा तयार
सरकार र राजपाबीच सहमति : चुनावमा सहभागी हुन राजपा तयार
आज कृष्णजन्माष्टमी : ‘व्रत’ बसी रातभर जाग्राम
आज कृष्णजन्माष्टमी : ‘व्रत’ बसी रातभर जाग्राम
महेश बस्नेतले गरे चार कराेडकाे योजना सार्वजनिक
महेश बस्नेतले गरे चार कराेडकाे योजना सार्वजनिक
काम नगरी समय बिताउने राष्ट्रसेवक होइनन्ः लालबाबु पण्डित
काम नगरी समय बिताउने राष्ट्रसेवक होइनन्ः लालबाबु पण्डित
बालकुमारी घटनाका दोषीमाथि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
बालकुमारी घटनाका दोषीमाथि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
भारतले माल्दिभ्सलाई पनि अघोषित नाकाबन्दी
भारतले माल्दिभ्सलाई पनि अघोषित नाकाबन्दी
नेपाली युवाले विकास गरेको समाजिक सञ्जाल एप ‘रेस्पेक्ट’ आउँदै
नेपाली युवाले विकास गरेको समाजिक सञ्जाल एप ‘रेस्पेक्ट’ आउँदै
नम्रता श्रेष्ठ भन्छिन् ‘एक्सन फिल्म गर्ने कहिल्यै सोचेकै थिइन ’ (भिडियो सहित )
नम्रता श्रेष्ठ भन्छिन् ‘एक्सन फिल्म गर्ने कहिल्यै सोचेकै थिइन ’ (भिडियो सहित )
लकडाउन वैशाख १५ सम्म थप गर्ने सरकारको निर्णय
लकडाउन वैशाख १५ सम्म थप गर्ने सरकारको निर्णय

तपाईंले छुटाउनुभयो कि?