विश्वभर आत्महत्याको दर घट्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २४, २०७५
|
|
३३ पटक हेरिएको
Shares
विश्वभर आत्महत्याको दर घट्यो

सारांश

  • पेरिस,२४ माघ ।
  • सन् १९९० यता विश्वभर नै एक तिहाईभन्दा बढीले आत्महत्याका घटनामा कमी आएको एक अध्ययनले देखाएको छ ।
  • विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा आत्महत्या गर्ने महिला र पुरुषको संख्यामा निकै ठूलो भिन्नता रहेको उल्लेख छ ।

पेरिस,२४ माघ । सन् १९९० यता विश्वभर नै एक तिहाईभन्दा बढीले आत्महत्याका घटनामा कमी आएको एक अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा आत्महत्या गर्ने महिला र पुरुषको संख्यामा निकै ठूलो भिन्नता रहेको उल्लेख छ ।

विश्वको स्वास्थ्य स्थितिका बारेमा अध्ययन, अनुसन्धान र कार्यक्रम सञ्चालन गर्ने डब्लुएचओले आत्महत्यालाई गम्भीर जनस्वास्थ्य समस्याका रुपमा सूचीकृत गरेको छ । डब्लुएचओका अनुसार हरेक वर्ष कम्तीमा आठ लाख मानिसको मृत्यु आत्महत्याबाट हुने गरेको छ ।

बीएमजे जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा सन् २०१६ मा विश्वभर करिब ८ लाख १७ हजारले आत्महत्या गरेको उल्लेख छ । सन् १९९० को तुलनामा यो ६ दशमलब ७ प्रतिशतको वृद्धि हो ।

तर, विगत तीन दशकमा जनसंख्यामा भएको तीव्र वृद्धिसँगै उमेर र जनसंख्याको आकारका दृष्टिबाट आत्महत्याको दरमा प्रति एक लाख मृत्यु १६।६ प्रतिशतबाट घटेर ११।२ प्रतिशत भएको छ । जनसख्या वृद्धि र मृत्युको अनुपातको तथ्याँक विश्लेषण गर्दा आत्महत्याको दरमा करिब ३२ दशमलब ७ प्रतिशतले कमी भएको छ ।

“आत्महत्याबाट हुने मृत्युलाई रोक्न सकिन्छ र यो अध्ययनले आत्महत्या रोकथामका लागि भइरहेका प्रयत्नलाई अझ व्यापक बनाउन सुझाव दिएको छ,” क्यानाडेली जनस्वास्थ्य निकायकी अनुसन्धान वैज्ञानिक हिथर ओर्पानाले बताउनुभयो ।

हेल्थ एन्ड मेट्रिक्स इभालुएसन इन्स्टिच्यूटले हरेक वर्ष मृत्युको कारण, स्थान, उमेर तथा लिङ्गको समग्र अध्ययन गरी ग्लोबल बर्डेन अफ डिजिज अर्थात् मृत्युको कारणहरुको विश्लेषण गर्दछ ।

आत्महत्याका कारण हुने मृत्युका घटनामा समग्रमा कमी आएको देखिए पनि केही मुलुकमा आत्महत्याबाट धेरैले ज्यान गुमाउने गरेको पाइएको अध्ययनले देखाएको छ ।

साथै, महिलाको तुलनामा पुरुषहरुले आत्महत्या गर्ने प्रवृत्ति बढी देखिएको छ । “पुरुषको मृत्युदर नै बढी देखिएको छ तर उमेर, र कतिपय सन्दर्भमा देश अनुसार यसमा विभिन्नता पाइन्छ,” ओर्पानाले बताउनुभयो ।
विश्वभर, आत्महत्याका कारण हुने प्रति एक लाख मृत्युमध्ये पुरुषको अनुपात १५।६ रहेको छ भने महिलाको अनुपात ७ रहेको छ ।

डब्लुएचओले सन् २०२० सम्ममा विश्वभर आत्महत्याका कारण हुने मृत्युलाई १० प्रतिशतमा ल्याउने लक्ष्य राखेको छ ।

चीनमा सन् १९९० यता आत्महत्याका कारण हुने मृत्यु दरमा करिब ६४।१ प्रतिशतले घटेको छ । तर जिम्बाबेमा आत्महत्याका घटना झण्डै दोब्बरले वृद्धि भएको छ ।एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कञ्चनपुरः बेलौरी नगरपालिकाको मेयरमा माओवादी, उपमेयरमा एमाले विजयी
कञ्चनपुरः बेलौरी नगरपालिकाको मेयरमा माओवादी, उपमेयरमा एमाले विजयी
टि–१० लिगको फाइनल आज, मराठा अरेबियन्स र डेक्कन ग्लाडिएटर्स भिड्दै
टि–१० लिगको फाइनल आज, मराठा अरेबियन्स र डेक्कन ग्लाडिएटर्स भिड्दै
प्रदेश पाँचको राजधानी बुटवल नै उचित छ: विष्णु पौडेल
प्रदेश पाँचको राजधानी बुटवल नै उचित छ: विष्णु पौडेल
बाढीपीडितको राहतमा जुटे युएईका संघसंस्था, ५ हजार दिराम संकलन
बाढीपीडितको राहतमा जुटे युएईका संघसंस्था, ५ हजार दिराम संकलन
फर्निचर उद्योगमा आगलागी, रु बीस लाखको क्षति
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि सोलुखुम्बुमा पाँच मतदान केन्द्र थपियो `
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि सोलुखुम्बुमा पाँच मतदान केन्द्र थपियो `
Priyanka Chopra finally breaks her silence on her relationship with Nick Jonas!
Priyanka Chopra finally breaks her silence on her relationship with Nick Jonas!
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी
इन्धन सकिएपछि प्रधानमन्त्री सवार हेलिकप्टर भैरहवामा आकस्मिक अवतरण
इन्धन सकिएपछि प्रधानमन्त्री सवार हेलिकप्टर भैरहवामा आकस्मिक अवतरण
भैरव अर्यालबारेका भ्रम र सच्चाइ
भैरव अर्यालबारेका भ्रम र सच्चाइ