वनका कर्मचारीको यस्तो मनपरि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १२, २०७५
|
|
३२ पटक हेरिएको
Shares
वनका कर्मचारीको यस्तो मनपरि

सारांश

  • काठमाडौं ।
  • वनकै कर्मचारीले राजश्व छलेको भन्दै मुद्दा दर्ता भएको छ ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड ४८ लाख ७९ हजार ६८० बराबर भ्रष्टाचार गरेको अभियोगमा जिल्ला वन कार्यालय, डोल्पाका तीन कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

काठमाडौं । वनकै कर्मचारीले राजश्व छलेको भन्दै मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड ४८ लाख ७९ हजार ६८० बराबर भ्रष्टाचार गरेको अभियोगमा जिल्ला वन कार्यालय, डोल्पाका तीन कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार निजी जग्गाबाट जडीबुटी संकलन गरेको भनी नक्कली कागजात तयार पारी भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेपछि मुद्दा दर्ता गरिएको हो ।
अख्तियारले डोल्पाका तत्कालीन वन अधिकृत रामविचारी ठाकुर, फरेस्टरद्वय रुद्रबहादुर बुढा, भीमबहादुर बुढालाई जनही १ करोड ४८ लाख ७९ हजार ६८० बराबरको भ्रष्टाचार गरेको अभियोगपत्र दर्ता भएको छ ।

उनीहरुले सामुदायिक तथा राष्ट्रिय वनबाट सङ्कलन भएको एक लाख ८५ हजार ९९६ किलोग्राम जटामसी जिल्लाबाहिर लैजान छोडपुर्जी दिई, आफैँ मुचुल्का, प्रतिवेदन तयार गरेको र सरकारी राजश्वमा जम्मा नपारी भ्रष्टाचार गरेको उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?