लुम्बिनी प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण आज

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १७, २०७९
|
|
३६ पटक हेरिएको
Shares
लुम्बिनी प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण आज

सारांश

  • काठमाडौं ।
  • लुम्बिनी प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ ।
  • नवनिर्वाचित प्रदेशसभा सदस्यहरूलाई आज दिउँसो १ः०० बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको प्रदेशसभाका सचिव दुर्लभ कुमार पुनमगरले जानकारी दिनुभयो ।

काठमाडौं ।लुम्बिनी प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ ।नवनिर्वाचित प्रदेशसभा सदस्यहरूलाई आज दिउँसो १ः०० बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको प्रदेशसभाका सचिव दुर्लभ कुमार पुनमगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेशसभा सदस्यहरूलाई प्रदेश राजधानी दाङको देउखुरी भालुवाङमा निर्मित प्रदेशसभा भवनमा शपथ गराउने कार्यक्रम छ । प्रदेशसभाको पहिलो संसद् अधिवेशन सोमबारका लागि आह्वान गरिएको छ ।

लुम्बिनी प्रदेशमा जनमत पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्यहरूले मातृ भाषामा शपथ लिनु हुने भएको छ । लुम्बिनी प्रदेशसभातर्फ निर्वाचित मध्ये दुई जनाले मधेसी (अबधी) भाषामा र एक जना सांसदले गुरुङ भाषामा शपथ लिनुहुने भएको छ ।

सबै सांसदहरूले प्रदेशसभा सचिवालयलाई जानकारी गराई आ–आफ्नो मातृ भाषामा शपथ गर्ने तयारी गरेको लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्र केश (सीके) गुप्ताले बताउनुभयो ।

लुम्बिनी प्रदेशमा जनमतबाट प्रत्यक्षबाट निर्वाचित सदस्यहरू प्रत्यक्षमा चन्द्रकेश (सीके) गुप्ता, समानुपातिक तर्फबाट निर्वाचित सुमन शर्मा रायमाझीले मधेसी (अबधी) र गीता गुरुङले गुरुङ भाषामा शपथ ग्रहण गर्ने तयारी गर्नुभएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Index Home

    Thank you, your article surprised me, there is such an excellent point of view. Thank you for sharing, I learned a lot.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?