ल्याब तथा एक्स–रे सेवा सञ्चालन

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १४, २०७५
|
|
४१ पटक हेरिएको
Shares
ल्याब तथा एक्स–रे सेवा सञ्चालन

सारांश

  • रुकुम, पश्चिम, १४ असोज ।
  • रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आधुनिक ल्याब तथा एक्स–रे सेवा सञ्चालनमा ल्याएको छ ।
  • सो ल्याब र एक्स–रे सेवाको प्रतिनिधिसभाका सांसद एवं नेकपाका नेता जनार्दन शर्माले एक कार्यक्रमबीच शनिबार उद्घाटन गर्नुभयो ।

रुकुम, पश्चिम, १४ असोज । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आधुनिक ल्याब तथा एक्स–रे सेवा सञ्चालनमा ल्याएको छ । सो ल्याब र एक्स–रे सेवाको प्रतिनिधिसभाका सांसद एवं नेकपाका नेता जनार्दन शर्माले एक कार्यक्रमबीच शनिबार उद्घाटन गर्नुभयो ।उहाँले चुनावको बेला जनतासमक्ष गरेका प्रतिबद्धतामध्ये एउटा प्रतिबद्धता पूरा भएको बताउनुभयो । “हामीले चुनावमा गरिएका धेरैमध्ये एक प्रतिबद्धता पूरा गरेका छौँ”, उहाँले भन्नुभयो, “अब यहाँका नागरिकले ल्याब र एक्स–रे सेवाका लागि टाढा जानुपर्ने र यसकै लागि धेरै पैसा खर्च गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ, अब हाम्रो मुख्य काम भनेको शिक्षा, स्वास्थ्य र उत्पादनमा जोड दिने हुनेछ ।”

गाउँपालिकावासीलाई स्थानीय तहमै भरपर्दो स्वास्थ्य सेवा दिने अभियानअन्तर्गत ल्याब र एक्स–रे सेवा सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।गाउँपालिका अन्तर्गतको सिम्ली स्वास्थ्य चौकीमा आधुनिक ल्याब तथा सादा एक्स–रे सेवा शुरु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक लोकेन्द्रबहादुर डाँगीले जानकारी दिनुभयो । गाउँपालिकाको रु १५ लाख बजेटबाट ल्याब र एक्स–रे सेवा सञ्चालनमा ल्याइएको हो ।भ्रष्टलाई पदमा बस्ने अधिकार छैन: शर्मा

यसैगरी सांसद शर्माले भ्रष्टहरुलाई एक छिन पनि पदमा बस्ने अधिकार नभएको बताउनुभएको छ ।
रुकुम पश्चिमका जनप्रतिनिधि र कर्मचारीहरुसँगको भेटमा उहाँले जनताका आकाङ्क्षाअनुसार काम नगरेर कुनै किसिमको अड्को थाप्ने काम जनप्रतिनिधि र कर्मचारी जसले गरे पनि त्यो सह्य नहुने उहाँले चेतावनी दिनुभयो ।उहाँले रुकुम पश्चिमबाट समाजवादको अभ्यास गर्न आफूहरु लागिपरेको र गन्तव्यमा पुग्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेकाले जनताको हरेक मागअनुसार कुशलतापूर्वक काम गर्न स्थानीय सरकार तदारुकताका साथ लागि पर्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?