विराटनगर आँखा अस्पतालले निःशुल्क आँखा परीक्षण जाँच गरिदिने

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र १५, २०७६
|
|
५६ पटक हेरिएको
Shares
विराटनगर आँखा अस्पतालले निःशुल्क आँखा परीक्षण जाँच गरिदिने

सारांश

  • विराटनगर आँखा अस्पतालले नगरका सामुदायिक विद्यालयका विद्यार्थीहरुको दृष्टिदोष हटाउन आजदेखि सम्पूर्ण सुविधायुक्त ‘भिजन भ्यान’ गाडीभित्र नै आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ ।
  • अरविश इन्टरनेशनलले रिच प्रोग्रामअन्तर्गत रु ३२ लाख ७२ हजार र नेपाल नेत्र ज्योति सङ्घ मोरङको रु १० लाख गरी रु ४२ लाख ७२ हजारको उक्त भ्यानमा विद्यालयका सम्पूर्ण विद्यार्थीको आँखा परीक्षण गर्नाका साथै चस्मासमेत निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
  • उक्त भ्यानमामा दृष्टि परीक्षण उपकरण, स्लिट लेम्प, टोनोमिटर, फनडस जाँच तथा तुरुन्त चस्मा तयार व्यवस्था गरिएको छ ।

विराटनगर आँखा अस्पतालले नगरका सामुदायिक विद्यालयका विद्यार्थीहरुको दृष्टिदोष हटाउन आजदेखि सम्पूर्ण सुविधायुक्त ‘भिजन भ्यान’ गाडीभित्र नै आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ ।अरविश इन्टरनेशनलले रिच प्रोग्रामअन्तर्गत रु ३२ लाख ७२ हजार र नेपाल नेत्र ज्योति सङ्घ मोरङको रु १० लाख गरी रु ४२ लाख ७२ हजारको उक्त भ्यानमा विद्यालयका सम्पूर्ण विद्यार्थीको आँखा परीक्षण गर्नाका साथै चस्मासमेत निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

उक्त भ्यानमामा दृष्टि परीक्षण उपकरण, स्लिट लेम्प, टोनोमिटर, फनडस जाँच तथा तुरुन्त चस्मा तयार व्यवस्था गरिएको छ । वातानुकूलित भ्यानको अगाडिपट्टि टेलिभिजन राखी विभिन्न जनचेतना जागृत गराउने सामग्रीसमेत प्रदर्शन गरिने भएको छ ।विद्यार्थीहरुको परीक्षणपश्चात् शल्य चिकित्सा गर्नुपर्ने भएमा विराटनगर आँखा अस्पतालमा निःशुल्क उपचार गराउने व्यवस्था गरिएको छ । भ्यान सञ्चालनले आगामी तीन वर्षभित्र तीन लाख विद्यालयका बालबालिकाको आँखा परीक्षण गर्नाका साथै चस्मा वितरण गरिने लक्ष्य लिइएको छ ।

विराटनगर उपमहानगरपालिका प्रमुख भीम पराजुलीले गायत्री संस्कृत माविमा आज भ्यानको उद्घाटन कार्यक्रममा आर्थिकरूपमा कमजोर रहेका सामुदायिक विद्यालयका विद्यार्थीलाई सेवा पु¥याउन शुरु गरिएको सेवाप्रति हर्ष प्रकट गर्नुभयो ।उहाँले महानगरपालिकाले गत वर्षदेखि नगरमा रहेका आँखा अस्पतालसँग समन्वय गरी मोतियाविन्दुरहित अभियान सञ्चालन गरी निःशुल्करूपमा नगरवासीलाई शल्यक्रिया सेवा उपलब्ध गराएको जानकारी दिनुभयो ।

पूर्वाञ्चल आँखा उपचार समन्वय समितिका संयोजक सुधीर ठाकुरले विगत ३६ वर्षको अवधिमा लहान र विराटनगर आँखा अस्पतालले ८० लाख जनताको आँखा परीक्षण र १४ लाखको शल्यक्रिया गरेको जानकारी दिनुभयो ।अरविश इन्टरनेशल बेलायतका डेबिट ब्रुस फ्रुस्टेन स्थलगतरूपमा विद्यालयमा विद्यार्थीको दृष्टिदोष परीक्षण भ्यानको सुविधायुक्तले प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

विराटनगर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्यामुकमार पोखरेल, सदस्य पद्मनारायण चौधरी र अरविश इन्टरनेशलका भारत निर्देशक ऋषि बोहराले नियमित आँखा परीक्षणले बालबालिकामा दृष्टिदोष समस्या समाधानमा सहज हुने बताउनुभयो । विद्यार्थीहरुमा हुने दृष्टिदोषमा सामुदायिक विद्यालयमा तीन प्रतिशत रहेको छ भने संस्थागततर्फ नौ प्रतिशत रहेको सोही अवसरमा बताइयो ।विराटनगर आँखा अस्पतालले सन् २०१८ मा पाँच लाख ५० हजार सर्वसाधारणको आँखा परीक्षण गर्नाका साथै ७१ हजारको शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । विद्यालयमा अध्ययनरत तीन सय बालबालिकाको आँखा आज परीक्षण गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोलि पूर्वराजाका नातिको व्रतबन्ध, राष्ट्रपतिसहित ३ हजारलाई निम्तो
मनसुन शुरुभएयता बाढीपहिरोले १०१ को मृत्यु, ५१ वेपत्ता
मनसुन शुरुभएयता बाढीपहिरोले १०१ को मृत्यु, ५१ वेपत्ता
राष्ट्रियसभामा ९ पार्टीका ८२ जनाको उम्मेदवारी
राष्ट्रियसभामा ९ पार्टीका ८२ जनाको उम्मेदवारी
टी-२० विश्वकपः भारतको विजयी सुरूवात, आयरल्याण्ड ८ विकेटले पराजित
टी-२० विश्वकपः भारतको विजयी सुरूवात, आयरल्याण्ड ८ विकेटले पराजित
डिस होमको नयाँ अफर ‘डिलर दाईको डिस्काउन्ट’
डिस होमको नयाँ अफर ‘डिलर दाईको डिस्काउन्ट’
मानव अधिकारकर्मी कृष्ण पहाडिसहित  २ दर्जन भन्दा बढी मानव अधिकारकर्मी पक्राउ
मानव अधिकारकर्मी कृष्ण पहाडिसहित २ दर्जन भन्दा बढी मानव अधिकारकर्मी पक्राउ
सरकारी अनुदानमा खुलेको चिया कारखानाद्वारा साढे ८ करोडको चिया बिक्री
सरकारी अनुदानमा खुलेको चिया कारखानाद्वारा साढे ८ करोडको चिया बिक्री
अदालतले भेटेन एनसेल किन्ने–बेच्ने, म्याद तामेलीमा समस्या
अदालतले भेटेन एनसेल किन्ने–बेच्ने, म्याद तामेलीमा समस्या
जेलमा दंगा हुँदा ५२ कैदीबन्दीको मृत्यु
जेलमा दंगा हुँदा ५२ कैदीबन्दीको मृत्यु
विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लगिने छ : प्रधानमन्त्री
विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लगिने छ : प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?