विश्वकप छनोटः नेपालको लज्जास्पद हार

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र २०, २०७६
|
|
४५ पटक हेरिएको
Shares
विश्वकप छनोटः नेपालको लज्जास्पद हार

सारांश

  • काठमाडौं ।
  • कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत एसिया छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ ।
  • बिहिबार राति भएको पहिलो खेलमा नेपालले कुवेतसँग उसैको मैदानमा ७–० गोलको लज्जास्पद हार व्यहोरेको हो ।

काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत एसिया छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ । बिहिबार राति भएको पहिलो खेलमा नेपालले कुवेतसँग उसैको मैदानमा ७–० गोलको लज्जास्पद हार व्यहोरेको हो ।

जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा कुवेतलाई जित दिलाउन युसेफ नासिरले दुई गोल गरे । यस्तै अब्दुल्लाह मावी र फहाद अल हाजेरी, बदेर अल मुट्वा, रिडा हानि र हुसेन अल मोसाविले एक एक गोल गरे ।

बलियो टिम कुवेतविरुद्ध पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप पाँच गोल खाएको थियो । खेलको छैटौं मिनेटमा नासिरले गोल गर्दै कुवेतलाई सुरुवाती अग्रता दिलाएका थिए । १४ औं मिनेटमा अल हाजेरीले गोल गर्दै कुवेतलाई पहिलो हाफमा २– को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा नेपालमाथि कुवेतले गोलको वर्षा गर्यो । खेलको ५१ औं मिनेटमा नासिरले व्यक्तिगत दोस्रो गोल कुवेतलाई ३–० को अग्रता दिलाए । ५९ औं मिनेटमा अब्दुल्लाहले गोल गर्दा कुवेत ४–० ले अघि रह्यो ।

खेलको ८६ औं मिनेटमा अल मुट्वाले गोल गर्दै घरेलु टोलीको अग्रता ५–० को बनाए । त्यसपछि थप गरिएको इन्जुरी समयमा नेपालले दुई गोल खायो । इन्जुरी समयको चौंथो मिनेटमा हानिले गोल गर्दै कुवेतको अग्रता ६–० र इन्जुरी समयको सातौं मिनेटमा मोसाविले गोल गर्दै कुवेतलाई ७–० को जित दिलाए ।

कुवेतसँगको फराकिलो हारसँगै समूह बीुको नेपालले विश्वकप छनोटमा खराब सुरुवात गरेको छ । कुवेतले भने पहिलो खेलमा ३ अंक जोडेको छ ।यस समूहमा जोर्डनले पनि विजयी सुरुवात गरेको छ । जोर्डनले चाईनिज ताईपेलाई २–१ गोल अन्तरले पराजित गरेको छ । अब नेपालले भदौ २४ गते ताईपेसँग उसैको मैदानमा खेल्नेछ ।

(https://basicbluesnation.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?