वर्षा अझै २ दिन जारी रहने

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ २७, २०७६
|
|
४८ पटक हेरिएको
Shares
वर्षा अझै २ दिन जारी रहने

सारांश

  • मनसुन २६ असारबाट निकै सक्रिय भएर अझै दुई दिन रहनेछ ।
  • जल तथा मौसम विज्ञान विभागका अनुसार मध्य तराई क्षेत्रमा शसक्त न्यून चापीय प्रणाली विकसित भएकाले अविरल वर्षाको सम्भावना अझै दुई दिन रहनेछ ।
  •  विभागले प्रेस विज्ञप्ति जारी गरी मध्य तथा पूर्वी नेपालको पहाडी र तराई क्षेत्रहहरुमा अविरल वर्षा भई विहान देखि बाग्मती र कमलालगायत सो क्षेत्रका स साना नदीहरुमा समेत बाढीले खतराको तह पार गरेको जनाएको छ ।

मनसुन २६ असारबाट निकै सक्रिय भएर अझै दुई दिन रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार मध्य तराई क्षेत्रमा शसक्त न्यून चापीय प्रणाली विकसित भएकाले अविरल वर्षाको सम्भावना अझै दुई दिन रहनेछ । विभागले प्रेस विज्ञप्ति जारी गरी मध्य तथा पूर्वी नेपालको पहाडी र तराई क्षेत्रहहरुमा अविरल वर्षा भई विहान देखि

बाग्मती र कमलालगायत सो क्षेत्रका स साना नदीहरुमा समेत बाढीले खतराको तह पार गरेको जनाएको छ ।  विभागले अबको दुई दिन जारी रहने वर्षाका समयमा उच्च सतकर्ततामा रहन भनेको छ ।

यो पनि पढ्नुस्
जनकपुर जलमग्न
जनकपुर। अविरल वर्षाका जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन्। बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण उपमहानगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका हुन्। जनकपुरका प्रायःजसो सडक र सरकारी कार्यालयमा पानी जमेको छ भने गहिरो स्थानको घरभित्र पानी पसेको छ।

जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान, जनकपुर विमानस्थल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुर अञ्चल अस्पताल, जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला हुलाक कार्यालय, प्रदेश २ स्वास्थ्य निर्देशनालय, उद्योग वाणिज्य सङ्घ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर जलमग्न भएको छ।

यद्यपि अविरल वर्षाले कुनै अप्रिय घटना अहिलेसम्म नभएको र वर्षाले भएको क्षतिको तथ्याङ्क सङ्कलन काम भइरहेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। एशियाली विकास बैंकको एकीकृत शहरी विकास परियोजनाद्वारा नगरमा भइरहेको सडक स्तरोन्नति कार्यक्रममा ढल व्यवस्थापन राम्रोसँग नगरेका कारण पानीको निकास हुन नसकेर नगरका अधिकांश क्षेत्र जलमग्न भएका हुन्। बस्तीहरू समेत डुबानमा परेर स्थानीयवासी मर्कामा छन्।

विगतमा नगरको पानीको निकास जलाद र दूधमती नदीमा हुने गरेकामा हाल आएर नाला सफा नगरेका कारण सो समस्या उत्पन्न भएको बताइन्छ। वर्षाले अधिकांश सरकारी कार्यालय पनि डुबानमा परेका छन् । धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीमा निरन्तर रुपमा पानीको सतह बढ्दै गएपछि सर्वसाधारणलाई सचेत गराइएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कनेलका अनुसार धनुषा र सिरहा जिल्लाको सीमाका रुपमा रहेको कमला नदीमा अविरल वर्षाका कारण जलस्तर बढ्दै गएकाले कमला छेउछाउका सर्वसाधारणहरुलाई सचेत गराउँदै सतर्क रहन आग्रह गरिएको छ।

निरन्तर वर्षाका कारण जलस्तर बढ्दै गएकाले हुन सक्ने सम्भावित घटनाको न्यूनीकरणका लागि कमला छेउछाउका ग्रामीण भेगमा सुरक्षाकर्मीलाई सचेत गराई तयारी अवस्थामा राखिएको धनुषाका प्रजिअ कनेलले जानकारी दिए।

समग्र जिल्लाको अवस्था अहिलेसम्म सामान्य रहेको छ तर जनकपुरको नालामा पानीको बहाव रोकिएकाले ठाउँठाउँमा पानी जमेको बताउँदै प्रजिअ कनेलले कर्मचारी र प्रहरीको सहयोगमा त्यसलाई निराकरण गर्ने प्रयास भइरहेको जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेवातालमा पर्यटक सुरक्षाका लागि प्रहरीको आकस्मिक एक्सनः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक पक्राउ
फेवातालमा पर्यटक सुरक्षाका लागि प्रहरीको आकस्मिक एक्सनः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक पक्राउ
महिलामा राजनीतिक प्रतिस्पर्धात्मक क्षमता बढेको छःराष्ट्रपति
महिलामा राजनीतिक प्रतिस्पर्धात्मक क्षमता बढेको छःराष्ट्रपति
यसरी विवाहको पहिलो वार्षिकोत्सव मनाउँदैछन् रणवीर दीपिका
यसरी विवाहको पहिलो वार्षिकोत्सव मनाउँदैछन् रणवीर दीपिका
हर्न बजाउने ३४ हजार सवारीसाधन कारवाहीमा
हर्न बजाउने ३४ हजार सवारीसाधन कारवाहीमा
चीन र उत्तर कोरियालाई लक्षित गर्दै एसियामा क्षेप्यास्त्र राख्दै अमेरिका
चीन र उत्तर कोरियालाई लक्षित गर्दै एसियामा क्षेप्यास्त्र राख्दै अमेरिका
गण्डकी विकास बैंक लि .Best Managed Development Bank Award वाट सम्मानित
गण्डकी विकास बैंक लि .Best Managed Development Bank Award वाट सम्मानित
पाँचौँ भूकम्प स्मृति दिवसमा राष्ट्रपतिको सन्देश
पाँचौँ भूकम्प स्मृति दिवसमा राष्ट्रपतिको सन्देश
त्रिशूली जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन सुरु
त्रिशूली जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन सुरु
भतरपुर महानगरको विवादबारे आज सर्वोच्चमा सुनुवाइ हुँदै, कस्तो आउला निर्णय ?
भतरपुर महानगरको विवादबारे आज सर्वोच्चमा सुनुवाइ हुँदै, कस्तो आउला निर्णय ?
ओली नेतृत्वको स्थिर सरकार,नेपाली जनताको चाहना : भाजपा नेता विजय जोली ( भिडियो अन्तर्वार्ता)
ओली नेतृत्वको स्थिर सरकार,नेपाली जनताको चाहना : भाजपा नेता विजय जोली ( भिडियो अन्तर्वार्ता)

तपाईंले छुटाउनुभयो कि?