एअर इन्डियाको विमानभित्र ‘अनियन्त्रित’ झडपपछि आकस्मिक अवतरण

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र २८, २०७९
|
|
३७ पटक हेरिएको
Shares
एअर इन्डियाको विमानभित्र ‘अनियन्त्रित’ झडपपछि आकस्मिक अवतरण

सारांश

  • नयाँ दिल्ली।
  • एयर इन्डियाको लण्डनका लागि उडेको एक विमानमा एक यात्रुले चालक दलका सदस्यलाई ‘शारीरिकरूपमा क्षति’ पुर्‍याएपछि विमानलाई दिल्ली विमानस्थलमा अवतरण गराइएको छ।
  • कूल २५६ यात्रु लिएर दिल्लीबाट लण्डनका लागि उडेको एआई–१ विमानमा यात्रुको अमर्यादित व्यवहारका कारण दिल्ली विमानस्थलमा आकस्मिक तर सकुशल अवतरण गरिएको एयर इन्डियाका एक अधिकारीले जानकारी दिएका छन्।

नयाँ दिल्ली। एयर इन्डियाको लण्डनका लागि उडेको एक विमानमा एक यात्रुले चालक दलका सदस्यलाई ‘शारीरिकरूपमा क्षति’ पुर्‍याएपछि विमानलाई दिल्ली विमानस्थलमा अवतरण गराइएको छ।

कूल २५६ यात्रु लिएर दिल्लीबाट लण्डनका लागि उडेको एआई–१ विमानमा यात्रुको अमर्यादित व्यवहारका कारण दिल्ली विमानस्थलमा आकस्मिक तर सकुशल अवतरण गरिएको एयर इन्डियाका एक अधिकारीले जानकारी दिएका छन्।

सोमबार बिहान ६:३० बजे हिथ्रो विमानस्थल (लण्डन) का लागि उडेको विमान चालक दलका सदस्यले विमान चालकलाई विमानको बीचमा भएको झगडाबारे जानकारी गराएपछि बिहान १० बजे तिर दिल्ली विमानस्थलमा फर्किएको थियो।

यस सम्बनधमा एयर इन्डियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अप्रिल १०, २०२३ मा दिल्ली-लण्डन हिथ्रो उडान गर्ने तय भएको एयर इन्डियाको विमान एआइ-१ विमानमा सवार एक यात्रुको गम्भीर अभद्र व्यवहारका कारण प्रस्थान गरेको केही समयपछि नै दिल्ली फर्किएको छ।

मौखिक र लिखित चेतावनीलाई वास्ता नगरी यात्रीले अनियन्त्रित व्यवहार जारी राखे र चालक दलका दुई सदस्यलाई शारीरिक क्षति पुर्‍याएपछि कमान्डमा रहेका विमान चालकले आफु दिल्ली फर्कने निर्णय गरेको र अवतरणपछि यात्रुलाई सुरक्षाकर्मीको जिम्मा लगाइएको बताइएको छ।

विमान इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि एयर इन्डियाले यात्रुको ‘अभद्र व्यवहार’ बारे प्रहरीमा उजुरी दिएको थियो। प्रहरीले भारतीय दण्ड संहिताको धारा ३५४, ५०९ र ५१० तथा भारतीय विमान ऐनको धारा २३ अन्तर्गत एफआईआर दर्ता गरेको छ । आरोपी र पिडित दुवै दिल्ली बाहिरका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेताहरूबीचको एकता नै आजको आवश्यकता : मुख्यमन्त्री पौडेल
नेताहरूबीचको एकता नै आजको आवश्यकता : मुख्यमन्त्री पौडेल
अनलाइनमार्फत नौ हजार पदयात्रीले लिए ‘टिम्स’ कार्ड
अनलाइनमार्फत नौ हजार पदयात्रीले लिए ‘टिम्स’ कार्ड
भारतमा योगी आदित्यनाथ र मायावतीलाई चुनावी प्रचारप्रसारमा प्रतिबन्ध !
भारतमा योगी आदित्यनाथ र मायावतीलाई चुनावी प्रचारप्रसारमा प्रतिबन्ध !
प्रधानमन्त्री भन्छन्ः अब दल होइन, विकासका लागि कार्यदल
प्रधानमन्त्री भन्छन्ः अब दल होइन, विकासका लागि कार्यदल
सभ्य र सुरक्षित समाज निर्माण सबैको दायित्व स् मुख्यमन्त्री राई
सभ्य र सुरक्षित समाज निर्माण सबैको दायित्व स् मुख्यमन्त्री राई
१०५ वर्षीया भारतीय बजैले राखिन् दौडमा नयाँ कीर्तिमान
१०५ वर्षीया भारतीय बजैले राखिन् दौडमा नयाँ कीर्तिमान
‘सत्तापक्ष र प्रतिपक्षको साझा प्रयासबाट समृद्धि: प्रचण्ड
‘सत्तापक्ष र प्रतिपक्षको साझा प्रयासबाट समृद्धि: प्रचण्ड
‘पेट्रोलियम पदार्थ मूल्यवृद्धिपछि आएको कमिसन हातमा लिँदै गरेकाे भनिएकाे फाेटेकाे वास्तबिकता यस्ताे छ
‘पेट्रोलियम पदार्थ मूल्यवृद्धिपछि आएको कमिसन हातमा लिँदै गरेकाे भनिएकाे फाेटेकाे वास्तबिकता यस्ताे छ
२७ गतेदेखि दसैँका लागि टिकट बुकिङ खुल्ने
२७ गतेदेखि दसैँका लागि टिकट बुकिङ खुल्ने
सरकारले तोक्यो च्याङ्ग्रा, खसी र बोकाको मूल्य
सरकारले तोक्यो च्याङ्ग्रा, खसी र बोकाको मूल्य

तपाईंले छुटाउनुभयो कि?