विमानस्थलबारे दुई मन्त्रालयबीच कुनै विमति छैनः मन्त्री बस्नेत

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन ७, २०७५
|
|
३५ पटक हेरिएको
Shares
विमानस्थलबारे दुई मन्त्रालयबीच कुनै विमति छैनः मन्त्री बस्नेत

सारांश

  • काठमाडौँ, ७ असोज ।
  • वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे आफ्नो मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच कुनै विमति नरहेको स्पष्ट पारेका छन् ।
  • राष्ट्रिय संरक्षण दिवसका अवसरमा ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा आज आयोजित कार्यक्रममा उनले विमानस्थल निर्माणबारे दुवै मन्त्रालयबीच समन्वयात्मक रुपमा छलफल चलिरहेको बताए ।

काठमाडौँ, ७ असोज । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे आफ्नो मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच कुनै विमति नरहेको स्पष्ट पारेका छन् । राष्ट्रिय संरक्षण दिवसका अवसरमा ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा आज आयोजित कार्यक्रममा उनले विमानस्थल निर्माणबारे दुवै मन्त्रालयबीच समन्वयात्मक रुपमा छलफल चलिरहेको बताए । मन्त्री बस्नेतले भने, “दुवै मन्त्रालयको समान धारणा छ, विमानस्थल जसरी पनि बन्नुपर्छ,” उनले भने ।

उनले मुलुकको आवश्यकताले अर्काे अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउनु परेको भन्दै त्यसबारे नकारात्मक बहस नगर्न सम्बद्ध पक्षलाई आग्रह गरे । “मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताले नधान्ने अवस्थामा पुगेकाले विकल्पका रुपमा निजगढ विमानस्थल निर्माण गर्न लागिएको हो” उनले भने । विमानस्थल निर्माणबारे केहीले सकारात्मक चिन्ता जाहेर गरेको, केहीले स्थानीय स्वार्थ र केहीले राजनीतिक स्वार्थका आधारमा बहस चलाएको भन्दै उनले सकारात्मक चासोको सम्मान गर्दै सरकारले विमानस्थल निर्माण गरेरै छाड्ने अठोट व्यक्त गरे। कमभन्दा कम वातावरणीय क्षतिमा विमानस्थल बनाउनुपर्ने विषयमा आफू सचेत र स्पष्ट रहेको मन्त्री बस्नेतले बताए ।

“विमानस्थल बन्नुपर्छ, त्यो न्यूनतम वातावरणीय क्षतिमा हुनुपर्छ”, मन्त्री बस्नेतले भने, “कमभन्दा कम क्षतिमा विमानस्थल बन्नुपर्छ भन्नेमा सरकारको स्पष्ट दृष्टिकोण छ ।” सकारात्मक चासो, चिन्ता र जिम्मेवारी बोधसहित जैविक विविधताको संरक्षणबारे उठाइएका सवालहरुको भने सरकारले उचित सम्मान तथा सम्बोधन गर्ने मन्त्री बस्नेतले प्रतिबद्धता व्यक्त गरे। वातावरण र विकासलाई एकअर्काका विरोधी पक्षका रुपमा नभई पूरकका रुपमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा तत्कालीन वन तथा भू–संरक्षणमन्त्री गोपाल राईसहित २४ वातावरण संरक्षणकर्मीको निधन भएको थियो । सोही दिनको सम्झनामा वन मन्त्रालयले हरेक वर्ष असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसका रुपमा मनाउँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशीमा रास्वपालाई हर्क साम्पाङको अवरोध, ६ निर्वाचन क्षेत्रमा अग्रता
कोशीमा रास्वपालाई हर्क साम्पाङको अवरोध, ६ निर्वाचन क्षेत्रमा अग्रता
धन्न जोगिए मन्त्री लालबाबु, हातपातको प्रयास
धन्न जोगिए मन्त्री लालबाबु, हातपातको प्रयास
प्रधानमन्त्री ओली राजीनामा दिन तयार, ‘कोरोनापछि वामदेव गौतम प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष’
प्रधानमन्त्री ओली राजीनामा दिन तयार, ‘कोरोनापछि वामदेव गौतम प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष’
साहित्यका क्षेत्रमा योगदान दिएका स्रष्टा सम्मानित !
साहित्यका क्षेत्रमा योगदान दिएका स्रष्टा सम्मानित !
प्रहरी थुनाभित्रै एक युवा मारिएपछि सिमलामा तनाव
प्रहरी थुनाभित्रै एक युवा मारिएपछि सिमलामा तनाव
सरकार आधारभूत स्वास्थ्यसेवा निःशुल्क गर्न लागेको छ : मन्त्री बस्नेत
सरकार आधारभूत स्वास्थ्यसेवा निःशुल्क गर्न लागेको छ : मन्त्री बस्नेत
फोहोरको नाममा राजनीति गर्न नपाइने
फोहोरको नाममा राजनीति गर्न नपाइने
प्रधानमन्त्री देउवा आजै राजिनामा दिने तयारीमा
प्रधानमन्त्री देउवा आजै राजिनामा दिने तयारीमा
३ महिना भित्र नेकपाको प्रदेश, जिल्ला र स्थानीय कमिटी बन्ने, खाका यस्तो बन्यो
३ महिना भित्र नेकपाको प्रदेश, जिल्ला र स्थानीय कमिटी बन्ने, खाका यस्तो बन्यो
कुन हो रजनीकान्तको आउँदै गरेको फिल्म ?
कुन हो रजनीकान्तको आउँदै गरेको फिल्म ?

तपाईंले छुटाउनुभयो कि?