लाभग्राहीको संख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन गृहमन्त्रीको निर्देशन

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन २०, २०८१
|
|
५९ पटक हेरिएको
Shares
लाभग्राहीको संख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन गृहमन्त्रीको निर्देशन

सारांश

  • काठमाडौं।
  • गृह मन्त्रालयले विपदबाट लाभग्राहीको संख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ।
  • मन्त्रालयले यसरी लाभग्राहीको संख्या यकिन गरेर आएको खण्डमा तीन दिनभित्रै अस्थायी आवासका लागि रकम निकासा गर्ने जानकारी गराएको हो।

काठमाडौं। गृह मन्त्रालयले विपदबाट लाभग्राहीको संख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले यसरी लाभग्राहीको संख्या यकिन गरेर आएको खण्डमा तीन दिनभित्रै अस्थायी आवासका लागि रकम निकासा गर्ने जानकारी गराएको हो।

गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबानलगायतबाट प्रभावित जिल्लालाई चाँडोभन्दा चाँडो लाभग्राही पहिचान गरी पठाउन निर्देशन भइसकेको जानकारी दिए। गृह मन्त्रालयमा शनिबार आयोजित एक कार्यक्रममा उनले लाभग्राही पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवासका लागि रकम निकासा गर्ने प्रस्ट पारे।

गृहमन्त्री लेखकले विपदमा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै मृतक परिवारमा श्रद्धाञ्जलि तथा पीडित परिवारमा समवेदना पनि प्रकट गरे। उनले घाइतेहरुको सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिँदै उनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरे।

गृहमन्त्री लेखकले अहिले मृतकका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेर जिल्लाहरुमा रकम पठाइसकिएको बताउँदै सम्बन्धित जिल्लाले पीडितलाई राहत रकम वितरण गरिरहेका जानकारी दिए। उनले उद्धार, राहत र पुनःस्थापनामा सरकारी गम्भीर भएर लागेको उल्लेख गरे।

यही असोज १० देखि १२ गतेसम्म आएको मनसुनी वर्षाका कारण देशभर गरेर दुई सय ३९ जनाको मृत्यु भएको छ भने अझै १९ जना हराइरहेका छन्। अर्बाैंको भौतिक संरचनामा क्षति पुगेको छ । अहिले पनि बिपी राजमार्गलगायत कति राजमार्ग सञ्चालन हुन सकेका छैनन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५० केजी जाँड बनाउने औषधी प्रहरीद्वारा बरामद !
५० केजी जाँड बनाउने औषधी प्रहरीद्वारा बरामद !
युएईले हङकङलाई दियो १७७ रनको चुनौती
युएईले हङकङलाई दियो १७७ रनको चुनौती
दाहालको जनसम्पर्क कार्यालयमा अर्बौंका योजना माग गर्दै निवेदन
दाहालको जनसम्पर्क कार्यालयमा अर्बौंका योजना माग गर्दै निवेदन
नेपाल र चीनबीचका २० बुँदे सम्झौता र समझदारीमा क–कसले गरे हस्ताक्षर ?
नेपाल र चीनबीचका २० बुँदे सम्झौता र समझदारीमा क–कसले गरे हस्ताक्षर ?
श्रीमतीको घाँटीमा खुकुरी प्रहार गरी हत्या
श्रीमतीको घाँटीमा खुकुरी प्रहार गरी हत्या
रत्ननगर नगरपालिका, चितवनको ताजा मत परिणाम
रत्ननगर नगरपालिका, चितवनको ताजा मत परिणाम
जंगली हात्तीलाई उत्तेजित नपार्न आग्रह
जंगली हात्तीलाई उत्तेजित नपार्न आग्रह
प्रहरीको नियन्त्रणबाटै शिक्षक नदीमा हाम्फालेपछि…
प्रहरीको नियन्त्रणबाटै शिक्षक नदीमा हाम्फालेपछि…
झलनाथ खनाल भन्छन् :ओलीभन्दा म सिनियर हुँ, प्रचण्ड प्रधानमन्त्री बन्दैछन्
झलनाथ खनाल भन्छन् :ओलीभन्दा म सिनियर हुँ, प्रचण्ड प्रधानमन्त्री बन्दैछन्
अपडेट-त्रिशुलीमा बस खस्दा ११ को मृत्यु, १३ जना घाइते ! ३० जना बसभित्र हराइरहेको हुन सक्ने प्रहरीको  अनुमान !
अपडेट-त्रिशुलीमा बस खस्दा ११ को मृत्यु, १३ जना घाइते ! ३० जना बसभित्र हराइरहेको हुन सक्ने प्रहरीको अनुमान !

तपाईंले छुटाउनुभयो कि?