ह्यारी र मेगनको शाही उपाधि र उत्तरदायित्व समाप्त

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ ५, २०७६
|
|
५८ पटक हेरिएको
Shares
ह्यारी र मेगनको शाही उपाधि र उत्तरदायित्व समाप्त

सारांश

  • बीबीसी।
  • बीबीसी।
  • बकिङ्घम दरबारले राजकुमार ह्यारी र मेगनले अब शाही उपाधि प्रयोग नगर्ने र उनीहरूले नागरिकको करबाट आउने रकम समेत नपाउने घोषणा गरेको छ।

बीबीसी। बीबीसी। बकिङ्घम दरबारले राजकुमार ह्यारी र मेगनले अब शाही उपाधि प्रयोग नगर्ने र उनीहरूले नागरिकको करबाट आउने रकम समेत नपाउने घोषणा गरेको छ। अब ह्यारी र मेगनले औपचारिक रूपमा महारानीको प्रतिनिधित्व पनि गर्ने छैनन्।

ब्रिटिश राजपरिवारका शाही उपाधिप्राप्त सदस्यहरूलाई 'रोयल हाइनेस' भन्ने चलन छ। दरबारद्वारा जारी वक्तव्यका अनुसार "ड्यूक र डचिस अफ ससिक्स अब राजपरिवारका औपचारिक सदस्य नरहने र उनीहरूले शाही उपाधि प्रयोग गर्ने छैनन्।"

हालै ह्यारी र मेगनले आफूले राजपरिवारको 'वरिष्ठ सदस्य' को भूमिका परित्याग गर्ने र आफ्नो समय यूके तथा उत्तर अमेरिकामा बिताउने घोषणा गरेका थिए। राजपरिवारको एउटा छलफलपछि ब्रिटेनकी महारानी एलिजाबेथले मञ्जुरी दिएकी थिइन्।

नयाँ व्यवस्था यसै वर्षको वसन्त ऋतुदेखि लागु हुने दरबारले जनाएको छ। ह्यारी र मेगनले ब्रिटेनस्थित आफ्नो घर 'फ्रोगमोर कटेज'को मर्मतसम्भारका लागि खर्च भएको करदाताको २४ लाख पाउन्ड रकम फिर्ता गर्न चाहेको बताएका छन्।

महारानीले भनेकी छिन्, "ह्यारी, मेगन र आर्ची (उनीहरूका छोरा) सधैँ हाम्रो परिवारका प्रिय सदस्य रहनेछन्।" "मलाई लाग्छ पछिल्ला दुई वर्षमा कडा निगरानीका कारण उनीहरूले चुनौतीको सामना गर्नुपर्‍यो। म उनीहरूको थप स्वतन्त्र जीवन जिउने चाहनाको समर्थन गर्छु।"

यद्यपि बकिङ्घम दरबारले यी दम्पतीको आउने दिनमा कस्तो सुरक्षा व्यवस्था हुनेछ भन्नेबारे टिप्पणी नगर्ने जनाएको छ। दरबारका अनुसार उनीहरूको शाही उपाधि हटेपछि उनीहरूले पाउने सैन्य पद पनि हट्ने जनाएको छ।

वक्तव्यमा भनिएको छ, "ससिक्सका ड्यूक तथा डचेसले महारानीको औपचारिक प्रतिनिधित्व नगर्ने बताए पनि उनीहरू सधैँ मर्यादाको ख्याल गरेर नै अघि बढ्नेछन्।"

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीमानमाथि घडी बेचेको आरोप लगाउदै अलग्गिइन् सोफिया
श्रीमानमाथि घडी बेचेको आरोप लगाउदै अलग्गिइन् सोफिया
पत्नीकै मिलेमतोमा बालिका बलात्कृत
पत्नीकै मिलेमतोमा बालिका बलात्कृत
सिमसार क्षेत्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने
सिमसार क्षेत्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने
नेकपा एमालेले वाम तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादीले यस्तो निर्णय ,
नेकपा एमालेले वाम तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादीले यस्तो निर्णय ,
एनएमएका अध्यक्ष दावी गर्ने जिम्बाको यस्तो छ विगत ?
एनएमएका अध्यक्ष दावी गर्ने जिम्बाको यस्तो छ विगत ?
प्रधानमन्त्रीले भने : स्वास्थ्य सेवामा सरल र सहज पहुँचका लागि गम्भीर बनौँ
प्रधानमन्त्रीले भने : स्वास्थ्य सेवामा सरल र सहज पहुँचका लागि गम्भीर बनौँ
बङ्गलादेशी नागरिकलाई बन्धक बनाउने सात पक्राउ
बङ्गलादेशी नागरिकलाई बन्धक बनाउने सात पक्राउ
निर्मला हत्या प्रकरणः आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
निर्मला हत्या प्रकरणः आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
त्रिभुवन विश्वविद्यालय र चण्ढीगढ विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
त्रिभुवन विश्वविद्यालय र चण्ढीगढ विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
माथिल्लो चाकु ‘ए’ जलविद्युत् ९५ प्रतिशत सम्पन्न
माथिल्लो चाकु ‘ए’ जलविद्युत् ९५ प्रतिशत सम्पन्न

तपाईंले छुटाउनुभयो कि?