लागूऔषध सहित पक्राउ
सारांश
- काठमाडौँ, ५ भदौ बाँके ः नेपालगंज उपमहानगरपालिका–४ सलयानीबाग नजिकबाट प्रहरीले लागूऔषध चरेश ११ के.
- जी.
- ५ सय ग्राम सहित राप्ती सोनारी गाउँपालिका–५ बिनौना घर भई नेपालगंज उपमहानगरपालिका–४ बस्ने सोप बहादुर पुनलाई पक्राउ गरेको छ ।
काठमाडौँ, ५ भदौ
बाँके ः नेपालगंज उपमहानगरपालिका–४ सलयानीबाग नजिकबाट प्रहरीले लागूऔषध चरेश ११ के.जी. ५ सय ग्राम सहित राप्ती सोनारी गाउँपालिका–५ बिनौना घर भई नेपालगंज उपमहानगरपालिका–४ बस्ने सोप बहादुर पुनलाई पक्राउ गरेको छ ।
पुनले उक्त लागूऔषध रुकुम घेटमा–७ घर भई नेपालगंज उपमहानगरपालिका–५ बस्ने दिप कुमारी पुनसंग ल्याएको खुल्न आएपछि प्रहरीले दिप कुमारी पुनको कोठा खान तलासी गर्दा सुत्ने खाटमुनी प्लाष्टिकको थैलोमा राखेको २१ के.जी.२ सय ग्राम चरेश र ढक तराजु समेत फेला परेको थियो । प्रहरीले सुर्खेत डाडाखाली– ६ घर भएका प्रेमा चन्द र बर्दिया बढैया ताल गाउँपालिका–१ बस्ने २० बर्षीया हिरा बुढा समेतलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले अनुन्धानको क्रममा प्रेमा चन्दले नेपालगंज उपमहानगरपालिका–४ बसपार्क नजिक संचालन गरेको मन्जु होटलमा चेकजाँच गर्दा उक्त होटलमा कोठा भाडामा लिई बसेका रुकुम आठबिस्कोट नगरपालिका–९ बस्ने ४२ बर्षीय दत्त बहादुर मल्ल सुत्ने कोठाबाट १ के.जी.को पथ्थर जस्तो देखिने ढुङ्गा समेत फेला पारेपछि निजलाई समेत नियन्त्रणमा लिएको छ ।
सर्लाही ः लालबन्दी नगरपालिका–१ नवलपुर चोकबाट प्रहरीले बिआर ०१ पिइ ३७१५ नम्वरको स्कारपियो गाडीको अगाडिको टुल बक्समा लुकाई छिपाई ल्याएको, नाईट्राभेट ट्याबलेट १० थान ,डायलेक्स डिसी १ सय एम. एल. को ३ बोतल सहित चालक मलंगवा नगरपालिका–३ बस्ने ३२ बर्षीय रघुबिर राय र लालबन्दी नगरपालिका–१ बस्ने ३८ बर्षीय सुरेस साहलाई पक्राउ गरेको छ ।
मोरङ्ग ः जहदा गाउँपालिका–१ भुटाहा बस्ने ४९ बर्षीय जुगेश्वर साहलाई प्रहरीले सोमबार लागूऔषध गाँजा १२ के.जी.सहित बुढीगंगा गाउँपालिका–४ बाट पक्राउ गरेको छ ।
यसैगरी मोरङ्ग बुढीगंगा गाउँपालिका–१ कोशी राजमार्गबाट प्रहरीले सोमबार को.८ प ३७९ नम्बरको मोटरसाइकलमा सवार जहदा गाउँपालिका–१ भुटाहा बस्ने २३ बर्षीय हरिचन मुँखियालाई अवैध लागूऔषध गाँजा ११ के.जी. सहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया