विद्यार्थीहरुद्वारा रक्तदान गरी सहिदको सम्झना
सारांश
- दाङ ।
- सहिद दिवसको अवसरमा अखिल क्रान्तिकारी दाङले रक्त सञ्चार केन्द्र घोराहीमा रक्तदान गरेको छ ।
- अखिल क्रान्तिकारी दाङका संयोजक जङ्ग रोका, पूर्व अध्यक्ष सुमन रोका, अञ्जली पुन, भीमबहादुर पुन, प्रकाश पुन, कविता घले मगर, विनोद घर्ती मगर, किशन वली, चन्द्र शिर्पाइली र अर्जुन विश्वकर्माले रक्तदान गरेका हुन् ।
दाङ । सहिद दिवसको अवसरमा अखिल क्रान्तिकारी दाङले रक्त सञ्चार केन्द्र घोराहीमा रक्तदान गरेको छ ।
अखिल क्रान्तिकारी दाङका संयोजक जङ्ग रोका, पूर्व अध्यक्ष सुमन रोका, अञ्जली पुन, भीमबहादुर पुन, प्रकाश पुन, कविता घले मगर, विनोद घर्ती मगर, किशन वली, चन्द्र शिर्पाइली र अर्जुन विश्वकर्माले रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रम हुनुपूर्व क्रान्तिकारीले सहिदहरुको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको थियो ।
संयोजक जङ्ग रोकाको अध्यक्षतामा एवं अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज सन्तोष पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संगठनका पूर्व जिल्ला अध्यक्ष सुमन रोका, प्रेस सेन्टर दाङका सचिव पाण्डव शर्मा, पूर्व विद्यार्थी नेता विनोद घर्ती, रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक ठाकुर पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रकाश पुनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन प्रदीप विष्टले गरेका थिए ।
प्रतिक्रिया