विषालु सर्पको बिगबिगी, झापामा सर्पको टोकाइबाट एक युवतीको मृत्यु

Abhiyanpost Abhiyanpost
|
शनिबार, आषाढ २३, २०७५
|
|
३४ पटक हेरिएको
Shares
विषालु सर्पको बिगबिगी, झापामा सर्पको टोकाइबाट एक युवतीको मृत्यु

सारांश

  • काठमाडौं, २३ असार ।
  • बर्षाको सुरुवातसँगै तराईका धेरैजसो जिल्ला हरुमा सर्पको टोकाईबाट धेरैको मृत्यु हुने गरेको छ ।
  • बिहीबार राति सर्पले डसेर एक किशोरीको मृत्यु भएको छ ।

काठमाडौं, २३ असार । बर्षाको सुरुवातसँगै तराईका धेरैजसो जिल्ला हरुमा सर्पको टोकाईबाट धेरैको मृत्यु हुने गरेको छ । बिहीबार राति सर्पले डसेर एक किशोरीको मृत्यु भएको छ ।

झापाको केचनकवल गाउँपालिका– ३ मा बिषालु सर्पको डसाईबाट केचनकवल गाउँपालिका बस्ने हेमबहादुर भट्टराईकी १५ बर्षीया छोरी स्वस्तिमा भट्टराईको मृत्यु भएको हो ।

राति घरमा सुतिरहेको अबस्थामा सर्पले डसेपछि तत्काल उपचारका लागि अस्पताल लगिएको थियो । उपचारका लागि लैजाने क्रममा बालिकाको राति करिव १ बजे बाटोमै मृत्यु भएको प्रहरी चौकी पथरियाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?