वाइडबडी भ्रष्टाचार : परिमार्जित प्रतिवेदनमाथि आज लेखा समितिमा छलफल हुँदै

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष २३, २०७५
|
|
४० पटक हेरिएको
Shares
वाइडबडी भ्रष्टाचार : परिमार्जित प्रतिवेदनमाथि आज लेखा समितिमा छलफल हुँदै

सारांश

  • काठमाडाैँ ।
  •  वाइडबडी विमान खरिदमा भएकाे अनियमितताबारे संसदीय उपसमितिले तयार पारेकाे प्रतिवेदनमा आज छलफल हुने भएको छ ।
  • संघीय संसदकाे प्रतिनिधिसभा अन्तरगतकाे सार्वजनिक लेखा समितिको बैठकमा उपसमितिले तयार पारेको साे परिमार्जनसहितकाे प्रतिवेदनमाथि छलफल हुने भएको हो ।

काठमाडाैँ । वाइडबडी विमान खरिदमा भएकाे अनियमितताबारे संसदीय उपसमितिले तयार पारेकाे प्रतिवेदनमा आज छलफल हुने भएको छ ।

संघीय संसदकाे प्रतिनिधिसभा अन्तरगतकाे सार्वजनिक लेखा समितिको बैठकमा उपसमितिले तयार पारेको साे परिमार्जनसहितकाे प्रतिवेदनमाथि छलफल हुने भएको हो ।

नेपाली कांग्रेसका सांसद राजन केसीको संयोजकत्वमा गठित उपसमितिले वाइड बडी विमान खरिदमा ४ अर्ब ३५ करोड भन्दा बढीको भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो । उपसमितिले बहालवाला मन्त्री रवीन्द्र अधिकारीसहित दुई पूर्व मन्त्री तथा मन्त्रालयका बहालवाला तथा पूर्व सचिव एवम् निगमका अधिकारीमाथि कारवाहीको सिफारिस गरेको छ ।

उपसमितिको प्रतिवेदनमाथि शुक्रबारदेखि समितिमा छलफल सुरु भएको हो । शुक्रबार भएको छलफलमा सत्ता पक्षका सांसदले उपसमितिको प्रवितेदन सन्तुलित नरहेको आरोप लगाएका थिए । उनीहरुले उपसमितिले नियोजित रुपमा प्रतिवेदन तयार पारेको भनेका थिए भने कांग्रेसका सांसदले प्रतिवेदन सही रहेको बताएका थिए ।

बैठकले समितिका सभापति भरतकुमार शाहलाई प्रतिवेदनमा केही परिमार्जन गर्न अधिकार दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफूले लगेका अन्तरिक्षयात्रीबिनै बोइङको स्टारलाइनर अन्तरिक्षयान पृथ्वी फिर्ता
आफूले लगेका अन्तरिक्षयात्रीबिनै बोइङको स्टारलाइनर अन्तरिक्षयान पृथ्वी फिर्ता
भरतपुर १९ मा ,भोलि (शुक्रबार) हुने मतदान स्थलको   एक सय मिटर वरपर निषेधित क्षेत्र घोषणा……..
भरतपुर १९ मा ,भोलि (शुक्रबार) हुने मतदान स्थलको एक सय मिटर वरपर निषेधित क्षेत्र घोषणा……..
गोंगबुमा प्रहरीले गोली चलायो,तामाङ घाइते
गोंगबुमा प्रहरीले गोली चलायो,तामाङ घाइते
अर्जेन्टिनाले जित्यो विश्वकप
अर्जेन्टिनाले जित्यो विश्वकप
अनमोल केसीको फिल्म ‘कृ’मा आमाको कटाक्ष किन ?
अनमोल केसीको फिल्म ‘कृ’मा आमाको कटाक्ष किन ?
मतदाता भन्छन्–यस पटक मत सदुप्रयोग होस्
प्रचण्डले भने ” देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्”
प्रचण्डले भने ” देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्”
काङग्रेसद्वारा राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयकमाथि ध्यानाकर्षण
काङग्रेसद्वारा राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयकमाथि ध्यानाकर्षण
महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिटानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने
महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिटानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने
रवि र छविमाथि प्रहरीले बढायो निगरानी, पक्राउ गर्ने तयारी !
रवि र छविमाथि प्रहरीले बढायो निगरानी, पक्राउ गर्ने तयारी !

तपाईंले छुटाउनुभयो कि?