विप्लवका कार्यकर्तामाथि कडा निगरानी बढाउँदै

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन १०, २०७४
|
|
३६ पटक हेरिएको
Shares
विप्लवका कार्यकर्तामाथि कडा निगरानी बढाउँदै

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं, १० फागुन – गृह मन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि निगरानी बढाएको छ। पछिल्ला दिनमा भौतिक संरचनासहित व्यक्तिगत सम्पत्तिमाथि विप्लव नेतृत्वको माओवादीले आक्रमण गरी आतंक फैलाइरहेको छ। आजको अन्नपूर्ण पोष्टमा शम्भु कट्टेलले खबर लेखेका छन् ।

गृहले विप्लवका कार्यकर्ता हिंसात्मक गतिविधिमा उत्रिएपछि उनीहरूलाई सभा, सम्मेलनलगायत गतिविधि गर्न नदिन र संगठित भएको पाइए तत्कालै पक्राउ गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ।

गृहले हिंसात्मक गतिविधिमा संलग्न भएको पाइए विप्लवका नेता–कार्यकर्तामाथि तत्काल मुद्दा चलाउनसमेत निर्देशन दिएको छ।

मंसिरमा भएका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका बेला यो पार्टीका नेता–कार्यकर्ताले मुलुकका विभिन्न स्थानमा हिंसात्मक घटना गराई आतंक फैलाएका थिए।

केही समय साम्यजस्तो देखिएका उनीहरू पुनः भौतिक संरचना र भ्रष्टाचारीका नाममा व्यक्ति विशेषका सम्पत्तिमाथि आक्रमण गर्न थालेपछि गृहले उनीहरूमाथि कडा निगरानी गर्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ।

गृहले संविधान र कानुनविरोधी काम गर्ने समूह वा व्यक्तिका गतिविधि माथि कडा निगरानी गरिएको जनाएको छ। उसले त्यस्ता अवाञ्छित गतिविधिमा सक्रिय हुने जोकोहीमाथि मुद्दा लगाइने र निगरानीका लागि सुरक्षा निकायलाई निर्देशन दिइएको जनाएको छ।

गृहप्रवक्ता नारायणप्रसाद दवाडीले शान्ति सुरक्षामा खलल पार्न खोज्ने व्यक्तिउपर कडा निगरानी गरिएको बताए।

दवाडीले अन्नपूर्णसँग भने, ‘जनमानसमा अशान्ति र भय सिर्जना गर्न खोज्नेमाथि सुरक्षा कारबाहीसमेत हुन्छ।’ उनले एनसेललगायत संरचनामा आक्रमण गर्ने विप्लव कार्यकर्ताको खोजी भइरहेको जनाए।

गृहले मुलुकभरका विप्लवका नेता–कार्यकर्ताको अभिलेख बनाई सोहीबमोजिम निगरानी र आवश्यक कारबाही गर्नसमेत सुरक्षा निकायलाई निर्देशन दिएको छ।

विप्लव कार्यकर्ताले मंगलबार उपत्यकालगायत मुलुकका केही स्थानमा शंकास्पद वस्तु राखेर सर्वसाधारणलाई आतंकित गरेका थिए।

प्रहरीले फागुन ६ मा विराटनगरको गुद्री बजारबाट नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली र पोलिटब्युरो सदस्य पदमबहादुर राईलगायत कार्यकर्तालाई नियन्त्रणमा लिएपछि उनीहरूको हिंसात्मक गतिविधिमा बढोत्तरी आएको हो।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Vikram Singh

    Yes

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि शहीद सप्ताह सुरु, यस्ता छन् कार्यक्रम
आजदेखि शहीद सप्ताह सुरु, यस्ता छन् कार्यक्रम
बक्यौता रकम नतिर्ने उद्योगहरुको काटिएको लाइन जोड्ने विद्युत प्राधिकरणको निर्णय
बक्यौता रकम नतिर्ने उद्योगहरुको काटिएको लाइन जोड्ने विद्युत प्राधिकरणको निर्णय
दुर्घटनामा ५ जनाको मृत्यु
दुर्घटनामा ५ जनाको मृत्यु
प्रचण्डले ओलीको प्रशंसा गर्दै भने – ‘चुनावमा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभयो
प्रचण्डले ओलीको प्रशंसा गर्दै भने – ‘चुनावमा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभयो
हातमा कूँचो लिएर राजमार्ग सफाइ गर्ने बस्नेत भन्छन,’राजनीतिमा विश्राम भन्ने कुनै शब्दावली नै हुँदैन
हातमा कूँचो लिएर राजमार्ग सफाइ गर्ने बस्नेत भन्छन,’राजनीतिमा विश्राम भन्ने कुनै शब्दावली नै हुँदैन
श्रम स्वीकृतिका लागि बैंक खाता अनिवार्य
श्रम स्वीकृतिका लागि बैंक खाता अनिवार्य
नेपालमा सेक्स टाेएका प्रयाेगकर्ता, नेता देखि कलाकार सबैले गर्छन् यसकाे प्रयाेग !
नेपालमा सेक्स टाेएका प्रयाेगकर्ता, नेता देखि कलाकार सबैले गर्छन् यसकाे प्रयाेग !
गाईलाई राष्ट्रिय जनावर बनाउन नहुने मागसहित नाङ्गै प्रदर्शन (भिडियोसहित)
गाईलाई राष्ट्रिय जनावर बनाउन नहुने मागसहित नाङ्गै प्रदर्शन (भिडियोसहित)
ब्याडमिन्टन एसिया क्षेत्रीय प्रतियोगिता हुने
ब्याडमिन्टन एसिया क्षेत्रीय प्रतियोगिता हुने
बालकृष्ण ढुंगेललाई स्वागत गर्दै बबाबुराम भट्टराइले सरकार संग राखे यस्तो माग !
बालकृष्ण ढुंगेललाई स्वागत गर्दै बबाबुराम भट्टराइले सरकार संग राखे यस्तो माग !